भर्खरै :

प्रतिस्पर्धात्मक बजारमा सफलता हासिल गर्न प्रविधिमा जोड दिनुपर्ने

प्रतिस्पर्धात्मक बजारमा सफलता हासिल गर्न प्रविधिमा जोड दिनुपर्ने

भक्तपुर, ११ भदौ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अहिलेको प्रतिस्पर्धात्मक बजारमा सफलता हासिल गर्नको लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समिति र भक्तपुर उद्योग वाणिज्य सङ्घको महिला उद्यमी उपसमितिको संयुक्त आयोजनामा महिला उद्यमीहरूलाई लक्षित गरी मङ्गलबार सञ्चालित डिजिटल मार्केटिङसम्बन्धी तालिम कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ श्रेष्ठले अनलाइन बजारको जमानामा हरेक महिला उद्यमीहरू आधुनिक प्रविधिबारे जानकार हुनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि महिला उद्यमीमा प्रविधिसम्बन्धी ज्ञान भए सफल हुने दाबी गर्दै डिजिटल मार्केटिङसम्बन्धी तालिम महिला उद्यमीहरूको व्यापार व्यवसाय प्रवद्र्धनको लागि उपयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका ज्ञानलाई आफ्नो व्यापार व्यवसायको विकासमा सदुपयोग गर्न आग्रह गर्नुभयो ।
सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले अहिलेको प्रविधिको युगअनुसार महिला उद्यमीहरूले पनि प्रविधिको अधिकतम उपयोग गरेर आफ्नो उद्यम, व्यवसायलाई विकास र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै प्रविधिको प्रयोग गरी महिला उद्यमीहरूले उत्पादन गरेका विभिन्न वस्तुहरूको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमले महिला उद्यमीहरूलाई नयाँ सूचना प्रविधिसँग जोडेर व्यवसायिक दक्षता एवं क्षमता वृद्धिको लागि सहयोग पुग्ने र उद्यमशीलतालाई अझै व्यवस्थित र समयसापेक्ष बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले समितिमार्फत देशभरका महिलाहरू उद्यमीहरूको विकास तथा प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै वार्षिक कार्यक्रमअन्तर्गत भक्तपुर जिल्लाका महिला उद्यमीहरूलाई लक्षित गरी डिजिटल मार्केटिङ तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तालिम महिला उद्यमीहरूको लागि प्रभावकारी हुने भन्दै तालिमबाट आफ्नो व्यापार व्यवसाय प्रवद्र्धनका लागि आवश्यक ज्ञान प्राप्त गरी फाइदा उठाउन आग्रह गर्नुभयो ।
सङ्घका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक मञ्जिला सुवेदीले कार्यक्रमबारे स्पष्ट पार्दै आजको प्रतिस्पर्धाको समयमा व्यापार तथा उद्यमशीलतामा प्रविधिको आवश्यकता अपरिहार्य भएकोले महिला उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताउनुभयो ।
तालिममा महासङ्घको महिला उद्यमी विकास उपसमितिकी उपसभापति स्वर्णा ताम्राकार र अस्मिता प्रधानले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *