भर्खरै :

ई. हाडाको अध्यक्षतामा उम्मेदवारी दर्ता

ई. हाडाको अध्यक्षतामा उम्मेदवारी दर्ता

ललितपुर, १८ साउन । भदौ २८ गते हुने नेपाल इन्जिनियर्स एशोसियसनको ३४ औँ कार्यकारिणी परिषद् तथा दोस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनको लागि इन्जिनियर समाज नेपालको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । इन्जिनियर समाज नेपालका उपाध्यक्ष ई. नरेश खत्रीको नेतृत्वमा गएको टोलीले नेपाल इन्जिनियर्स एशोसियसनको केन्द्रीय कार्यालय, इन्जिनियर भवन, पुल्चोकमा उम्मेदवारी दर्ता गरेको हो ।
इन्जिनियर समाज नेपालको तर्फबाट ३४ औँ केन्द्रीय कार्यकारिणी परिषद्को लागि ई. राजेन्द्रप्रसाद हाडाको अध्यक्षतामा र वाग्मती प्रदेश कार्यकारिणी समितिको लागि डा.चन्द्रकिरण कवांको सभापतित्वमा पूरा प्यानल दर्ता गरिएको छ ।
केन्द्रीय समितिको उपाध्यक्षमा डा.मन्जिप शाक्य, महासचिवमा डा.अनिता प्रजापति, उपमहासचिवमा ई.दीपेन्द्रबहादुर शाही, कोषाध्यक्षमा ई.सुस्मिता थापा र सहकोषाध्यक्षमा ई.सद्धाम बाला हुनुहुन्छ । सदस्यहरूमा ई.सुरेश कवां, ई.शिवप्रसाद महतो, ई.प्रदिपकुमार साह, ई.श्यामसुन्दर बासुकला, ई.अमितशङ्कर रंजित, ई.जितेन्द्र मुनंकर्मी, ई.विनोद शाही, आ.प्रमिला शिल्पकार, ई.मेनसन लाखेमरु, आ.रविता शिल्पकार, आ.सुशम्ना श्रेष्ठ र ई.राकेश ग्वाछा हुनुहुन्छ ।
वाग्मती प्रदेशको उपसभापतिमा ई.अमोद उलक, सचिवमा आ. सरिता धुख्वा, सहसचिवमा ई.विनय चौरेल र कोषाध्यक्षमा आ. निरु शिल्पकार हुनुहुन्छ । सदस्यहरूमा ई.विजयराम कोजु, ई.रमेश प्रजापति, ई.रमेश सुवाल, ई.बिकिङ ख्याजू, ई.विजय कोजू, ई.विकास चवाल, ई.राम नकर्मी, ई.अमित प्रजापति, ई.राकेश सुवाल र ई.चन्द्रकृष्ण प्रजापति हुनुहुन्छ । त्यस्तै केन्द्रीय कार्यकारिणी समितिको लागि वाग्मती प्रदेश सदस्यको लागि ई.योगेश बज्राचार्यको उम्मेदवारी रहेको छ ।
समुन्नत नेपाल निर्माणका लागि देश र जनताप्रति समर्पित इन्जिनियर भन्ने मूल नाराका साथ समस्त इन्जिनियर र आर्किटेक्टहरूको हक हितको लागि निर्वाचनलाई उपयोग गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *