अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २० साउन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईसँग निओ फ्युजन स्कूल अफ कम्प्युटर, इनाचो भक्तपुरका कम्प्युटर तालिमका उपत्यका बाहिरका प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
सांसद सुरेन्द्रराज गोसाईले गरिबको नेतृत्व गरी इमानदारीपूर्वक समाज र देशलाई जोगाउने युवा, विद्यार्थीको खाँचो यो देशमा रहेको बताउनुभयो ।
विदेश जाने र पैसा कमाउने परिपार्टीले आज देशमा स्वाभिमान नेपालीको कमी भएको बताउनुभयो ।
उहाँले नेपाली युवा खाडीमा बाध्य भएर काम गर्नुपर्ने र लाससमेत आफ्नो मातृभूमिमा ल्याउन नसकेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय भाषा जानी राख्नु विद्यार्थी जीवनको लागि निकै लाभदायी हुने बताउनुभयो ।
उहाँले चीन अब विश्वको नमुना देश तथा व्यापारिकरूपले सवल र विकसित देशको रूपमा विश्वमा आफ्नो पहिचान कायम गर्न सफल भएको विचार व्यक्त गर्दै उहाँले देशको स्वाभिमानलाई बचाइराख्न आजको मूल काम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीति भनेकै सेवा हो । गरिब, किसान, मजदुर, शोसित पीडितहरूको हक र अधिकारको लागि प्रयोग गरिने एक माध्यम हो राजनीति, भ्रष्ट र दलालको चङ्गुलले गर्दा राजनीतिमा खोट देखिएको हो ।
कार्यक्रममा निओ फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले उपत्यका बाहिरबाट आएका विद्यार्थीहरूलाई गलत काम गराउने र कामको लोभ लालचमा फसाउने काम गरिरहेको बताउनुभयो ।
Leave a Reply