भर्खरै :

नेक्राकिसङ्घको स्थापना दिवसमा कार्यक्रम

नेक्राकिसङ्घको स्थापना दिवसमा कार्यक्रम

भक्तपुर, ३ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ चानपा ३ वडा एकाइ समितिको आयोजनामा नेक्राकिसङ्घको ५७ औँ स्थापना दिवस कार्यक्रम भयो ।
सो कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले २०२१ सालमा नापी आउने कुरा सर्वसाधारण किसानहरूलाई थाहा नभएकोले नेक्राकिसङ्घको अगुवाइमा खेत–खेतमा गई किसानहरूलाई मोहीका नाउँ राख्न प्रेरित गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घको सङ्घर्षले गर्दा मोहियानी हक प्राप्त भएको बताउँदै उहाँले विगतका केही वर्षदेखि मोहियानी हकमा छोरीबुहारीलाई समेत पाउने अधिकार प्राप्त भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना हुनाका कारणहरू औँल्याउँदै देश र जनताको निःस्वार्थरूपमा सेवा गर्न, शारीरिक, मानसिक तथा बौद्धिक कार्यमा किसानहरूलाई सरिक गराउन र नेमकिपाका सिद्धान्त र नीति निर्देशनअनुसार कार्य गर्न नेक्राकिसङ्घ स्थापना भएको हो भन्नुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले मेहनत गरी कमाएको पैसा ब्याज बढी पाउने लोभमा अपरिचित सहकारी संस्थामा राख्न नहुने बताउनुभयो ।
नेक्राकिसङ्घका लक्ष्मीभक्त दुवालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कृष्णराम सुलुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *