अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १८ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित हाउस वायरिङ र आधारभूत कम्प्युटर तालिमको प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले हातमा सीप भएको व्यक्ति भोको बस्न नपर्ने बताउँदै योग्य र सक्षम व्यक्तिले सम्मानित जीवन यापन गर्न सक्ने बताउनुभयो ।
गौरवपूर्ण र सार्थक जीवन बनाउन व्यक्तिमा कुनै न कुनै सीप हुन आवश्यक भएको बताउँदै उहाँले युवाहरूलाई देश र जनताको पक्षमा राजनीति गर्न प्रेरित गर्नुभयो ।
असल शिष्य असल गुरु पनि बन्छ भन्दै उहाँले हरेक व्यक्ति जीवनमा एकपटक शिष्य र त्यसपछि गुरु बन्ने नियमित प्रक्रियाजस्तै हो भन्नुभयो ।
नेपालमा उत्पादित वस्तुहरूको निर्यातबाट डेढ खर्ब जति आम्दानी हुन्छ भन्दै प्रमुख प्रजापतिले कर्मचारीहरूको तलब र ब्याज तिर्न पनि विदेशीसँग ऋण लिने अवस्था सिर्जना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा बर्सेनि साढे १३ अर्ब खर्ब जति रेमिट्यान्स भित्रिन्छ । नेपाली युवाहरूले खाडी मुलुकमा गएर रगत र पसिनासित साटेको पैसा हो । नेपालको अर्थतन्त्र त्यही रेमिट्यान्सकै भरमा चलिरहेको छ ।” रेमिट्यान्सबिना देशको अर्थतन्त्र नचल्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाले सीपमूलक तालिमहरू सञ्चालन गरी युवाहरूलाई दक्ष बनाउने काम गर्दै आएको बताउँदै आफूमा भएको ज्ञान र सीप देश विकासमा उपयोग गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा आधारभूत हाउस वायरिङ तालिमका प्रशिक्षक पुण्यराम बासी, आधारभूत कम्प्युटर तालिमका प्रशिक्षक रमेश प्रजापति, प्रशिक्षार्थीद्वय रामकृष्ण सुवाल र कविता कवांले पनि बोल्नुभएको थियो ।
उक्त तालिममा हाउस वायरिङतर्फ २६ र आधारभूत कम्प्युटरतर्फ ६४ जना प्रशिक्षार्थीले भाग लिएका थिए ।
Leave a Reply