क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
संयुक्त राष्ट्र सङ्घ, २९ अक्टोबर (ग्रान्मा) । संयुक्त राष्ट्र सङ्घको महासभाले स्थानीय समयअनुसार बुधबार क्युवाविरुद्ध अमेरिकाले लगाएको आर्थिक, व्यावसायिक र वित्तीय नाकाबन्दी अन्त्य गर्न आह्वान गरेको प्रस्तावलाई अत्यधिक मतले अनुमोदन गरेको छ । मतदानमा प्रस्तावको पक्षमा १३०, विपक्षमा १७ र २५ सदस्य राष्ट्र अनुपस्थित रहेका थिए ।
नतिजाले संरा अमेरिकाको उक्त बदनाम नीति हटाउनका लागि सदस्य राष्ट्रहरूको बहुमतको समर्थन पुष्टि ग¥यो ।
मतदानको नतिजा घोषणा भएपछि क्युवाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव र गणतन्त्रका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेजले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभयो, “संसारले फेरि एक पटक नाकाबन्दीको विरुद्धमा ठुलो आवाज उठाएको छ, यो मतदानको मार्ग परिवर्तन गर्न संरा अमेरिकाको कडा दबाब र ब्ल्याकमेलमाथिको जित पनि हो ।”
राष्ट्रपतिले यो नतिजालाई वीर क्युवाली जनताका लागि विजयको रूपमा वर्णन गर्नुभयो, जसले वाशिङटन सरकारको आर्थिक गाली, धम्की र दुव्र्यवहारअगाडि आत्मसमर्पण गर्दैनन् ।
“सिङ्गो राष्ट्रलाई सामूहिक रूपमा दण्डित गर्ने झूट र कालोपत्र गर्नेमाथि सत्यको विजय हो,” उहाँले भन्नुभयो ।
यसबाहेक, उहाँले संयुक्त राष्ट्र महासभामा अमेरिकी प्रतिनिधिमण्डलको अपमानजनक व्यवहारलाई उल्लेख गर्दै भन्नुभयो, “सामूहिक दण्डको रक्षा गर्न अमेरिकी साम्राज्यवादका प्रतिनिधिहरूले क्युवाली जनताको विरुद्धमा जारी नाकाबन्दी र प्रतिबन्धहरू उच्च मानवीय मूल्यसहितको घृणित प्रयास र मानव अधिकारको उल्लङ्घन हो । संरा अमेरिकाले विभिन्न देशका राजदूतहरूलाई विश्वास दिलाउन असफल भयो र कुनै पनि कुरा हासिल गर्न सकेन ।”
“क्युवा पछि हट्नेछैन र कुनै अमेरिकी दबाब र आदेशको पालना गर्नेछैन”
क्युवाली राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेजले बुधबार सामाजिक सञ्जाल एक्समा आफ्नो खातामार्फत क्युवाली टापुले अमेरिकी साम्राज्यवादको आक्रमणमा झुक्ने छैन भन्ने कुरालाई पुनः पुष्टि गर्नुभयो ।
“क्युवा पछि हट्नेछैन, विशेष गरी अमेरिकी दबाब र आदेश मान्दैन । अनादर, अहङ्कार र साम्राज्यवादी गुण्डागर्दी व्यवहारविरुद्ध यस्तो दृढ अडानका लागि हाम्रो देशको प्रतिनिधिमण्डलप्रति बधाई ।” राष्ट्रपतिले डिजिटल प्लेटफर्ममा लेख्नुभयो ।
आफ्नो सन्देशमा राज्य प्रमुखले जोड दिनुभयो, “यो संयुक्त राष्ट्रको मुख्यालय हो, राज्यहरूबिच सार्वभौम समानताको ठाउँ हो, जहाँ क्युवाले सधैँ जो कोहीको विरुद्धमा, संयुक्त राष्ट्रको बडापत्र र नियमले दिएको अधिकारको रक्षा गर्नेछ, साथै आफ्ना जनता र आफ्ना नायकहरूको मर्यादा कायम राख्नेछ ।”
Leave a Reply