भर्खरै :

नेपालीमात्र जान्नेले सवारीको नम्बर कसरी चिन्ने ?

यातायात व्यवस्था विभागले सवारी साधनहरूको दर्ता नम्बर फेरेको छ । ‘नयाँ प्रविधियुक्त उच्च सुरक्षित’ भनिएको नम्बर बिक्री–वितरणमा ल्याएको छ र यस पाँचवर्षे आयोजनामा चार करोड ३८ लाख अमेरिकी डलर बराबरको रकम ठेकेदार (विदेशी) कम्पनीलाई भुक्तानी गर्ने बताइएको छ । कारोबारसित कमिसन गाँसिएको होला नै, तर यो जनसाधारणबीच आउने विषय भएन ।   यातायात व्यवस्था विभागले सवारी साधनहरूको दर्ता नम्बर फेरेको छ । ‘नयाँ प्रविधियुक्त उच्च सुरक्षित’ भनिएको नम्बर बिक्री–वितरणमा ल्याएको छ र यस पाँचवर्षे आयोजनामा चार करोड ३८ लाख अमेरिकी डलर बराबरको रकम ठेकेदार (विदेशी) कम्पनीलाई भुक्तानी गर्ने बताइएको छ । कारोबारसित कमिसन गाँसिएको होला नै, तर यो जनसाधारणबीच आउने विषय भएन ।   ‘नयाँ प्रविधियुक्त’ भनिएको नम्बर खासमा आकार मिलाएर काटिएको पातामाथि सतहबाट केही उठाई बुट्टा काटिएका अक्षर अङ्कित (इम्बोस्ड) गर्नुलाई भनिएको देखिन्छ । यसरी इम्बोस्ड गरिएको नम्बर भएको प्लेट सवारी साधनको अगाडि–पछाडि झुण्ड्याइदिएपछि मोटर वाहनहरूको चोरी रोकिने सरकारी कर्मचारीको आश्वासन रहेछ । तर यस्तो आश्वासनलाई कति पत्याउने र त्यसमा कति भरपर्ने त्यसको निरूपण उपोक्ताले गर्लान् नै ।  यातायात व्यवस्था विभागले वितरण गर्न सुरू गरिएको ‘इम्बोस्ड नम्बर प्लेट’ चिन्न पहिले अङ्ग्रेजी अक्षर र अ पढ्न सक्ने हुनुपर्ने देखियो । नेपालको लागि यो अमिल्दो र असहज भयो । भन्नु परोइन, सवारी साधनको नम्बर ठूला अक्षरमा हरेक साक्षर नेपालीले सजिलै पढ्न सक्ने किसिमको भएन भने परिवर्तनको अनुकूल असर पर्नसक्दैन । अर्को शब्दमा, जनसाधारणलाई सुविधा नभए परिवर्तनको उपादेयता के ? सडकमा अनेक घटना, दुर्घटना हुन्छन् र तिनको बारे जनसाधारणले प्रहरीलाई खबर गर्न सर्वप्रथमतः सवारी साधनको नम्बर आवश्यक पर्दछ । तर त्यो नम्बर नै नबुझिने खालको भयो भने गाउँघरका (र सहर–बजारकै पनि) बासिन्दाले कसरी अपराध नियन्त्रणमा सरकारी र न्यायिक निकायलाई सहयोग पुर्याउन सक्लान् ?  नेपालमा सरकारी स्तरबाट बेला–बखत ‘अन्तर्राष्ट्रियस्तर’को प्रसङ्ग ल्याइन्छ । नेपालमा आउने पर्यटकहरूको सुविधालाई ध्यानमा राख्नुपर्ने तर्क पनि दिने गरिन्छ । तर नेपालको सरहदमा गुड्ने सवारी–वाहनलाई अन्तर्राष्ट्रियस्तरको चिनारी वा मापदण्ड किन चाहिने हो, त्यसबारे चित्तबुझ्दो व्याख्या जनसमक्ष आउने गर्दैन । त्यस्तै, नेपालमा आउने पर्यटकले नेपालका चाल–चलन र विशेषता हेर्न, अनुभव गर्न मन गर्छ । ‘यो फेरेर हाम्रोजस्तो बनाओ’ त किमार्थ भन्दैन । अनि किन हाम्रै सरकारका निकाय चाहिं अनावश्यक कुरामा अल्झेर अन्योलको वातावरण सिर्जना गर्न खोज्छन् ? यातायात व्यवस्था विभाग यसको दृष्टान्त भएको छ ।  इम्बोस्ड नम्बर प्लेटको बारेमा अहिले यतिसम्म भन्न सकिन्छ ः यसमा प्लेटको माथिल्लो खण्डमा ठूला अक्षर–अङ्कमा नेपालीमा र त्यसको मुनि सानो अक्षरमा अङ्ग्रेजी अक्षर–अङ्क राख्ने एउटा विकल्प प्रयोगमा ल्याए हुन्छ – परीक्षणको रूपमा । हाल कतिपय विदेशी दूतावासका सवारी–साधनमा यस ढङ्गबाट नम्बर राखेको देखिएको पनि छ । दक्षिण एसियाका केही देशमा पनि यस्तो अभ्यास भएकै पाइन्छ ।
–कुमार चौलागाइँ, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *