भर्खरै :

रुसद्वारा जर्मनीलाई नोर्ड स्ट्रिम पाइपलाइन विस्फोटको अनुसन्धान गर्न आग्रह

रुसद्वारा जर्मनीलाई नोर्ड स्ट्रिम पाइपलाइन विस्फोटको अनुसन्धान गर्न आग्रह

मस्को, १९ अगस्ट (सिन्ह्वा) । रुसले नोर्ड स्ट्रिम पाइपलाइन विस्पोटको अनुसन्धान गर्न जर्मनीसँग अनुरोध गरेको रुसी विदेश मन्त्रालयका अधिकारीले सोमबार बताएका छन् ।
आतङ्कवादविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्न जर्मनीले वार्ताका लागि दबाब दिइरहेको रुसी विदेश मन्त्रालयका तेस्रो युरोपेली विभागका निर्देशक ओलेग टायपकिनले बताउनुभएको छ ।
जर्मन अनुसन्धानको प्रगतिमा असन्तुष्टि व्यक्त गर्दै टायपकिनले जर्मन अधिकारीहरूले एक युक्रेनी नागरिकको गिरफ्तारीका लागि पक्राउ पूर्जी आदेश जारी गरेको बताउनुभएको छ ।
उहाँले जर्मन मिडियाले आक्रमणमा व्यक्तिगतरूपमा काम गरेको देखिएको र तोडफोडको योजनाकार पहिचान नगरी अनुसन्धान बन्द हुनसक्ने चेतावनी दिनुभएको छ ।
रुसले यो अवस्थालाई स्वीकार नगर्ने दाबी गर्दै तायपकिनले भन्नुभयो, “मस्कोले जर्मनी र अन्य प्रभावित देशहरूसँग औपचारिकरूपमा उजुरी दर्ता गरी उनीहरूलाई राष्ट्रसङ्घको आतङ्कवाद विरोधी महासन्धि अन्तर्गत आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ ।”
विद्यमान अन्तर्राष्ट्रिय कानुनअनुसार वार्ता खोजिरहेको बताउदै भविष्यका कार्यहरू पश्चिमको प्रतिक्रियामा निर्भर हुने तायपकिनले बताउनुभयो ।
जर्मनीका सञ्चारमाध्यमले जानकारी अनुसार जर्मन अभियोजनले पाइपलाइन विस्फोटको सम्बन्धमा युक्रेनी नागरिकका लागि गिरफ्तारी वारेन्ट जारी गरेको हो । रिपोर्टले संदिग्धलाई किएभका गोताखोर भ्लादिमिर झुराभ्लेभका रूपमा पहिचान गरेको छ । उनलाई एक युक्रेनी दम्पतीले सहयोग गरेका थिए ।
सन् २०२२ सेप्टेम्बरमा, नोर्ड स्ट्रिम–१ र नोर्ड स्ट्रिम–२ प्राकृतिक ग्यास पाइपलाइनहरू विस्फोट हुँदा स्विडेन र डेनमार्कमा समेत गम्भीर क्षति भएको थियो ।
रुस–युक्रेन द्वन्द्वलाई लिएर रुसमाथि पश्चिमा मुलुकहरूले लगाएको प्रतिबन्धका कारण नोर्ड स्ट्रिम २ सञ्चालनमा आउन सकेको छैन । प्रतिबन्धका कारण जर्मनीले रुसी प्राकृतिक ग्यासको आयात रोकेको छ र यसका कारण जर्मनीमा घरेलु ऊर्जाको मूल्यमा तीव्र वृद्धि भएको थियो ।
उक्त घटनालाई अन्तर्राष्ट्रिय आतङ्वादी घटनाकारूपमा अनुसन्धान सुरु गरेको छ । रुसी प्रशासनिक केन्द्र क्रेमलिनका अनुसार रुसी महान्यायाधिवक्ताको कार्यालयले रुसले विस्फोटबारे पटकपटक जानकारी माग गरेको तर कुनै जवाफ पाउन नसकेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *