समाज सुधार माविको ५७ औँ स्थापना दिवस तथा छात्रवृति वितरण
- श्रावण ११, २०८३
भक्तपुर, १६ भदौ । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको सांस्कृतिक उपसमितिको आयोजनामा एकमहिने नाटक लेखन तथा अभिनय कला तालिम नाट्यकर्मी समाज नेपालको प्राविधिक सहयोगमा शनिबारदेखि सञ्चालन भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले प्रत्येक व्यक्तिले जीवनलाई सार्थक बनाउन आफ्नो प्राथमिक काम सँगसँगै विभिन्न सामाजिक गतिविधिहरूमा सक्रिय भई लागेमा आफ्नो व्यक्तित्व विकाससँगै समाजमा छुट्टै पहिचान बनाउन सफल हुने बताउनुभयो ।
उहाँले अरुको नक्कल गरेर होइन आफूभित्रको खुबीलाई चिनेर समाजमा प्रस्तुत गर्नसके समाजले सधैँ सम्झिरहने बताउनुभयो ।
कार्यक्रममा सांस्कृतिक उपसमितिका संयोजक एवं सञ्चालक सदस्य नारायणी खोंजुले भक्तपुर बचतले विभिन्न विषयमा जनशक्ति तयार गर्नुपर्छ भन्ने सोचका साथ यस वर्ष नाटक लेखन तथा अभिनय कला तालिमको थालनी गरेको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक लक्ष्मीप्रसाद चवालले तालिमसम्बन्धी विस्तृत जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा सांस्कृतिक उपसमितिका सदस्यद्वय प्रज्ज्वल प्रजापति र उज्वल ह्योङ्गोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply