भर्खरै :

प्रजग कोरियाको परराष्ट्र मन्त्रालयको वक्तव्य मानव अधिकारविरोधी विषालु झारलाई जरैदेखि उखेल्नुपर्छ

प्रजग कोरियाको परराष्ट्र मन्त्रालयको वक्तव्य मानव अधिकारविरोधी विषालु झारलाई जरैदेखि उखेल्नुपर्छ

प्योङयाङ, २७ अगस्ट (केसीएन) । विश्वव्यापी निन्दा र विरोधप्रति उदासीन रहँदै वर्तमान शताब्दीको सबैभन्दा क्रूर अमानवीय अपराध र नरसंहारको त्रासदीको निर्माता इजरायलले फेरि एकपटक आफ्नो हत्यारा चरित्र प्रदर्शन गरेर विश्वका जनतालाई चकित पारेको छ ।
अगस्ट ८ का दिन प्यालेस्टिनको विदेश मामिला र प्रवाससम्बन्धी मन्त्रालयले एक विज्ञप्ति जारी गरी इजरायली अर्थमन्त्रीको निर्दयी टिप्पणीको लागि कडा निन्दा गरेको थियो । प्यालेस्टिनको गाजापट्टीमाथिको नाकाबन्दीलाई ‘उचित र नैतिक’ भनी दाबी गर्ने इजरायली अर्थमन्त्रीको टिप्पणीको जवाफमा २० लाख प्यालेस्टिनीहरूलाई गाजापट्टीतर्फ मानवीय सहायता अवरुद्ध गरेर भोकै मर्न दिनु एकदम ‘उचित र नैतिक’ हो ? भनी प्रतिप्रश्न ग¥यो । मन्त्रालयले मानवीय सहायता अवरुद्ध गरेर इजरायलले आफ्नो नरसंहार नीति लागू गरिरहेको छ र यो स्पष्ट मान्यता हो भन्ने कुरामा जोड दिएको छ ।
गत वर्ष अक्टोबरदेखि गाजापट्टीमा यहुदीवादी राज्यको सैन्य कारबाहीका कारण ४० हजारभन्दा बढी निर्दोष प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने ९२ हजारभन्दा बढी घाइते भएका छन् । यस मानवीय विपत्तिका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले यसलाई नरसंहार, युद्ध अपराध र अमानवीय अपराधको रूपमा लिएको छ जुन अब सहन नसकिने स्थितिमा पुगेको छ र यसलाई निर्णायक कदम चाल्न कडा आह्वान गर्दछ । यतिबेला यस्तो निर्दयी भनाइ सार्वजनिक गरिएको छ, जसले यस आपराधिक राज्यप्रति विश्वव्यापी आक्रोश बढाएको छ ।
सयौँ वर्ष पहिले, शेक्सपियरले आफ्नो नाटक ‘भेनिसको व्यापारी’ मा यहुदी व्यापारी साइलकको क्रूरताको लागि कठोर शब्दहरू प्रयोग गरेका थिए । अहिले तिनीहरू यहुदीको क्रूरता प्रदर्शन गर्न चाहन्छन् वा तिनीहरू यो संसारमा उनीहरूलाई अब कसैले न्याय गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेका छन् । इजरायली हत्याराहरूले आफ्नो क्रूर नाकाबन्दीको नीतिले लाखौँ प्यालेस्टिनी नागरिकहरूलाई भोकभोकै मार्न सैनिक घेराबन्दी गरेका छन् ।
जनताले स्वतन्त्रता, शान्ति र मानवअधिकारको सम्मानको आकाङ्क्षा राखेको वर्तमान समयमा इजरायलजस्तो दुष्ट राष्ट्रको नरसंहारकारी नीतिलाई सहने ठाउँ छैन र यस्तो नीतिलाई दोहो¥याउने हिम्मत नहोस् भनेर कडा कदम चाल्नुपर्छ । यो विश्वभरको जनभावना हो ।
हालै, कतार, जोर्डन र कुवेतलगायत धेरै अरब देशहरू र अरब राष्ट्रहरू र गल्फ कोअपरेसन काउन्सिलजस्ता धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले गाजापट्टीमा नरसंहारको अन्त्य गर्न कडा आह्वान गर्दै बयानहरू जारी गरेका छन् । इजरायलद्वारा अन्तर्राष्ट्रिय कानुनको निरन्तर उल्लङ्घनको कारण उत्पन्न भएको विपत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
इजरायलको विनाशकारी नरसंहारको युद्धले वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थाको भ्रष्ट स्वरूपलाई छर्लङ्ग गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले यथाशीघ्र समान र न्यायपूर्ण नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको स्थापनाका लागि आवाज उठाउँदै आएको छ ।
विश्वका सबै सार्वभौम देशहरू, लाखौँ प्यालेस्टिनी नागरिकहरूको अस्तित्वको अधिकारको रक्षा गर्ने समयको मिसनप्रति सचेत, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको बेवास्ता तथा मानव संहारको मध्ययुगीन अत्याचारमा दोहो¥याइरहेका यहुदीवादीहरूले गरेका अपराधहरूलाई गम्भीर ध्यान दिनुपर्छ । उनीहरूका गैरकानुनी बनावटी राज्य र दुष्ट राज्यको अस्तित्वको मूल्यलाई पनि नजिकबाट नियाल्नुपर्छ र यसको बारेमा कडा निर्णय गर्नुपर्छ ।
मानव अधिकारविरोधी विषालु झारलाई समयमै जरैदेखि उखेल्नुपर्छ ।

अगस्ट २७, २०२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *