भर्खरै :

समाजवाद नै संसारको भविष्य

– अनुराधा थापामगर
क्युवाभन्दा ८९ गुणा ठूलो अमेरिका भूगोलको हिसाबले रुस र क्यानडापछि तेस्रो स्थानमा पर्छ । जनसङ्ख्याले पनि संरा अमेरिका संसारमा तेस्रो स्थानमा पर्छ । त्यति विशाल देशको नाकैमुनि रहेको नेपालभन्दा सानो देश क्युवाले समाजवादी क्रान्ति सम्पन्न ग¥यो । यो साम्राज्यवाद र पूँजीवादलाई एक चोटिलो प्रहार हो । त्यही प्रहारबाट लज्जित अमेरिकी साम्राज्यवादले क्युवाविरुद्ध आर्थिक नाकाबन्दी चालू राख्दैछ । क्युवाभन्दा ८९ गुणा ठूलो अमेरिका भूगोलको हिसाबले रुस र क्यानडापछि तेस्रो स्थानमा पर्छ । जनसङ्ख्याले पनि संरा अमेरिका संसारमा तेस्रो स्थानमा पर्छ । त्यति विशाल देशको नाकैमुनि रहेको नेपालभन्दा सानो देश क्युवाले समाजवादी क्रान्ति सम्पन्न ग¥यो । यो साम्राज्यवाद र पूँजीवादलाई एक चोटिलो प्रहार हो । त्यही प्रहारबाट लज्जित अमेरिकी साम्राज्यवादले क्युवाविरुद्ध आर्थिक नाकाबन्दी चालू राख्दैछ ।
अमेरिकी साम्राज्यवादविरुद्ध प्रहारको सुरुआत सन् १९१७ मै भएको थियो । सन् १९१७ को रुसी अक्टोबर क्रान्तिपछि पूँजीवादले आफ्नो अवसान देख्न थाल्यो । पूँजीवादको धरासयी हुने पहिलो ऐतिहासिक घटनाक्रम सन् १८७१ पेरिस कम्युनबाट विकास भएको थियो । त्यसपछि पूँजीवाद समाजवादप्रति आक्रामक बन्दै आयो । सन् १९१७ अघिसम्म सं. रा. अमेरिकासहित पूँजीवादीहरू माक्र्सवादी सिद्धान्त व्यवहारमा लागू हुन नसक्ने चित्रण गर्थे । तर लेनिनले पहिलो विश्व युद्धमा नाजी÷हिटलरलाई युद्धमा हराएपछि विश्व कम्युनिष्ट आन्दोलन एक निश्चित खाका कोर्दै अघि बढ्यो । समाजवाद विश्व राजनीतिको एक अभिन्न अङ्गसँगै सन् १९४५ सम्म अर्थात् २८ वर्षमै यति बढ्ता शक्तिशाली रुपमा स्थापित भयो कि दोस्रो विश्वयुद्धमा साम्राज्यवादलाई समेत हराउन सफल भयो ।
एसिया र युरोपमा समाजवादको झण्डा लहराउँदा अमेरिकी साम्राज्यवादले त्यसको विस्तारबारे सोच्न सकेन, त्यतिमै सीमित रहला भन्ने सोचेको थियो । सन् १९५३ मा सोभियत सङ्घमा स्तालिनको निधनपछि सन् १९५६ मा संशोधनवादी नेता ख्रुश्चेभले एउटा भाषणमा भनेका थिए– ‘सोभियत सङ्घमा लालझण्डा फहराइसकेपछि विश्वका शोषकहरू दुलाभित्र लुकिसके । अब वर्गसङ्घर्ष आवश्यक छैन ।’ यस भनाइलगत्तै चीनका नेता माओ त्सेतुङले रुस संशोधनवादमा पतन भएको बताउनुभयो । रुस र चीनको कम्युनिष्ट पार्टीवीच धु्रवीकरण सुरु भएको थियो । तर अमेरिका एक हिसाबले ढुक्क भइ बसेको थियो । ठीक यही समयमा क्युवामा क्याष्ट्रोले आफ्नो देशमा अमेरिकी दलाल बाटिस्टा सरकारविरुद्ध सङ्घर्ष गर्नुभयो । अमेरिकी नेतृत्वले यो लडाइँ सत्ताको निमित्त एउटा विद्रोहको रुपमा मात्रै बुझ्यो । सन् १९५३ मा सुरु आन्दोलन सन् १९५९ जनवरी १ मा टुङ्गियो । क्रान्ति सम्पन गर्दा फिडेल मात्र ३३ वर्षको हुनुहुन्थ्यो ।
