कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?
- आश्विन २६, २०८१
भक्तपुर, ११ भदौ । प्रभात ई. सेकेन्डरी स्कूलका कक्षा ६ का विद्यार्थीहरू सामाजिक विषय शिक्षक अनिता देशेमरु र राजकुमार साखकर्मीको नेतृत्वमा सामाजिक विषयअन्तर्गत स्थानीय तहको विषयमा अध्ययन अवलोकन गर्न मङ्गलबार भनपा ६ नं. वडा कार्यालयमा पुगे ।
कार्यक्रममा वडाध्यक्ष हरिराम सुवालले २०७९ सालको निर्वाचनमा भनपाको पूरै वडामा नेमकिपाको उम्मेदवारीले विजय प्राप्त गरेको उल्लेख गर्दै २०७६ सालपछि साबिक वडा नं. ९ मिलाएर ६ नं. वडा बनाएको बताउनुभयो ।
उहाँले भनपाको नगरसभामा ४६ जना सदस्य रहेको स्पष्ट पार्दै भनपाको न्यायिक समितिमा प्रमुख संयोजक नगरपालिकाका उपप्रमुख रजनी जोशी रहनुभएको बताउनुभयो । न्यायिक समितिले नगरपालिकामा कसैको झगडा भएमा, नक्सा र सिमानाको विवाद भए त्यसलाई मिलाउने काम गर्ने उहाँले बताउनुभयो ।
विद्यार्थी प्रतिनिधिहरू मोहन खरेल, सोना कोजु, प्रिन्स लामा, जस्मी खत्री र जिया ग्वाछाले वडासँग सम्बन्धित क्षेत्र, सेवासुविधा, नगरसभाका कार्य र वडाध्यक्ष भएर काम गर्दाको अनुभवबारे प्रश्न गर्नुभएको थियो ।
Leave a Reply