भर्खरै :

जनताको खुसी नै सबैभन्दा ठुलो मानव अधिकार

जनताको खुसी नै सबैभन्दा ठुलो मानव अधिकार

२५ वर्षीय किमेई दोर्जे तिब्बत स्वायत्त प्रदेशको नाछ्यु सहर नजिकको गरिबी निवारण गर्ने केन्द्रीकृत पुनर्बास समुदायमा बस्नुहुन्छ । त्यहाँ विभिन्न भवनहरू व्यवस्थित छन् । सन् २०१९ बाट नाकुसेनी जिल्लाका १२ वटा गाउँबाट ४५५ गरिब परिवारलाई त्यहाँ सारिएको हो ।
“मेरो जन्मथलो १०० किलोमिटरभन्दा टाढा पर्ने गुओजिया गाउँ हो । त्यहाँ थोरै मान्छे बस्छन् । त्यहाँ यातायातको उति सुविधा छैन । घर पनि निकै कमजोर छ ।” किमेई दोर्जेले भन्नुभयो । उहाँका अनुसार, अहिले बस्ने १२० वर्ग मिटर एकाई सरकारद्वारा निःशुल्क उपलब्ध गराइएको हो । हिजोआज किमेई दोर्जे समुदायमा काम गर्नुहुन्छ । उहाँका भाइ ल्हासामा काम गर्नुहुन्छ र उहाँकी जेठी बहिनीले भर्खरै बच्चालाई जन्म दिनुभएको छ । उहाँको कान्छो भाइ र बहिनी अझै पनि विद्यालयमा पढ्छन् । हामीलाई यति राम्रो घरमा बस्न र अझ राम्रो जीवन उपलब्ध गराएकोमा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारलाई आभार व्यक्त गर्न चाहेको उहाँले व्यक्त गर्नुभयो ।
थाहा भएअनुसार, सन् १९५१ मा तिब्बतको जीडीपी १२ करोड ९० लाख युआनमात्र थियो भने सन् २०२० मा १ खर्ब ९० अर्ब युआन नाघेको छ । साथै तिब्बतले ऐतिहासिक रूपमा सहस्राब्दीको निरपेक्ष गरिबीलाई हटाएको छ । सन् २०१९ मा समस्त क्षेत्रमा ६ लाख २८ हजार दर्ता गरिबलाई गरिबीबाट मुक्त गरिएको थियो भने ७४ वटा गरीब काउन्टी (जिल्ला) गरिबीबाट बाहिर ल्याइएको थियो ।
तिब्बतको शान्तिपूर्ण मुक्तिपछि राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिका विभिन्न पक्षमा ठुलो परिवर्तन भएका छन् । केही दसकमा मात्रै हजार वर्षको फड्को मार्ने विकास तिब्बतमा भएको छ । हाल तिब्बतको समग्र सामाजिक अवस्था अझ स्थिर छ । अर्थतन्त्र र संस्कृति अझ समृद्ध छ, पारिस्थितिक वातावरण राम्रो छ । र जनताको जीवन अझ सुखमय छ । तर, तिब्बतको विश्व–प्रसिद्ध विकास उपलब्धि र जनजीवन स्तरमा भएको ठुलै सुधारलाई केही मानिसले बेवास्ता गरेका छन् र गलत प्रचार, निन्दा र बदनामी फैलाउन सक्दो प्रयास गरिरहेका छन् ।
तिनीहरूले गरिबी उन्मूलन र स्थानान्तरणलाई किसान र पशुपालकको परम्परागत उत्पादन र जीवनशैलीलाई नष्ट गर्ने र तिब्बती मानिसको रीतिथिति र बानीमा परिवर्तनका रूपमा वर्णन गर्दछन् । सडक र रेलमार्ग निर्माणलाई तिब्बतको पारिस्थितिकी वातावरणलाई नोक्सान पु¥याउने रूपमा वर्णन गर्दछन् । तिब्बती शिक्षाको विकास गर्ने र तिब्बती जनतालगायत विभिन्न जातिका जनताको जीवनस्तरको सुधार गर्ने प्रयासलाई ‘सांस्कृतिक नरसंहार’ र तिब्बती जातीय पहिचानको उन्मूलन गरेको भनी वर्णन गर्दछन् ।


वास्तवमा ती मानिसहरूले तिब्बतका सबै मानिसलाई आफ्नो भित्री स्वार्थ पूर्ति गर्न साधन र स्रोतको रूपमा प्रयोग गर्छन् । तिब्बतका विभिन्न जातिका मानिस र दलाई लामा गुट तथा पश्चिमी शक्तिबिचको द्वन्द्व जातीय मुद्दा वा मानवअधिकारको मुद्दा होइन ।
दलाई लामा गुटको दृष्टिकोणबाट हेर्दा तिनीहरूले पुरानो तिब्बतको राजनीतिक र धार्मिक एकताको सामाजिक व्यवस्थालाई पुनस्र्थापना गर्ने सपना देख्छन् तर राष्ट्रिय पहिचान जोगाउने र राष्ट्रिय संस्कृति जोगाउने कुरा होइन ।
अमेरिकालगायत पश्चिमाको दृष्टिकोणबाट हेर्दा तिनीहरू केवल ‘तिब्बत कार्ड’ खेल्न चाहन्छन् र चिनियाँ राष्ट्रको महान पुनःउत्थानको ऐतिहासिक प्रक्रियालाई दबाउन र पछि पार्न ‘तिब्बत विषय’ को प्रयोग गर्न चाहन्छन् र आफ्नो आधिपत्य कायम राखेर चीनसमेत विकासोन्मुख मुलुकलाई दमन र शोषण गर्न चाहन्छन् । अमेरिकाले जहिले पनि मानव अधिकारको राजनीतिकरण र साधनीकरण गरेको छ र ‘मानव अधिकार’ का नाममा प्रभुत्व लाड्ने गर्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको हालसालै तथाकथित ‘तिब्बत–चीन विवादको समाधान गर्न सहजीकरण गर्ने ऐन’ मा हस्ताक्षर गर्ने उद्देश्य पनि यही हो ।
अमेरिकालगायत पश्चिमा र दलाई गुटले जतिसुकै बदनाम गर्ने प्रयास गरे पनि जनताको खुसी नै सबैभन्दा ठुलो मानव अधिकार हो । ‘सबै जातिका जनताबिच एकअर्कालाई माया गर्छन् भने चिया र नुन कहिले पनि छुट्याउन सकिँदैन ।’ ४५ वटा जाति सँगै बस्ने तिब्बतका मानिसले प्रायः बोल्ने यो वाक्यले तिब्बतको वर्तमान अवस्थालाई वास्तवमै झल्काउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *