भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा देगमनामा भएको आगलागी प्रभावित क्षेत्रमा निरीक्षण

नगर प्रमुख प्रजापतिद्वारा देगमनामा भएको आगलागी प्रभावित क्षेत्रमा निरीक्षण

भक्तपुर, २३ साउन । भक्तपुर नपा वडा नं. ३ देगमनास्थित एउटा घरमा बुधबार आगलागी भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आगलागी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएको छ । प्रमुख प्रजापतिले आगलागी प्रभावित क्षेत्रको निरीक्षणका साथै आगलागीबाट पुगेको क्षति र पीडित परिवारको अवस्थाबारे जानकारी लिनुभयो । सोही क्रममा पीडित रामसुन्दर कर्माचार्यलाई भेटेर प्रमुख प्रजापतिले सहानुभूति व्यक्त गर्नुभयो ।
बिहान करिब ११ बजे विद्युत् सट भई पीडित कर्माचार्यको घरमा आगलागी भएको र आगलागीबाट घरमा भएको सबै नगद तथा जिन्सी सामान जलेर नष्ट भएको पीडितको भनाइ छ । आगलागीबाट करिब २३ लाख ७५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीबाट घर पूर्णतः क्षति भइसकेको छ । तीन तलामा क्षति भएको सो घरमा रहेका दराज, खाट, टीभी, ल्यापटप, नगद, पोशाक आदि सबै जलिसकेको छ । आगलागी नियन्त्रण गर्न स्थानीयवासीले धेरै सहयोग गरेका थिए । वारुण यन्त्रले पनि आगो निभाउन प्रयास गरेको थियो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराका अनुसार वडा कार्यालयबाट आगलागी पीडित परिवारलाई चामल, चिउरा, दाल, चिया, चिनी, मसला आदि सहयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *