समाज सुधार माविको ५७ औँ स्थापना दिवस तथा छात्रवृति वितरण
- श्रावण ११, २०८३
भक्तपुर, १६ भदौ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछँे, भक्तपुरको धाँ बाजा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुर नगरको विकासमा पुर्खाको योगदानलाई बिर्सन नहुने भन्दै पुर्खाले सिर्जेको कला र सम्पदाहरूको महत्वबारे चर्चा गर्नुभयो । उहाँले भक्तपुर नगर एक ऐतिहासिक धार्मिक, सांस्कृतिक महत्व बोकेको नगरको रूपमा स्थापित रहेकोले उक्त कला, संस्कृति, मूर्त–अमूर्त सम्पदा तथा मातृभाषालाई जगेर्ना गर्दै पुस्तान्तरण गर्दै जानुपर्ने औँल्याउनुभयो । भक्तपुर नगरपालिकाले सांस्कृतिक क्षेत्रको उत्थानका लागि विभिन्न तालिम र प्रतियोगिताहरू सञ्चालन गर्दै आएकोले नगरलाई जीवन्त बनाउन मद्दत मिलेको उहाँले बताउनुभयो ।
नपाले समुदायमा रहेका मानिसहरूको जीवनस्तरलाई उत्थान गर्नको लागि विभिन्न तालिम, शैक्षिक ऋण, उद्यमशीलता ऋण, खेलकुद गतिविधि, पर्यटकीय गतिविधिलगायत विभिन्न कार्यहरू गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
भनपाका पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले संस्थाबाट सामाजिक क्रियाकलापअन्तर्गत सांस्कृतिक क्षेत्रको संवद्र्धनका अलावा नयाँ पुस्ता तयार गर्न टेवा पु¥याएकोमा संस्थालाई धन्यवाद प्रकट गर्नुभयो । नयाँ पुस्ताले इतिहासका विभिन्न घटनाक्रमहरूको बारेमा थाहा पाउनुपर्ने कुरा राख्दै उहाँले भक्तपुर नगर विकासको लागि पर्यटन शुल्क २०५० सालदेखि सुरु गरेको स्मरण गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेपाल मजदुर किसान पार्टी नेतृत्वको नगरपालिकाले पिछडिएका जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, व्यवस्थित बस्तीको आवास योजना, सांस्कृतिक एवम् खेलकुदलगायत विभिन्न क्षेत्रलाई महत्व दिई विकास निर्माणका कार्यहरू गर्दै आएको बताउनुभयो ।
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा नयाँ पुस्तालाई पुराना कला संस्कृतिको जगेर्ना गर्न सक्षम बनाउन संस्थाले आर्थिक कारोबारका साथै विभिन्न सांस्कृतिक एवम् सामाजिक क्रियाकलापमा पनि अग्रसर रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा सांस्कृतिक उप–समितिका संयोजक कमलश्वरी सुवाल र सचिव राजु छुकांले पनि बोल्नुभएको थियो ।
Leave a Reply