भर्खरै :

देशको विकास गर्ने काम सरकारको हो

देशको विकास गर्ने काम सरकारको हो

काठमाडौँ, ३ भदौ । देशमा पालैपालो शासन गर्ने दलहरू नेका, एमाले र माओवादी केन्द्र नै हुन् । देश र जनताको लागि गर्नुपर्ने काम सरकार या सरकारको नेतृत्व गर्ने दलले हो । सरकारको नेतृत्व गरिरहेका दल र दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूले सरकारमा नरहेका दल र दलका सांसदहरूलाई के गरे भनी प्रश्न गर्ने होइन । देश र जनताको सेवा गर्ने बाचा खाएका सत्तासीन दलका नेताहरूले सरकारमा सामेल नभएका दल र दलका सांसदहरूलाई के गरे भनी प्रश्न गर्ने होइन । तर, एमालेका नेता तथा कार्यकर्ताहरू नेमकिपा र नेमकिपाका सांसदले केही गरेनन् भनी कार्यकर्ता र जनतामाझ झूटको खेती गरिरहेका छन् । देश र जनताको काम सरकारले गर्ने हो, सरकारमा सामेल नभएको दलले होइन । सरकारमा नरहेका दलका नेता र सांसदहरूले त देश र जनताको पक्ष या सेवामा काम गर्न सरकारको ध्यानाकर्षण गर्ने हो । नेमकिपा र नेमकिपाका सांसदहरूले सरकारको ध्यानाकर्षण गरिरहेको कुरा संसद् र सडकमा व्यक्त विचारबाट थाहा हुन्छ ।
देश र जनताको पक्ष या सेवामा नेमकिपाले जति कुन दलका कुन सांसदले सदन र सडकमा आवाज उठाएका छन् ? नेमकिपाले कहिले पनि देश र जनताको कुरा छोडेर व्यक्तिगत र दलगत कुरा उठाएको छैन । एमसीसी सम्झौताको विरोधमा जिल्ला जिल्लामा जुलुस र विरोध प्रदर्शन गर्ने दल नेमकिपाबाहेक अर्को कुन दल छ ? देशघाती नागरिकता विधेयकको विरोध गर्ने दल नेमकिपा नै हो । देशमा रासायनिक मल खोल्नुपर्नेमा जोड दिँदै आएको पार्टी नेमकिपा हो । नेमकिपा र नेक्राकिसङ्घको आन्दोलन, सङ्घर्ष र आवाजले नै किसानहरूको मोहियानी हक जोगिएको हो । गुठी रैतानी नेमकिपाकै कारण भएको हो । देशका सरकारी उद्योग कारखानाहरू निजीकरण गर्न नहुने, खानेपानी निजीकरण गर्न नहुने, आफ्नै देशमा आधारभूत आवश्यकता परिपूर्ति गर्न उद्योग तथा कलकारखाना खोल्नुपर्नेमा नेमकिपाले जोड दिँदै आएको हो । नेपाली भूमि बचाउन, नेपाली भूमि डुबानमा पर्ने गरी अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत भारतीय पक्षले एकतर्फी बनाएको बाँध तथा तटबन्ध भत्काउनुपर्ने जस्ता नेमकिपाको माग के नेपाल र नेपाली जनताको पक्षमा छैन ?
मा.वि. तहसम्म निःशुल्क र अनिवार्य तथा उच्च शिक्षासम्म निःशुल्क हुनुपर्ने माग नेमकिपाको हो । देशलाई बुद्धिजीवीकरण गर्न या देशका सबै नागरिकलाई उच्च शिक्षा हासिल गराउन त्यो नीति आवश्यक छ । सरकारले संविधानमा उल्लेख भएअनुसार माविसम्म निःशुल्क गर्नुपर्ने हो तर त्यो पनि पूरा भएको छैन । स्वास्थ्य सेवा पनि निःशुल्क हुनुपर्छ । स्वास्थ्य सेवा निःशुल्क नहुँदा सर्वसाधारण जनता उपचार गर्न नसकेर मृत्युको शिकार भइरहेका छन् । देश बुद्धिजीवीकरण त के साक्षर देश पनि बनेको छैन ।
जिल्ला–जिल्लाको गाउँ बस्तीसम्म बाटो पुगेको छैन† बिजुली पुगेको छैन । बस्ती बस्तीसम्म स्कूल र स्वास्थ्य केन्द्र पुगेको छैन । विदेशी हस्तक्षेपको विरोध गर्ने दल नेमकिपा नै हो । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्ने र नेपाल जोगाउन र बनाउन लडिरहेको दल नेमकिपा हो । देशमाथि भइरहेको थिचोमिचोको विरोध गर्नु के नेपाल र नेपाली जनताको पक्षमा छैन ? विदेशमा सम्पत्ति राख्न नपाउने, देशको सन्तुलित विकास गर्नुपर्ने माग नेमकिपाको हो । देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्छ भनी राजनीति गरिरहेको दललाई सत्ताधारी दलका नेता तथा कार्यकर्ताहरूले के ग¥यो भनी प्रश्न गर्नु के उचित हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *