भर्खरै :

राष्ट्राध्यक्ष सी चिनफिङ र ब्राजिलका राष्ट्रपति लुलाबिच बधाई सन्देश आदानप्रदान

राष्ट्राध्यक्ष सी चिनफिङ र ब्राजिलका राष्ट्रपति लुलाबिच बधाई सन्देश आदानप्रदान

पेइचिङ, १५ अगस्ट (सीआरआई) । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र ब्राजिलका राष्ट्रपति लुलाले दुई देशबिच दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवको अवसरमा आज एक आपसमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सी चिनफिङले आफ्नो सन्देशमा चीन र ब्राजिल दुवै प्रमुख विकासोन्मुख राष्ट्र र महत्वपूर्ण उदीयमान बजार राष्ट्रहरू भएको औँल्याउनुभयो । आधा शताब्दीअघि दौत्य सम्बन्ध स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय परिस्थितिमा जतिसुकै परिवर्तन आए पनि दुई देशबिचको सम्बन्धले आ–आफ्नो देशको विकास र पुनरुत्थानलाई निरन्तरता दिनुका साथै विश्व शान्ति, स्थिरता, समृद्धि र विकासका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
राष्ट्राध्यक्ष सी चिनफिङले चीन र ब्राजिलबिचको दौत्य सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवलाई नयाँ सुरुवात बिन्दुका रूपमा लिने बताउँदै दुई देशको विकास रणनीतिलाई निरन्तरता दिन, आपसी आदानप्रदान र सहयोगलाई गहिरो बनाउन ब्राजिलसँग मिलेर काम गर्न चीन इच्छुक रहेको कुरामा जोड दिनुभयो ।
ब्राजिलका राष्ट्रपति लुलाले विगत आधा शताब्दीदेखि ब्राजिल–चीन मित्रता निरन्तर सुदृढ हुँदै गएको र सहयोगमा विविधीकरण हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “ब्राजिल–चीन सम्बन्ध बहुध्रुवीय व्यवस्था र अझ न्यायोचित र प्रभावकारी विश्वव्यापी शासनको लागि महत्वपूर्ण छ, द्विपक्षीय सम्बन्धको आगामी ५० वर्षमा, हामी साझा भविष्यका साथ नयाँ बाटो खोल्न र उज्ज्वल भविष्य निर्माण गर्न एकसाथ काम गर्नेछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *