सर्वोच्चका ४ न्यायाधीशविरुद्ध महाअभियोगको चर्चा
- श्रावण ११, २०८३
भक्तपुर । नेपाल क्रान्तिकारी महिला सङ्घले स्थापना समयदेखि परम्परागतरूपमा चल्दै आएको विभिन्न चाडपर्व, जात्रा, मेला तथा सांस्कृतिक उत्सवलाई रचनात्मक उपयोग गर्दै आइरहेको छ । धार्मिक, सांस्कृतिक महत्व र पहिचान बोक्दै जनजीवनको दैनिकीसँगै अघि बढिरहेको जात्रापर्व, मेलापात, चाडवाड आदिलाई व्यवहारिक र वैज्ञानिक ढङ्गले व्याख्या गरी वर्षाैँदेखि कायम रहेका अन्धविश्वासलाई न्यूनीकरण गर्न सके समाजलाई अग्रगमनतर्फ अघि बढाउन सहयोग पुग्छ । अझ शैक्षिक तथा राजनीतिकरूपमा पछाडि परेका महिलाहरूलाई अघि बढाउन सके समाजको गतिलाई प्रगतिउन्मुख बनाउन टेवा पुग्छ । विभिन्न कारणले पछाडि परेका महिलाहरूको स्तर क्रमशः अघि बढ्दै गइरहेको छ । महिलाको जीवन र सोचमा आएको परिवर्तनका तथ्याङ्क यसका साक्षी हुन् ।
महिलालाई सम्पत्ति होइन, शिक्षा दिनुपर्छ । शैक्षिकरूपमा अगाडि बढेका महिलाहरू परिवर्तनका सच्चा संवाहक भएकाले समतामूलक समाज निर्माणका लागि गर्नुपर्ने सङ्घर्षका लागि वैचारिकरूपमा तयार गराउन क्रियाशील छ, नेक्रामसङ्घ । यही सङ्घको अगुवाइमा चाँगुनारायणमा तीज विशेष सांस्कृतिक कार्यक्रम र महिलाहरूको बृहत् भेला शनिबार भएको छ । राजनीतिक र प्रशासनिकरूपमा ९ वटा वडामा विभक्त चाँगुनारायणमा विभिन्न जातजाति, भाषा, धर्म र क्षेत्रका महिलाहरूको बसोबास रहेको छ । यही विविधतालाई मनन गरी र सांस्कृतिक पर्व तीजमा सबै जात, भाषा, क्षेत्र, धर्मका महिलाहरूलाई समावेश गराउन नेक्रामसङ्घले फरक अभ्यास गरेको छ । सङ्घले तीज पर्वको अवसरमा महिला भेला आयोजना गरी सांस्कृतिक अन्तरघुलनसहित तीजलाई ‘उन्नत’ बनाउने अभ्यास गरेको छ । चाँगुनारायण नगरपालिकाका प्रत्येक बस्तीमा विविध जाति, धर्म, संस्कृति, भाषाभाषीको अन्तरघुलन देखिन्छ । यही अन्तरघुलनलाई थप गाढा र राजनीतिकरूपमा परिपक्व बनाउन नेक्रामसङ्घले सांस्कृतिक पर्वको अवसरलाई छोपेको छ । यसले सामाजिक सम्बन्ध र सहकार्यलाई बलियो बनाउँछ ।
तर, विडम्बना ¤ पछिल्लो समय तीजमा विकृति भित्रिएको छ । तीजको अवसरमा गाइने गीत, नाचिने नृत्य अश्लील र छाडा, उच्छृङ्खल भएकोमा सबैतिर आलोचना भइरहेको छ । तीजको अवसरमा खाइने दर परम्पराको तालिकासमेत भत्किएको छ । यसैले तीजलाई प्रगतिशील तरिकाले उपयोग गर्न सकेमात्र यसमा भित्रिएका विकृतिलाई अन्त्य गर्न सकिन्छ । यसैको एउटा अभ्यास हो, शनिबारको तीज विशेष महिला भेला । जुन भेलामा देशको समसामयिक विषय, सांस्कृतिक विकृति, तिनै सांस्कृतिक विकृतिले समाज र महिलामा परेको असरबारे छलफल भयो† प्रशिक्षण भयो । तीजलाई विशुद्ध मनोरञ्जन दिने र मनोरञ्जन लिने पर्वमा सीमित गरिनु हुन्न । अनि, रमाइलोको नाममा समाज भाँड्ने, समाजलाई अराजक बनाउने क्रियाकलाप संस्कृतिको सुन्दरताभित्र पर्दैन । दर खाने नाममा समूह गठन गर्ने, विभिन्न तह र निकायमा बिन्ती चढाएर, धम्क्याएर, घुर्की देखाएर रकम सङ्कलन गर्ने, तीज विशेष कार्यक्रममा अतिथि, प्रमुख अतिथि बनाउने सर्तमा बजेट ल्याउने र कुनै पार्टी प्यालेसमा दर खाने कम, रक्सी, चुरोटलगायतका पेय पदार्थ बढी खाने–पिउने गतिविधिमा महिलालाई भुलाउने गरिएको देखिन्छ । नेक्रामसङ्घको उक्त भेलामा सहभागी महिलाहरूले गीत गाए । त्यो गीतमा के क्षेत्री, के बाहुन, के तामाङ, के दलित, के गुरूङ, के मगर, के नेवार ? सबैले साथ दिए । विद्यालयमा अध्ययन गरिरहेका छात्रा विद्यार्थीदेखि घरमा गृहिणी, सहकारी हाँकिरहेका सहकारीकर्मी, विद्यालयका शिक्षक, बैङ्कका कर्मचारी, टोल विकासका महिलामात्र नभई पालिकादेखि प्रदेशसम्म पुगेका महिलाहरूको सहभागिता रह्यो ।
संस्कृतिबिना कुनै पनि समाजको कल्पना गर्न सकिँदैन । अझ नेपालको सन्दर्भमा संस्कृतिलाई जीवन्त बनाउने भूमिकामा महिलाहरूको भूमिका अग्रस्थानमा छ । यो भूमिकामा रहेका महिलाहरूलाई कसले दिग्भ्रमित बनाउन खोज्दै छ ? यो सवाल सोचनीय छ । महिलाहरूको मनोविज्ञानलाई ‘क्यास’ गरी आधुनिकताको नाममा विकृतितर्फ उन्मुख गराउने कर्पाेरेट अभ्यासलाई नेक्रामसङ्घको त्यो प्रयास मार्गनिर्देशन दिने प्रयास होभन्दा फरक हुन्न । यसलाई निरन्तरता दिनुपर्छ ।
Leave a Reply