भर्खरै :

नगर प्रमुख प्रजापतिसँग एभरेष्ट ई. स्कूलका बालबालिका

नगर प्रमुख प्रजापतिसँग एभरेष्ट ई. स्कूलका बालबालिका

भक्तपुर, ६ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग एभरेष्ट इङ्गलिश स्कूलको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूबिच नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेका अभ्यास र नगरको समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लामो समयको यहाँका अग्रजहरूको योगदानले भक्तपुर आज शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ र खेलकुदलगायतको क्षेत्र आजको अवस्थामा पुगेको बताउनुभयो ।
“प्रत्येक व्यक्तिले आ–आप्mनो क्षेत्रबाट देश र जनताको सेवा गर्ने भावनाले काम गरेमा देश विकास हुन्छ । आजका विद्यार्थी नै भोलेको देश निर्माता हुँदा आजै देखि देश र जनताको सेवा गर्ने भावनाले आप्mनो अध्ययनलाई जोड दिनुपर्छ” उहाँले भन्नुभयो ।
अनुशासनहीन काम गर्नेहरू कुनै न कुनै दिन दण्डको भागी हुनुपर्ने बताउँदै उहाँले हरेक दिन नयाँ करा सिक्ने जिज्ञासु भएर अध्ययन गर्ने बानीको विकास गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
स्थानीय पाठ्यक्रममार्पmत विद्यार्थीहरूलाई सम्पदाको महत्व बुझाउन खोजेको उल्लेख गर्दै विषयवस्तुको महत्व बुझ्नेहरूले नै संरक्षणमा पनि ध्यान जान्छन् भन्नुभयो ।
उहाँले भक्तपुर मूर्त र अमूर्त सम्पदाहरूको केन्द्र नै भएको हुँदा कुनै पनि सम्पदा लोप हुन नदिन भनपाले संरक्षणको लागि कार्य गरिरहेको बताउनुभयो ।
उहाँले नगरपालिकाले गरिरहेका कार्यहरूबारे विषयगत रुपमा संक्षिप्त प्रस्तुती दिनु भएको थियो ।
विद्यार्थीहरूले नगर प्रमुखसँग भक्तपुरमा खानेपानीको अवस्था, प्राकृतिक प्रकोप व्यवस्थापन, जेष्ठ नागरिक सेवा, बेरोजगारी समस्या, सांस्कृतिक सम्पदा संरक्षण, बजेट निर्माण, विकास निर्माण सम्बन्धी अनुगमन, नगर विकास योजनाको तर्जुमा, नागरिकहरूको गुनासो सङ्कलन विधिलगायत विविध विषयहरूमा जिज्ञासा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *