अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सामान्य अर्थमा पुस्तकालय भन्नाले पुस्तकहरूको घर अथवा बैङ्क हो । जहाँ पुस्तकहरूलाई भण्डारण गरिन्छ । ज्ञान मूल्यमान्यता दर्शनको थलो हो । भविष्य देखाउने र खोज अनुसन्धानको लागि आवश्यक पर्ने सामग्रीहरूको भण्डार हो । पुस्तकालय विज्ञानका अनुसार पुस्तकालय भनेको वैज्ञानिक वर्गीकरण सूचीकरणबाट हरेक पुस्तकहरूलाई आधुनिकरुपले व्यवस्थित रुपमा राखिएको ठाउँ हो । लाइब्रेरी शब्द ल्याटिन भाषाको लिवर शब्दबाट आएको हो । जसको अर्थ पुस्तक हो । पुस्तकालयमा हामीले विभिन्न पुस्तक, पत्रपत्रिकाका साथै अन्य अडियो, भिडियोजस्ता सामग्रीहरू प्राप्त गर्न सक्दछौँ । नेपालमा पुस्तकालयको जन्म लिच्छवीकालमा नै भएको पाइन्छ । बेलायतमा विक्रम संवत् १९०१ मा सर्वप्रथम सार्वजनिक पुस्तकालय विधेयक आएको थियो भने नेपालमा वि.सं. १८६९ साल भदौ १५ गते भएको पाइन्छ । त्यसैले हरेक वर्ष भदौ १५ गते नेपालमा विभिन्न कार्यक्रम गरी पुस्तकालय दिवस मनाउने गरेको छ । सार्वजनिक पुस्तकालय, विशेष पुस्तकालय, संस्थागत पुस्तकालय विभिन्न प्रकारका पुस्तकालयहरू रहेका छन् ।
पुस्तकालयको विकाससँगै पुस्तकालयको महत्व पनि निकै रहेको पाइन्छ । शिक्षाको प्रचारप्रसार गर्न, बौद्धिक ज्ञान बढाउन, बाहिरी ज्ञान प्राप्त गर्न, देशविदेशका सूचना तथा जानकारीहरू प्राप्त गर्न, अध्ययन अनुसन्धानमा पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । डा. रेगनका अनुसार वर्तमान प्रौढहरूको मानसिक उन्नतिको कार्य गर्न पुस्तकालयबिना अरू कुनै साधन छैन । हाम्रोजस्तो विकास उन्मुख राष्ट्रहरूमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको छ । आर्थिक अवस्था कमजोर वा कुनै पनि व्यक्तिले आफ्नो अध्ययनको लागि सम्पूर्ण अध्ययन सामग्री खरिद वा पुस्तक खरिद गर्न सम्भव हुँदैन । पुस्तकालयले हामीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका पुस्तकहरू सजिलैसँग अध्ययन गर्न मौका प्रदान गर्दछ । प्रविधिको विकाससँगै पुस्तकालयको दायरा पनि व्यापक भएको छ । एउटा मोबाइल टेक्नोलोजीबाटै हामी घरमै बसीबसी विभिन्न पुस्तकहरू अध्ययन गर्न सक्छौँ । यसको लागि पुस्तकालय धाइरहन जरूरी छैन ।
पुस्तकालयमा धेरै पुस्तक छन्, तर पढ्ने पाठकहरू छैनन् भने त्यसको कुनै महत्व रहँदैन । नेपालमा थुप्रै पुस्तकालयहरू छन् र त्यहाँ थुप्रै राष्ट्रिय, अन्तर्राष्ट्रिय पुस्तकहरू जसको उपयोग हामी पाठकहरूले गर्न सकिरहेका छैनौँ । यसको लागि हामीले पठन संस्कृतिको विकास गर्न आवश्यक देखिन्छ । पठन संस्कृति, पुस्तक र पुस्तकालय एक आपसमा सम्बन्धित छन् । पुस्तक ज्ञान र सीप आर्जन गर्ने स्रोत हो भने पुस्तकालय पठन संस्कृतिको आधार स्तम्भ हो । पठन संस्कृतिले हरेक पाठकहरूको चेतना, कल्पना शक्ति र आलोचना गर्ने क्षमताको विकासमा सहयोग गर्दछ । पठन संस्कृतिको विकास गर्नको निमित्त स्थानीय स्तरमा पुस्तकालयको