विश्वभरका लाखौँ मानिससँगै म पनि स्पेनी बनेँ !
- श्रावण ५, २०८३
भक्तपुर, १० साउन । आधारभूत विद्यालय समितिको आयोजनामा जनसेवा आधारभूत विद्यालय, भक्तपुर नगरपालिका–४, मङ्गलाछेँमा ‘गणितीय सोच, समस्या समाधान हाम्रो लक्ष्य, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ गणितीय दौड प्रतियोगिता आइतबार सम्पन्न भयो ।
कार्यक्रम आधारभूत विद्यालय समितिका अध्यक्ष कृष्णगोपाल आचार्यको सभापतित्वमा भएको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो । सहभागी विद्यार्थीहरूले गणितीय ज्ञान, तार्किक सोच, छिटो निर्णय गर्ने क्षमता तथा समूहगत सहकार्य प्रदर्शन गर्दै स्वस्थ प्रतिस्पर्धामा सहभागी भएका थिए ।
प्रतियोगिताले विद्यार्थीहरूमा गणितप्रति रुचि अभिवृद्धि गर्नुका साथै समस्या समाधान गर्ने सीप, आत्मविश्वास र सिर्जनात्मक सोचको विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्यारी दुवालले बताउनुभयो ।
कार्यक्रमको सफलतामा सहयोग पु¥याउने सम्पूर्ण विद्यालय परिवार, शिक्षक, कर्मचारी, अभिभावक तथा सहभागी विद्यार्थीलाई धन्यवाद र विजयी विद्यार्थीलाई बधाई ज्ञापन गरिएको थियो ।
प्रतियोतिामा कक्षा १–३ को समूहमा छात्रतर्फ ज्ञान विजय आविका अरमान मिर्जा वेग प्रथम, सन्तति आविका सजाद प्वान द्वितीय, ब्रह्मायणी आविका सुजन थिङ तृतीय, बरदायणी आविका रचित धुख्वा र तारा माविका प्रित्तम यादव सान्त्वना भएका थिए । त्यसैगरी कक्षा १–३ को समूहमा छात्रातर्फ बरदायणी आविका युनिसा तामाङ प्रथम, तारा माविका सन्ध्याकुमारी शाह द्वितीय, नवीन आविका उक्सना खातुन तृतीय, महेन्द्र आविका सोना तामाङ र ज्ञान विजय आवि सनिसा रोकाया सान्त्वना भएका थिए । त्यसैगरी कक्षा ४–५ को समूहमा छात्रतर्फ ब्रह्मायणी आविका कुशल तामाङ प्रथम, तारा माविका मिङ्मा दोमार तामाङ द्वितीय, सन्तति आविका अमित रोकाया तृतीय, समाज सुधार माविका केदार वि.क. र गणेश माविका रिसभकुमार सिंह सान्त्वना भएका थिए ।
प्रतियोगितामा कक्षा ४–५ को समूहमा छात्रातर्फ भीम आदर्श आविका सञ्जनाकुमारी यादव प्रथम, जनसेवा आविका सोनिया तामाङ द्वितीय, ब्रह्मायणी आविका अनिसा ठाकुर तृतीय, तारा माविका रोजिना लामा र बरदायणी आविका रोहिसा देउला सान्त्वना भएका थिए । त्यसैगरी कक्षा ६–८ को समूहमा छात्रतर्फ सन्तति आविका संसार अधिकारी प्रथम, गणेश माविका अश्रफ मोहमद द्वितीय, भीम आदर्श आविका मनिक तामाङ तृतीय, ज्ञान विजय आविका सुम्बोगेव लिम्बु सान्त्वना भएका थिए । त्यसैगरी कक्षा ६–८ को समूहमा छात्रातर्फ गणेश माविका त्रिजा दुवाल महर्जन प्रथम, बाल सेवक आविका खुसी इङनाम द्वितीय, ज्ञान विजय आविका रोसनी चौधरी तृतीय, समाज सुधार माविका समृद्धि कपाली सान्त्वना भएका थिए ।
Leave a Reply