हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
२५ वर्षीय किमेई दोर्जे तिब्बत स्वायत्त प्रदेशको नाछ्यु सहर नजिकको गरिबी निवारण गर्ने केन्द्रीकृत पुनर्बास समुदायमा बस्नुहुन्छ । त्यहाँ विभिन्न भवनहरू व्यवस्थित छन् । सन् २०१९ बाट नाकुसेनी जिल्लाका १२ वटा गाउँबाट ४५५ गरिब परिवारलाई त्यहाँ सारिएको हो ।
“मेरो जन्मथलो १०० किलोमिटरभन्दा टाढा पर्ने गुओजिया गाउँ हो । त्यहाँ थोरै मान्छे बस्छन् । त्यहाँ यातायातको उति सुविधा छैन । घर पनि निकै कमजोर छ ।” किमेई दोर्जेले भन्नुभयो । उहाँका अनुसार, अहिले बस्ने १२० वर्ग मिटर एकाई सरकारद्वारा निःशुल्क उपलब्ध गराइएको हो । हिजोआज किमेई दोर्जे समुदायमा काम गर्नुहुन्छ । उहाँका भाइ ल्हासामा काम गर्नुहुन्छ र उहाँकी जेठी बहिनीले भर्खरै बच्चालाई जन्म दिनुभएको छ । उहाँको कान्छो भाइ र बहिनी अझै पनि विद्यालयमा पढ्छन् । हामीलाई यति राम्रो घरमा बस्न र अझ राम्रो जीवन उपलब्ध गराएकोमा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारलाई आभार व्यक्त गर्न चाहेको उहाँले व्यक्त गर्नुभयो ।
थाहा भएअनुसार, सन् १९५१ मा तिब्बतको जीडीपी १२ करोड ९० लाख युआनमात्र थियो भने सन् २०२० मा १ खर्ब ९० अर्ब युआन नाघेको छ । साथै तिब्बतले ऐतिहासिक रूपमा सहस्राब्दीको निरपेक्ष गरिबीलाई हटाएको छ । सन् २०१९ मा समस्त क्षेत्रमा ६ लाख २८ हजार दर्ता गरिबलाई गरिबीबाट मुक्त गरिएको थियो भने ७४ वटा गरीब काउन्टी (जिल्ला) गरिबीबाट बाहिर ल्याइएको थियो ।
तिब्बतको शान्तिपूर्ण मुक्तिपछि राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिका विभिन्न पक्षमा ठुलो परिवर्तन भएका छन् । केही दसकमा मात्रै हजार वर्षको फड्को मार्ने विकास तिब्बतमा भएको छ । हाल तिब्बतको समग्र सामाजिक अवस्था अझ स्थिर छ । अर्थतन्त्र र संस्कृति अझ समृद्ध छ, पारिस्थितिक वातावरण राम्रो छ । र जनताको जीवन अझ सुखमय छ । तर, तिब्बतको विश्व–प्रसिद्ध विकास उपलब्धि र जनजीवन स्तरमा भएको ठुलै सुधारलाई केही मानिसले बेवास्ता गरेका छन् र गलत प्रचार, निन्दा र बदनामी फैलाउन सक्दो प्रयास गरिरहेका छन् ।
तिनीहरूले गरिबी उन्मूलन र स्थानान्तरणलाई किसान र पशुपालकको परम्परागत उत्पादन र जीवनशैलीलाई नष्ट गर्ने र तिब्बती मानिसको रीतिथिति र बानीमा परिवर्तनका रूपमा वर्णन गर्दछन् । सडक र रेलमार्ग निर्माणलाई तिब्बतको पारिस्थितिकी वातावरणलाई नोक्सान पु¥याउने रूपमा वर्णन गर्दछन् । तिब्बती शिक्षाको विकास गर्ने र तिब्बती जनतालगायत विभिन्न जातिका जनताको जीवनस्तरको सुधार गर्ने प्रयासलाई ‘सांस्कृतिक नरसंहार’ र तिब्बती जातीय पहिचानको उन्मूलन गरेको भनी वर्णन गर्दछन् ।

वास्तवमा ती मानिसहरूले तिब्बतका सबै मानिसलाई आफ्नो भित्री स्वार्थ पूर्ति गर्न साधन र स्रोतको रूपमा प्रयोग गर्छन् । तिब्बतका विभिन्न जातिका मानिस र दलाई लामा गुट तथा पश्चिमी शक्तिबिचको द्वन्द्व जातीय मुद्दा वा मानवअधिकारको मुद्दा होइन ।
दलाई लामा गुटको दृष्टिकोणबाट हेर्दा तिनीहरूले पुरानो तिब्बतको राजनीतिक र धार्मिक एकताको सामाजिक व्यवस्थालाई पुनस्र्थापना गर्ने सपना देख्छन् तर राष्ट्रिय पहिचान जोगाउने र राष्ट्रिय संस्कृति जोगाउने कुरा होइन ।
अमेरिकालगायत पश्चिमाको दृष्टिकोणबाट हेर्दा तिनीहरू केवल ‘तिब्बत कार्ड’ खेल्न चाहन्छन् र चिनियाँ राष्ट्रको महान पुनःउत्थानको ऐतिहासिक प्रक्रियालाई दबाउन र पछि पार्न ‘तिब्बत विषय’ को प्रयोग गर्न चाहन्छन् र आफ्नो आधिपत्य कायम राखेर चीनसमेत विकासोन्मुख मुलुकलाई दमन र शोषण गर्न चाहन्छन् । अमेरिकाले जहिले पनि मानव अधिकारको राजनीतिकरण र साधनीकरण गरेको छ र ‘मानव अधिकार’ का नाममा प्रभुत्व लाड्ने गर्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको हालसालै तथाकथित ‘तिब्बत–चीन विवादको समाधान गर्न सहजीकरण गर्ने ऐन’ मा हस्ताक्षर गर्ने उद्देश्य पनि यही हो ।
अमेरिकालगायत पश्चिमा र दलाई गुटले जतिसुकै बदनाम गर्ने प्रयास गरे पनि जनताको खुसी नै सबैभन्दा ठुलो मानव अधिकार हो । ‘सबै जातिका जनताबिच एकअर्कालाई माया गर्छन् भने चिया र नुन कहिले पनि छुट्याउन सकिँदैन ।’ ४५ वटा जाति सँगै बस्ने तिब्बतका मानिसले प्रायः बोल्ने यो वाक्यले तिब्बतको वर्तमान अवस्थालाई वास्तवमै झल्काउँछ ।
Leave a Reply