भर्खरै :

भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सम्पन्न

भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सम्पन्न

भक्तपुर, ३१ साउन । भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारणसभा बिहीबार एक कार्यक्रमबिच सम्पन्न भयो । कार्यक्रमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले घरेलु उद्योग, हस्तकलालगायतका उद्योगहरूले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरू संरक्षण र संवद्र्धनमा विशेष पहल गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, जुजु धौ, मौलिक थैली र मयुरको झ्याल उपहारस्वरुप प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले भादगाउँले टोपीको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिँदै घरेलु उद्योगहरूलाई प्रवद्र्धन गर्न नपा सधँै प्रतिबद्ध रहेको बताउनुभयो ।
जनताको सहयोगमा भक्तपुरको विकास भएको बताउँदै उहाँले भादगाउँले टोपीको प्रयोग कम भएसँगै यसमा आबद्ध पेसा व्यवसायीहरू पनि विस्थापित हुने खतरा बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भादगाउँले टोपीको शानलाई अझ उँचो राख्न व्यवसायीहरूले निरन्तर यसको संवद्र्धन र प्रवद्र्धनमा लाग्नुपर्ने बताउँदै भक्तपुरका मौलिक वस्तुहरूको टे«डमार्क कायम गर्न सके अझ फलदायी हुने बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनी धौबन्जाले भादगाउँले टोपी प्रयोगकर्ताहरू कम हुँदै जाँदा व्यवसायीहरू निरास देखिएको बताउँदै भक्तपुरको मौलिक टोपी प्रयोग गर्न सबैलाई उत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
भादगाउँले कालो टोपी उद्योगका सङ्घका अध्यक्ष सीताराम श्रेष्ठले देशकै पहिचान बोकेको भादगाउँले टोपीको प्रयोगलाई सरकारी कार्यालयका कर्मचारीहरूमा अनिवार्य गर्न सके यसको संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष रत्नकाजी छुँजु, सल्लाहकार विश्वराम दुवाल, भक्तपुर हस्तकला सङ्घका अध्यक्ष शम्भु श्रेष्ठ, भक्तपुर रेडिमेड व्यापार सङ्घका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिलगायतले बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले कार्य समितिका सदस्यहरूलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *