अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १८ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घको ५७ औँ स्थापना दिवसको अवसरमा नेक्राकिसङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा शुक्रबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले पार्टीको सिद्धान्तअनुसार पार्टीको नीति तथा कार्यक्रम पालना गरी देश र जनताको सेवामा लागिपर्नु नै असल कार्यकर्ताको सही कर्तव्य भएकोले कार्यकर्ताहरू सङ्गठन विस्तारमा निरन्तर अग्रसर भइरहनुपर्छ भन्नुभयो ।
उहाँले किसान कार्यकर्ताहरूको अथक प्रयास र सङ्घर्षबाट मोहीयानी हक सुरक्षण, बाली काट्ने आन्दोलन, भर्पाइ आन्दोलन, साँढे धपाउने आन्दोलनलगायत साम्राज्यवाद तथा विस्तारवादविरूद्धको आन्दोलनलाई आत्मसात गरी निरङ्कुश पञ्चायती व्यवस्थाको विरूद्धको आन्दोलन, सुस्तामाथि भारतीय विस्तारवादले गरेको थिचोमिचो र भियतनाममाथि अमेरिकी साम्राज्यवादले गरेको युद्धको विरोधमा भएका सङ्घर्षहरूबारे चर्चा गर्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले प्रदेशसभामा किसान समस्यालाई लिएर चर्को बहस गर्दा पनि शासक दलहरूको ध्यानाकर्षण नभएको हुँदा सिद्धान्तहीन गठबन्धन सरकार नालायकीपन देखाउन पछि नपरेको र सरकार परिवर्तनसँगै छेपारोले रङ्ग फेरेझैँ गतिविधि गरेबाट सरकारबाट जनताले अमनचयनको आशा गर्न नसकिने हुँदा देश र जनताको समस्या समाधानार्थ सङ्घर्षबाहेक अर्को विकल्प नभएको बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का महिला सदस्य तथा कार्यपालिका सदस्य कमला गिरीले किसान सङ्घले गरेको विगत सङ्घर्षको स्मरण गर्दै चाँगुनारायण नगरपालिकालगायत विभिन्न उपसमितिले गरेको क्रियाकलाप सन्तोषजनक नभएको बताउनुभयो ।
साथै उक्त कार्यक्रममा समितिका जीआर सुवाल, एस.बी.फोजुलगायतले बोल्नुभएको थियो ।
Leave a Reply