व्यवस्था, पुस्तकालयमा आवश्यक भौतिक पूर्वाधारहरू सबै लक्षित वर्गहरूको निमित्त उपयुक्त र राम्रा पुस्तक, पत्रिकाहरूका साथै पुस्तक र पुस्तकालय डिजिटलाइजेसन गर्नु अति आवश्यक पर्दछ । पठन संस्कृतिलाई बढावा दिन समय–समयमा विभिन्न अन्तक्र्रिया, छलफलहरूलाई अगाडि बढाउन सकेको खण्डमा अझ उपलब्धिपूर्ण रहन्छ । पुस्तकालयहरूमा पढ्नका लागि पठनमैत्री वातावरणको व्यवस्था गरिदिएको खण्डमा पठन संस्कृतिलाई अगाडि बढाउन सकिन्छ ।
पठन प्रक्रियालाई पनि हामीले संस्कृतिको रूपमा अगाडि बढाउनु आवश्यक पर्दछ । अहिलेका देशका कर्णधार युवाहरू कोही उच्च शिक्षा हासिल गर्न बिदेसिएका छन् कोही आर्थिक अवस्था सुधार्न, कोही अवसरको खोजीमा, बाँकी रहेका युवाहरू लागूऔषध दुव्र्यसनमा । थोरै मात्र युवाहरू छन् जो पठन संस्कृतिलाई अगाडि बढाइरहेका छन् । हामीले पढ्ने वातावरण पढाइलाई, यसको महत्वलाई बुझ्ने, त्यसको आदर गर्ने, पढ्नको लागि प्रोत्साहित गर्ने, वातावरणको निर्माण गर्नु नै पठन संस्कृति हो । संस्कृतिले हामीलाई उजागर गर्ने कार्य गर्दछ । अहिले थुप्रै पुस्तकालयहरूले पठन संस्कृतिको बढावा गराउनको निमित्त पुस्तकालयलाई डिजिटलाइज वा प्रविधि सम्पन्न बनाउने गरेको पाइन्छ । त्यस्तै यस्ता थुप्रै कष्तभक हरू जहाँहामीले राम्रा गुणस्तरीय पुस्तक तथा खोज अनुसन्धानका जानकारीहरूको अध्ययन गर्न सक्दछौँ । पुस्तकालयमा पाठकले चाहेको खण्डमा त्यहाँको सदस्यता प्राप्त गरी पुस्तकालयमा बसेर अध्ययन गर्न सक्ने व्यवस्था पनि रहेको छ । पुस्तकालयको नीति नियमहरू पुस्तकालयका प्रकार अनुसार फरक फरक हुने गर्दछ । अब पढ्नको लागि पुस्तक किन्न पैसा छैन भन्ने चिन्ता पनि हामीले गर्नुपर्दैन भन्ने विदेशमा भएका पुस्तकहरू हामीले अध्ययन गर्न सक्दैनौँ भन्ने पिर पनि मानिरहनु पर्दैन । प्रविधियुक्त पुस्तकालयले एउटा कोठाभित्र बसेर मोबाइल कम्प्युटरको सहायताले हामीले अध्ययन गर्न सक्दछौँ ।
पुस्तकलाई सम्हाल्ने सुरक्षित र व्यवस्थित गरी राख्न,े पुस्तकालयको रेखदेख गर्ने, पुस्तक लेनदेन गर्ने व्यक्तिलाई हामी पुस्तकालयकर्मी भन्ने बुझ्दछौँ। अरू पेसाजस्तै यो पनि पेसा नै हो । तर पुस्तकालयकर्मीहरूलाई मानिसहरूले हेर्ने दृष्टिकोण नकारात्मक रहेको छ । अन्य देशहरूमा पुस्तकालयकर्मीहरूलाई सम्मानजनक पेसा वा पेसाकर्मीको रूपमा हेरिन्छ भने नेपालमा आनन्दको, बसीबसी खाने, खाली पुस्तक लेनदेन गर्ने व्यक्ति हो भन्ने दृष्टिले हेरिन्छ । हरेक पेसाको आफ्नै मूल्यमान्यता हुन्छ । पुस्तकालय कर्मीहरूलाई किन नकारात्मक दृष्टिले हेरिन्छ । न्यूनतम काम गरेर समय कटाउने, पुस्तक लेनदेन गर्ने, यो गलत मानसिकता रहेको छ पुस्तकालयकर्मीप्रति । पुस्तकालयकर्मी त्यो हो जसले पुस्तकलाई व्यवस्थित र सुरक्षित राख्ने काम गर्दछ एउटा पुस्तकालयकर्मीलाई पुस्तकको गुणस्तरीयताबारे थाहा हुन्छ, जसले लेखकहरूलाई सुझाव दिन सक्दछन् विद्यार्थीहरूलाई समूहगतरुपमा प्रतिलिपि अधिकार बौद्धिक सम्पत्तिको अधिकार साइटेसन, सन्दर्भग्रन्थ सूची आदिबारे बुझाउन सक्दछ । नयाँ आएका प्रविधिहरूको जानकारी दिने पाठकहरूलाई पढ्नको लागि उचित स्थानको वातावरणको व्यवस्था गर्ने कार्य पनि पुस्तकालयकर्मीले नै गर्दछ । मनमोहन शर्माले आफ्नो लेख पुस्तक लेखन र प्रकाशनको गुणस्तरीयता र व्यावसायिक लाइब्रेरियनहरूको भूमिकामा लेख्नुहुन्छ, पुस्तक लेखन र प्रकाशनको गुणस्तरीयता अभिवृद्धिमा अरू पक्षको जिम्मेवारी मात्र होइन पुस्तकालय र त्यहाँ कार्यरत पुस्तकालयकर्मीहरूको पनि अहम् भूमिका रहेको हुन्छ । आफ्नो पाठकलाई दिशानिर्देश गर्नुका साथै पठन संस्कृतिको विकासको लागि उचित वातावरणको निर्माण गर्ने कार्य पनि पुस्तकालयकर्मीले गर्दछ । विश्वराज गौतमले पुस्तकालयलाई वृत्तिविकास र सीप विकासको केन्द्र हो भन्नुभएको छ ।
पुस्तकालयकर्मी कति व्यस्त हुने, पाठक कसरी बनाउने भन्ने विषयमा एक पुस्तकालयकर्मीको मात्र हात हुँदैन । पुस्तकालयमा पाठकको रूचिअनुसारका पुस्तकहरू पनि आवश्यक पर्दछ । संस्था वा विद्यालयको पुस्तकालयमा त्यहाँको पाठ्यक्रमबाहेकको पुस्तकहरू राख्नु हुँदैन, विद्यार्थीहरू बिग्रिन्छन् भन्ने जुन धारणा छ त्यो गलत छ । पुस्तक अध्ययनले मानिसको बौद्धिक, तार्किक क्षमतामा वृद्धि विकास गराउँदछ । पुस्तक अध्ययन गरेर मानिस बिग्रियो, नराम्रो भयो भने सायद हामी सुन्छौँ, यस्ता चिन्तनले पुस्तकालय समुन्नत बन्न सक्दैन पुस्तकालयकर्मीको पनि मनमा शान्ति मिल्दैन ।
हामीले पठन संस्कृतिको विकास गर्न र पुस्तकालयकर्मीप्रतिको धारणा फेर्न यस्तो पुस्तकालयको निर्माण गर्नुपर्दछ जहाँ पाठक पुगेपछि त्यहाँबाट बाहिर निस्किन मन नलागोस्, ज्ञानको खोजीमा तृप्त होस्, पुस्तकालयको संरचना मात्र राम्रो वा नाम मात्रको पुस्तकालय भएर पुग्दैन त्यहाँ अन्तरवस्तु गुणस्तरीय समय साक्षेप सामग्री आदि सबै होस् । नेपालका सामुदायिक पुस्तकालय १२०० भन्दा बढी रहेको तथ्याङ्क छ भने शैक्षिक निजी कति छन् त्यसको सङ्ख्या गनेर साध्य छैन । त्यसैले एउटा पुस्तकालय राम्रो तवरमा सञ्चालन गर्न थोरै पुस्तक र पुस्तकालयकर्मी मात्र भएर पुग्दैन । यसको लागि सम्बन्धित निकायहरूले हातेमालो गर्दै अगाडि बढे मात्र सम्भव हुन्छ । होइन भने पुस्तकालयकर्मीको दोष हो भन्दै पन्छिने र पुस्तकालयकर्मीलाई मात्र दोष दिइरहने हो भने पुस्तकालय उचित ढङ्गले चल्न सक्दैन । पाठक पुस्तकालयकर्मी त्यहाँ उपलब्ध सामग्रीहरूले निर्धारण गर्दछ, पुस्तकालयकर्मी एक्लैले होइन । त्यसैले सबैले एकअर्काको पेसाको इज्जत गर्न सिकौँ, होइन भने पुस्तकालयको महत्व जति छ, त्यतिकै त्यहाँ काम गर्ने पुस्तकालयकर्मीहरूको पनि छ । यदि पुस्तक, सामग्रीहरू छन् तर त्यसलाई व्यवस्थापन गर्ने व्यक्ति छैन भने पुस्तकालयको अवस्था कस्तो होला, सोचनीय छ । विदेशमा खोज अनुसन्धान बढेसँगै पठन संस्कृतिको विकास पनि भइरहेको छ र पठन संस्कृतिको विकाससँगै पुस्तकालयको महत्व झनै बढिरहेको छ ।
Leave a Reply