क्रान्तिको ४ महिनापछि अर्थात् अप्रिलमा अमेरिकी पत्रिकाका सम्पादकहरूको समाजको निम्तामा क्याष्ट्रोले पहिलो भ्रमण अमेरिकामा गर्नुभयो । भ्रमणमा अमेरिकी राष्ट्रपतिले उहाँसँग भेटेनन् वा चाहेनन्, उपराष्ट्रपतिले मात्र भेट गरे । ११ दिनको अमेरिकी भ्रमणमा स्वाभिमानका साथ अमेरिकी जनतामाझ लोकप्रिय व्यक्तित्वका रुपमा उहाँ उभिनुभयो । क्रान्ति नायक फिडेलले अमेरिका जानुअघिदेखि नै अर्थात् मार्च महिनादेखि देशका संस्थानहरू सार्वजनिकीकरण सुरु गर्नुभएको थियो । अमेरिका पुग्दा विमानस्थलमा पत्रकारहरूसँग उहाँले बोल्नुभयो– ‘सबै खालको तानाशाहीको विरोध क्युवाले गर्छ ।’ यसरी बोल्नुको अर्थ स्पेनले उपनिवेश बनाएको क्युवा अमेरिकालाई सुम्पेको तथा बाटिस्टा सरकारलाई सहयोग गर्ने अमेरिकी साम्राज्यवादलाई उसकै भूमिमा गई चुनौती दिनु हो भन्ने बुझ्न सकिन्छ । अमेरिकी बसाईमा ऋण लिन आएको सल्लाहलाई उहाँले अस्वीकार गर्नुभयो । किनकि आर्थिक सहायता नमाग्ने अठोट लिएर नै फिडेल अमेरिका जानुभएको थियो । साथै अमेरिका जानुअघि ७ सय बाटिष्टा शाहीका भरौटेहरू या जनताका अपराधीहरूलाई ज्यानसजाय दिइएको थियो, जसलाई टेलिभिजनमार्फत सार्वजनिक गरिएको थियो । यसले पनि अमेरिकामा एक तरङ्ग ल्याइदिएको थियो । क्रान्ति भनेको ठीक उल्टाउनु हो । क्रान्तिपछि प्रतिक्रियावादीहरूलाई माफी दिइन्न, क्युवाले त्यसै ग¥यो । साथै बाटिस्टा सरकारले विदेशसँग गरेको सन्धि सम्झौता सबैलाई अमान्य घोषित ग¥यो ।
अमेरिका पुग्दासम्म अमेरिकी उपराष्ट्रतिले फिडेल क्याष्ट्रो कम्युनिष्ट हो, होइन यकिन नभएको बताएका थिए । यसमा अमेरिका स्पष्ट नभएको वा अलमलमा वा बुझपचाएको हुन सक्छ । सन् १९६१ मे महिनामा फिडेलले आफूलाई समाजवादी घोषणा गर्नुभयो र डिसेम्बर २ मा टेलिभिजनमार्फत आफूलाई माक्र्सवादी–लेनिनवादी बताउँदै जीवनको अन्तिम समयसम्म माक्र्सवादी–लेनिनवादी रहने घोषणा गर्नुभयो । क्युवाली राजनीतिमा कम्युनिज्म निर्देशक सिद्धान्तको रुपमा रहने उद्घोष पनि गर्नुभयो । उहाँको भ्रमणको क्रममा अमेरिकी पत्रिकाले फिडेललाई कुनै पनि बेला कम्युनिष्ट हुनसक्दैन भनी ठोकुवा गरेका थिए । क्रान्तिपछि समाजवाद विकासमा लागेको क्युवालाई साम्राज्यवादी अमेरिका टुलुटुलु हेर्न विवश भयो ।
अमेरिकी कम्पनीलाई राष्ट्रियकरण गरेपछि नाकाबन्दी गरेको अमेरिकाले क्रान्तिको एक वर्ष अर्थात सन् १९६० मै क्युवाको हवाना विमानस्थलमा क्युवाली क्रान्तिविरोधीहरूलाई उक्साई हमला गर्न लगाएको थियो । नाकाबन्दीको औपचारिक घोषणा सन् १९६२ मा ग¥यो ।
क्रान्तिबाट तङ्ग्रिन खोजेका क्युवाली जनतालाई अमेरिकी साम्राज्यवादले आर्थिक नाकाबन्दी लगाउँदा क्युवालीहरूको तौल ७ देखि १० पाउण्ड घटेको थियो । त्यतिबेला क्युवाली भूमिमा उखुबाहेक अन्य उत्पादन त्यति थिएन । त्यसपछि फिडेलले आफ्नो जनतालाई सम्बोधन गर्नुभयो– ‘जहाँ जे फल्छ रोप, खानेकुरा बढाऊ ।’ त्यसलगत्तै क्युवालीहरूले सहर, सडकको पेटी, छत, ग्यारेज सबैतिर खेती सुरु गरे । अहिले संसारको “बेष्ट अर्गानिक स्टेट” र अर्गानिक खानेकुराको लागि क्युवा प्रसिद्ध छ ।
क्युवा टिक्नसक्नु क्युवाली जनताको समाजवादप्रतिको विश्वास, आस्था अनि गौरवका कारण नै हो । सन् १९९० पछि वा सोभियत सङ्घको पतनपछि क्युवाको अन्तिम घडी सुरु भयो भनी पश्चिमा पत्रकारहरूले पुस्तक र समाचार लेखेका थिए । तर समाजवाद कमजोर हुन्न भन्ने सावित क्युवाले गरिदियो । समाजवाद भन्नु आत्मविश्वास हो जसले देशलाई परनिर्भर बनाउँदैन । आफ्नै बलबुत्तामा उभ्याउँछ, टिकाउँछ भन्ने प्रमाणित क्युवाले गरेको छ । माक्र्सवाद–लेनिनवादलाई आत्मसात गरेका कारण नै क्युवाली क्रान्ति सफल भएको हो । त्यसकारणले नै क्युवाली समाजवादले जीवन्तता पाइरहेको छ ।
एक करोड पनि जनसङ्ख्या नभएको देशले ३ लाख ५० हजार गुरिल्ला देशबाहिर वा मुक्तिको निमित्त लडिरहेका देशमा सघाउन वा लड्न पठाउनु चानचुन कुरा थिएन । साम्राज्यवादी देश (अमेरिका) ले पनि सेना पठाउँछ तर विध्वंसको निमित्त, मान्छे मार्नको निमित्त तर समाजवादी देशको सेनाले मान्छेको अस्तित्व बचाउनेमात्र होइन देश बचाउँछ र बनाउँछ भन्ने प्रमाण पनि क्युवा र छेवैको भीमकाय अमेरिकाबाट लिन सकिन्छ । अमेरिकाको सबैभन्दा सानो राज्त्न्दा पनि सानो देशले अफ्रिका, ल्याटिन अमेरिकासम्म गई बलिदान गर्नसक्नु सामाजवादले दिएको आँट नै हो । विभिन्न देशका मुक्ति युद्धमा सहयोगी क्युवाली सेना साम्राज्यवादी र युरोपेलीले जस्तो कब्जा जमाई कहीं कतै बसेनन्, आफ्नै देश फर्किए र समाजवादप्रति समर्पित बने । अहिले पनि क्युवालीहरू संसारमा सहयोग गर्न गइरहेका छन् । तर बन्दुक वा हतियार बोकेर होइन, स्टेथेस्कोप, ब्लड प्रेसर नाप्ने उपकरण, मेसिनहरूसहित गएका छन् । नेपालमा भूकम्पको समयमा क्युवाली स्वास्थ्य टोली स्वयम्सेवक भएर आए र १०–११ हजार नेपालीको साना ठूला शल्यक्रिया गरेर फर्र्के । औषधि निःशुल्क वितरण गरे ।
इबोला भाइरसजस्तो डरलाग्दो रोग लागेकाहरूको उपचारका लागि अमेरिकी डाक्टरहरूसमेत पछि सरेको अवस्थामा क्युवाली डाक्टरहरू अघि सरे । समाजवादले देशलाई सक्षम बनाउँछ । जुनसुकै परिस्थितिमा पनि जुनसुकै देशलाई सहयोग गर्नसक्ने हैसियत बनाउँछ भन्ने उदाहरण पनि कयुवा नै हो । अहिले पनि युरोपलगायत संसारका विभिन्न देशसँग क्युवाको सम्बन्ध राम्रो छ, सहयोग आदान–प्रदान हुन्छ । स्पेनिस,अफ्रिकी , चिनिया पृष्ठभूमिका मान्छेहरू क्युवामा बसोबास गरिरहेका छन् ।
क्युवाली क्रान्तिपछिको समाजवादले काला जातिप्रतिको भेदभाव समाप्त ग¥यो । रङ्गभेद नभएको देशको रुपमा परिचित गराइदियो । जुन विभेद अमेरिकामा यथावत छ । जसरी चीनमा संसारभरका मान्छे जान्छन्, क्युवाको मेडिकल कलेज, स्कूलमा अमेरिकीसमेत गएर पढ्छन् । त्यहाँको शिक्षा र स्वास्थ्य संसारमै उत्कृष्ट छ । साथै एल साल्भाडोर, ग्वाटेमाला, बोलिभिया, कोलम्बियालगायत देशमा मान्छे गएर पढ्ने, सेवा लिने गर्छन् । अहिले पनि क्युवामा प्रत्येक टोल, गाउँ, गल्ली, स्कूल, कलेज जहीँतहीँ क्रान्तिको प्रतिरक्षा समिति (कमिटी फर डिफेन्स अफ रिभोलुसन) छ । यसले पनि समाजवादप्रति क्युवालीहरू कति समर्पित छन् भन्ने स्पष्ट देखाउँछ । अहिले पनि पूँजीवादी वा प्रतिक्रियावादी सञ्चारमाध्यमले क्युवामा साह्रै गरिबी र अभाव भएको झूठा प्रचार गर्दैछन् । तर जनताका आधारभूत आवश्यकता क्युवाली सरकारले पूरा गरिदिएको छ । सम्पूर्ण शिक्षा र स्वास्थ्य उपचार निःशुल्क व्यवस्था छ । जबकि क्रान्तिअघि क्युवामा जातीय भेदभाव, भ्रष्टाचार, प्रहरी दमन ज्यादती व्याप्त थियो । १ प्रतिशत जनताले मात्र माछा खान पाउँथे । २ प्रतिशतले अण्डा, ३ प्रतिशतले रोटी, ४ प्रतिशत किसानले मात्र नियमित मासु खान पाउँथे भने ११ प्रतिशतले मात्र दूध खान पाउँथे । त्यसैगरी ७५ प्रतिशत ग्रामीण क्षेत्रका घरहरू नरिवलको पातले बनेका थिए । ६१ प्रतिशत विद्यालय उमेरका बच्चाहरू विद्यालयविहीन थिए भने ५० प्रतिशत भन्दा बढी मानिस शौचालयविहीन थिए । साथै ८५ प्रतिशत बढी जनता खानेपानीबाट बञ्चित र ९१ प्रतिशतसँग बिजुली थिएन । क्रान्तिपछि यी सबैमा क्युवाले काँचुली फेरेको छ ।
क्रान्तिअघि ८७ प्रतिशत महिला बेरोजगार थिए । प्राय ः महिलाहरू देहव्यापारमा लाग्नुपर्ने बाध्यता थियो । रोजगारमा पनि कम ज्याला र तल्लो स्तरको काम गर्नुपथ्र्यो । सामन्ती र पूँजीपतिका निम्ति श्रमिक महिला दास थिए । समाजवादी क्रान्तिले मात्र महिला अधिकार स्थापित र समानता शब्दलाई व्यवहारमा लागू गराउँछ भन्ने प्रमाणित क्युवाले गरेको छ ।महिला प्रयोग गरिने अश्लील खालका विज्ञापनमा बन्देज लगाइएको छ । समाजवादी व्यवस्थाको विशेषता यही हो । पूँजीवादमा नाफा आर्जनको बस्तुको रुपमा महिलालाई प्रयोग गरिन्छ र त्यसरी वस्तु बनाइएको महिलाहरूलाई थाहा पनि हुन्न ।
सन् १९७५ मा क्युवाले पारिवारिकसंहिता पारित ग¥यो । जसमा घरेलु काम महिला र पुरुषले बराबर गर्नुपर्ने उल्लेख छ । यसबाट महिलाहरू पनि कार्यालय, कारखानाको श्रमशक्तिको रुपमा विकास भए । चोरी, गुण्डागर्दी, डकैती, बलात्कारजस्ता समस्याबाट क्युवा मुक्त छ । साक्षरता झण्डै शतप्रतिशत रहेको क्युवामा नाकाबन्दीको कारण ९० प्रतिशत औषधि र खाद्यान्न भित्रिन नपाउँदा पनि शिशु मृत्युदर संसारमै कम छ । जबकि अमेरिकामा बढी छ । यो जस्तो चुनौती अमेरिकालाई क्युवाले दिनु पनि समाजवादकै देन हो । शतप्रतिशत शिशुहरू अस्पतालमा जन्मने क्युवा एचआईभी सङ्क्रमित महिलाबाट उनको गर्भमा रहेको बच्चामा सङ्क्रमित हुनबाट रोक्न सफल उपचार गर्ने पहिलो देश पनि हो ।
क्युवाको संसदले मातृ बिदा ऐन १९७४ पनि पारित गरेको छ । सुत्केरी महिलाले साढे ४ महिना तलबी बिदा पाउँछन् र बच्चा यदि ढिलो जन्मने भएमा थप २ हप्ता बिदाको बन्दोबस्त छ । त्यसैगरी बच्चा १ वर्षको नहुँदासम्म स्याहार्न चाहेमा आमा वा बुबामध्ये एक जनालाई पुनःकाममा फर्कन पाउने अधिकारसहित ६० प्रतिशत तलब सुविधामा बिदाको प्रावधान पनि छ । स्वस्थ आमाबाट स्वस्थ बच्चा जन्मून् भनी मातृघरको व्यवस्था पनि छ, क्रान्ति अघि २ हजार बिरामीलाई १ जना डाक्टर पनि मुस्किल थियो भने क्रान्तिपछि झण्डै १ सय जनालाई १ जना डाक्टरको व्यवस्था छ । क्युवाली संसदमा झण्डै ५० प्रतिशत महिला जनप्रतिनिधि छन् । जबकि संरा. अमेरिकामा त्यसको आधा पनि छैनन् । नेपालमा राज्यको सबै अङ्गमा कानूनमार्फत नै ३३ प्रतिशत महिला पु¥याउनुपर्ने बाध्यता छ । जसमा अधिकांश राजनीतिक गतिविधिमा संलग्न नरहेका, योग्यता, सक्षमतालगायत विषयमा सञ्चारमाध्यममा छापिन्छ । क्युवाको संसदमा रहेका ती जनप्रतिनिधीमा झण्डै ४० प्रतिशत बढी उच्च मावि उत्तीर्ण छन् भने ६० प्रतिशत बढी स्नातक र स्नात्तकोत्तर उत्तीर्ण छन् ।
क्युवामा ६५ प्रतिशतभन्दा बढी प्राविधिक, ४३ प्रतिशत बढी वैज्ञानिक, ५२ प्रतिशतभन्दा बढी डाक्टर महिला छन् । सयौं डाक्टर, वैज्ञानिक, प्राविधिक महिला अन्य मुलुकमा स्वयंसेविका रुपमा पठाउने देश क्युवामात्रै हो । क्युवामा महिला कहिले पनि असुरक्षा महसुस गर्दैनन् । भनिन्छ कुनै पनि युवती रातभर हवानाको सडकमा एक्लै हिंड्दा पनि कुनै असुरक्षा नभएको देश क्युवा हो । तर पूँजीवादी देशमा घाम डुबेपछि महिलामात्र होइन पुरुषलाई समेत घरबाट बाहिर निस्कँदा कुटिने, लुटिने, चुटिने चिन्ताले सताउँछ । छोराछोरी दैलो नछिरुञ्जेल बाबुआमाको आँखा झिम्किन्न ।
क्युवामा अन्य मान्छेको भन्दा पार्टी कार्यकर्ताको तलब ३ गुणा कम हुन्छ । पार्टी कार्यकर्ता भौतिक सुविधाभन्दा समाजवादको निमित्त बाँच्छन् । तर नेपालमा ठीक उल्टो छ, नेपालमा सरकार चलाउनेले पार्टी कार्यकर्ताबाहेक अरुलाई हेर्दैन । बढी सुविधाकै निम्ति पार्टी कार्यकर्ता बन्ने गरेको तथ्य लुकेको छैन । क्युवामा काम गर्ने उमेर पुगेका सबै रोजगार छन्, बेरोजगार कोही छैन ।
चेग्वेभाराकी छोरी डा. अलैदा ग्वेभारा मार्चको एउटा भनाइ छ – “समाजवाद नै संसारको भविष्य हो । संसारमा योभन्दा राम्रो अरु कुनै सामाजिक व्यवस्था छैन ।” यसको ज्वलन्त उदाहरण क्युवा हो । क्युवाली क्रान्तिपछि क्युवालीहरूको आयु बढेको छ । बढी उमेर बाँच्ने क्युवालीको जीवन समाजवादले नै दिएको हो । क्युवाली समाजवाद अमर रहोस् ।
(समाजवादी देश क्युवाको ५९ औं क्रान्ति दिवसको अवसरमा आयोजित क्युवाली क्रान्तिको ऐतिहासिक महत्व, विषयक प्रवचन कार्यक्रममा क्युवा ऐक्यबद्धता समिति नेपालका कोषाध्यक्ष अनुराधा थापामगरको मन्तव्यको सार )

Leave a Reply

Your email address will not be published. Required fields are marked *