समाज सुधार माविको ५७ औँ स्थापना दिवस तथा छात्रवृति वितरण
- श्रावण ११, २०८३
भक्तपुर, ११ साउन । नाट्यकर्मी समाज नेपालद्वारा आयोजित ११ दिने रामशेखरया ख्यालः ब्वज्या आस्था थियटर लिबालीमा तेस्रो दिन सोमबार पनि चालू रह्यो ।
स्टार वाचनालयले प्रस्तुत गरेको उक्त ख्यालको किशोर गोसाईले निर्देशन गर्नुभएको थियो भने सोको कला संयोजन विकास तमखुले गर्नुभएको थियो ।
प्रस्तुत ख्यालले तत्कालीन समाज र समयको भ्रष्टाचार, कालो बजारीकरण, घुसखोरी तथा कमिसनतन्त्रलाई उजागर गर्दै सामाजिक विकृति विसङ्गतिविरूद्ध व्यङ्ग्य गरिएको थियो ।
प्रहसनपछि आशाकाजी थकुले नेपालकै पहिलो ख्याल १२ बजे रहेको बताउँदै उक्त ख्याल निर्माणको पृष्ठभूमिबारे जानकारी दिनुभयो ।
प्रहसनपछि भक्तपुर नगरपालिका वडा नं ५ का योगेन्द्रमान बिजुक्छेँले तत्कालीन समाजको वास्तविक थिचोमिचोलाई चित्रण गरिएको बताउँदै नाटक तथा ख्याल पनि मानव सभ्यतासँगै विकास भएको बताउनुभयो ।
हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० वटा ख्याल प्रत्येक दिन एक÷एक मञ्चन भइरहेको छ ।
पहिलो दिन भक्तपुर साकोसको ‘खेल खत्तम’, दोस्रो दिन ख्वप कलेजको ‘छेरावती द्य ः’ तथा तेस्रो दिन स्टार वाचनालयको ‘१२ बजे’ नामक ख्याल प्रदर्शन गरिएको थियो । भोलि चौथो दिन बहुरङ्गी रंगकर्मी समूहको खुँयाता ज्वँ ज्वँ प्रदर्शन हुनेछ ।
Leave a Reply