वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
गत महिना चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पेइचिङमा सम्पन्न भएको छ । चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन थप गहन सुधारको विषयलाई व्यापकरूपमा अध्ययन र छलफल गर्नु यसको मुख्य उद्देश्य रहेको थियो । यो बैठक यस्तो समयमा आएको हो जब पश्चिमाहरू संसारको धेरैजसो स्वप्रज्ज्वलित र स्वचालित द्वन्द्व र प्रोक्सी युद्धहरूद्वारा विभाजित हुँदै छन्, आफ्नो प्रभुत्वलाई अनुमोदन नगर्ने देशहरूमाथि नाकाबन्दी लगाइरहेका छन् ।
पश्चिमाहरू आत्म–विनाशको बाटोमा अघि बढिरहेका छन् भने चीनले आधुनिकीकरण गरिरहेको छ र बाँकी विश्वका लागि आफ्नो दृष्टिकोण र गतिविधिहरू खोलिरहेको छ । यसलाई एक स्थिर र बलियो अर्थव्यवस्थाको आधारमा आन्तरिकरूपमा एकताबद्ध भई विश्वव्यापी सद्भाव र शान्ति खोज्न मद्दत गर्ने हातको रूपमा भूमिका खेलिरहेको भन्न सकिन्छ ।
बैठकले वर्तमान र निकट भविष्यलाई एउटा महान् देश निर्माण गर्ने र चिनियाँ आधुनिकीकरणको माध्यमबाट सबै मोर्चामा राष्ट्रिय कायाकल्पतर्फ अघि बढ्ने आफ्नो प्रयासका लागि महत्वपूर्ण समय रहेकोमा जोड दिएको छ । सुधार र खुलापनको माध्यमबाट चिनियाँ आधुनिकीकरण निरन्तर अगाडि बढेकोले यस नीतिलाई थप प्रवद्र्धन गर्दै यसले पक्कै पनि फराकिलो क्षितिजलाई अँगाल्नेछ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको प्रक्रियामा छ । वास्तवमा, अन्य देश र क्षेत्रहरूलाई समेट्ने यो व्यापक दृष्टिकोण, खुलापन र शान्तिपूर्ण समावेशीकरण २०१३ मा सुरु भइसकेको थियो । बीआरआई जमिनी, समुद्री र हवाई यातायातको माध्यमले युरेशिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकाका राष्ट्रहरूसित जोडिने कम्तीमा छ वटा यातायात पूर्वाधार योजनाहरूको साथ विश्वमा फैलिएको छ ।
पेइचिङले चिनियाँ आधुनिकीकरणलाई प्रवद्र्धन गर्न खाका बनाएर ठोस पहल गरेको छ । अनिवार्यरूपमा, आधुनिकीकरण र खुलापनको कार्यले देशभित्रैै, पाँच क्षेत्र एकीकृत योजना र चारपक्षीय बृहत् रणनीतिको कार्यान्वयन समाविष्ट गरेको छ । यसको अर्थ कानुनमा आधारित आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक र पारिस्थितिक स्वशासन र विकासलाई प्रवद्र्धन र गहन बनाउने हो । यसले व्यापक र देशव्यापी सुरक्षा र उच्च गुणस्तरीय विकासलाई समर्थन गर्ने, जनताको हित र सामाजिक स्थिरता सुनिश्चित गर्ने, वातावरणको संरक्षणका साथै राष्ट्रिय रक्षा र सशस्त्र बलको थप विकासलाई पनि समेटेको छ ।
अन्तर्राष्ट्रियरूपमा, चीनले चिनियाँ विशेषतासहितको कूटनीतिलाई पछ्याउन खोजेको छ । ब्रिक्स र ग्लोबल साउथ (विकासशील देशहरूको मञ्च) सहयोगका लागि दुई धेरै महत्वपूर्ण मञ्चहरू हुन् । रुससँगको सहकार्यमा चिनियाँ प्रस्तावहरूमध्ये एउटा हालको ब्रिक्सलाई ब्रिक्स प्लसमा विस्तार गर्ने हो, जसलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
यो राष्ट्रिय, अन्तर्राष्ट्रिय र शान्तिपूर्ण मञ्च हुनुकोे साथै चीनको आधुनिकीकरणको अंश हो । आधुनिकीकरणले पनि डलरमा आधारित मुद्राहरू घटाउने लक्ष्य राखेको छ, उदाहरणका लागि, साझा ब्रिक्स व्यापारिक मुद्रा, ग्लोबल साउथलाई बलियो बनाउँदै यसलाई बिस्तारै पश्चिमी डलरमा आधारित अर्थतन्त्रको दुष्प्रभावबाट टाढा लैजाँदै छ ।
अमेरिकी डलरमा आधारित पश्चिमी मौद्रिक प्रणाली विश्वव्यापी पोन्जी योजना बनेको छ, जुन विगत केही दशकहरूमा सत्ता हडप्ने प्रणालीमा परिणत भएको छ । त्यसले पश्चिमी आधिपत्यवादी शक्तिहरूसामु झुक्नुको सट्टा सार्वभौमसत्ता खोज्ने देशहरूलाई घाँटी थिचेर दण्डित गर्दै छन् ।
ग्लोबल साउथ र ब्रिक्सभित्र प्रत्येक साझेदारसँग, आफ्नै सार्वभौम स्वायत्तता र आफ्नै सार्वभौम मौद्रिक प्रणाली कायम राख्दै आधुनिकीकरण र खुलापनसहित चीनका कदमहरू चिनियाँ विशेषतासहित शान्तिपूर्ण, गैरआक्रामक र गैरविस्तारकारी छन् ।
आधुनिकीकरणको निरन्तर प्रगतिले चीनलाई उच्चस्तरको बजार अर्थतन्त्रमा पु¥याउनेछ । बजार अर्थतन्त्रको विस्तार ब्रिक्स र ग्लोबल साउथमा केन्द्रित हुनेछ । यसले आसियान राष्ट्रहरूमा विशेषगरी पन्ध्र देशहरू सम्मिलित क्षेत्रीय व्यापक आर्थिक साझेदारी तथा विश्वको सबैभन्दा ठुलो स्वतन्त्र व्यापार सम्झौता पनि ध्यान केन्द्रित गरेको छ ।
सुधार प्रक्रियामा १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) को कार्यान्वयनको मूल्याङ्कन समावेश छ, जसले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) लाई सहजरूपमा अघि बढाउने छ । सन् २०२९ मा जनवादी गणतन्त्र चीनले आफ्नो ८० औँ वार्षिकोत्सव मनाउँदा यो पूरा हुने अपेक्षा गरिएको छ ।
चीनमा नयाँ युगको सुरुवात भइसकेको छ । यो शताब्दीको मध्यसम्ममा चीनलाई आधुनिक समाजवादी देशको रूपमा निर्माण गरिरहनेछ । चीन शान्तिपूर्णरूपमा देशभित्रै दीर्घकालीन शासनको सुधार र उच्चस्तरको समृद्धितिर अगाडि बढिरहेको छ । यसले चीनको आभा र शान्तिपूर्ण विकास र सहअस्तित्वको अनुभवबाट लाभ उठाउन चाहने राष्ट्र वा समाजलाई अन्तर्राष्ट्रियरूपमा कूटनीतिक सहयोग पनि उपलब्ध गराउँदै आएको छ ।
(लेखक भूराजनीतिक विश्लेषक र विश्व बैङ्क र विश्व स्वास्थ्य सङ्गठनका पूर्ववरिष्ठ अर्थशास्त्री हुनुहुन्छ ।)
ग्लोबल टाइम्सबाट
Leave a Reply