छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
- फाल्गुन २५, २०८२
संरा अमेरिकाले चीनलाई गलत ढङ्गले मात्र बुझ्दैन, बरु चीनको बारेमा गलत व्याख्या गर्छ र जनतामाझ गलत जानकारी पनि फैलाउँछ । संरा अमेरिकाले चीनलाई खतराको रूपमा हेर्छ तर जसरी भियतनाम, सिरिया वा अन्य कुनै देशमाथि संरा अमेरिकाले आक्रमण गरेको थियो, चीन अमेरिकी महादेशमा कसैको लागि कहिल्यै खतरा बनेको छैन । जबसम्म हामी कथित ‘चीनको खतरा’ लाई अमेरिकी प्रभुत्वको लागि हो भनेर विचार गर्दैनौँ, हामी सही निष्कर्षमा पुग्न सक्दैनौँ । संरा अमेरिका सधैँ अन्य देशविरुद्ध धम्की प्रयोग गर्छ, किनकि यसको सैन्य कम्प्लेक्स (हतियार उद्योगहरू) युद्धको धम्कीले मात्र फस्टाउँछ । बलियो रहनको लागि नयाँ नयाँ हतियार चाहिन्छ र सधैँ बलियोबाट खतरा हुन आवश्यक छ । सबैलाई ‘गलत’ जानकारी नहोस् भन्ने सुनिश्चित गर्न संरा अमेरिकाले विभिन्न रणनीतिहरू प्रयोग गर्छ । यस्तो धूर्ततामार्फत गरिन्छ तर एक सुसूचित पर्यवेक्षकको निम्ति यो बुझ्न कठिन छैन ।
झूट
१९७० को दशकमा, जब अमेरिकी राष्ट्रपतिहरू निक्सन, कार्टर र रेगन सबै चीनको पक्षमा थिए, त्यहाँ कुनै खतरा थिएन । यी तीनै राष्ट्रपतिहरूले ताइवान चीनको हिस्सा हो भनी स्वीकार गरेको रेकर्डमा छन् । संयुक्त राष्ट्र सङ्घले जस्तै संरा अमेरिकाले अझै पनि ताइवान चीनको हिस्सा हो भनी स्वीकार गर्छ र अझै पनि, यदि हामीले पश्चिमबाट आएका धेरै रिपोर्टहरू पढ्छौँ भने, हामी ‘ताइवान, जसलाई चीनले आफ्नो दाबी गर्छ’ जस्ता शब्दहरू प्रयोग गरिएको देख्छौँ । अमेरिकी मिडियाले जानाजानी जनतालाई चीन आक्रमणकारी हो भनी भ्रममा पार्छ, किनकि यसले जनसाधारणले ऐतिहासिक तथ्यहरू जाँच्न समय लिने छैनन् भन्ने धारणा राख्छ ।
गलत जानकारी
केही वर्षपहिले अमेरिकी अखबारका मुख्य समाचारका शीर्षकहरू थिए, “चीन नरसंहारको दोषी, उइगुरहरूविरुद्ध मानवताविरुद्धको चीनको अपराध ।” संरा अमेरिकामा त्यो पढ्ने जो कोहीले पनि त्यस्ता अपराधहरूबाट बन्द हुनुपर्छ भनेका छन् तर ती समाचारको एक शब्द पनि सत्य साबित भएको छैन ।
तिनीहरूले कसरी गरे यो धेरै धूर्तता मात्र थियो र यस्तो गर्न धेरै मानिसहरूलाई यस काममा लगाए । एक न्यायाधीकरण स्थापना गरियो र यूएस नेसनल एन्डोमेन्ट फर डेमोक्रेसी (NED) द्वारा भुक्तानी गरियो । त्यो कानुनी अदालत थिएन । जसले ती झूटा कथाहरू सुने, जसलाई पश्चिमा देशमा बसिरहेका मानिसहरूलाई नै साक्षी प्रमाणको रूपमा वर्णन गरिएको थियो । त्यस न्यायाधीकरणले सिन्चियाङमा कसैबाट कुनै प्रमाण बुझेको थिएन । तिनीहरूले चिनियाँ सरकारबाट आएको सार्वजनिक मञ्चहरूमा कुनै पनि जानकारी स्वीकार गर्न असफल भए र तिनीहरूले चिनियाँ सरकारलाई कुनै पनि उपलब्ध गराउने मौका दिएनन् ।
छनोट गरिएको मोडालिटी
अमेरिकी मिडियाले चीनविरुद्ध आधारहीन आरोप लगाउन ‘गर्न सक्छ’ वा ‘हुन सक्छ’ जस्ता क्रियाहरू प्रयोग गरेका छन् । तर, यदि आरोपहरूलाई प्रमाणको रूपमा व्यवहार गरियो र कानुनीरूपमा स्वीकार गरिएको मापदण्डमा अदालतमा परीक्षण गरियो भने, यो तुरुन्तै पत्ता लाग्नेछ कि तिनीहरू सत्य होइनन् । शब्दहरूको यो जानाजानी प्रयोग मानिसहरूलाई केही भइरहेको छ भनी सोच्नको लागि बाध्य पार्ने एक चतुर तरिका हो । यसले लेखक र प्रकाशनका लागि कानुनी सुरक्षा पनि प्रदान गर्दछ किनभने उनीहरूले कहिल्यै केही भइरहेका छन् भनेर भनेनन्, केबल यो भइरहेको हुनसक्छ भनिएको छ ।
तथ्यहरूको बहिष्कार
धेरै अमेरिकीहरूलाई थाहा छैन कि संयुक्त राष्ट्र सङ्घले यस वर्षको सुरुमा सिनचियाङमा एक विशेष प्रतिवेदक (¥यापोर्टर) पठाएको थियो र ती ¥यापोर्टरले त्यहाँ मानवताविरुद्धको कुनै अपराध नभएको पत्ता लगाएको थियो । त्यहाँ नरसंहारको कुनै प्रमाण थिएन । बरु सम्भावित अपराधको लागि दोषी एकमात्र राष्ट्र संरा अमेरिका थियो । उल्टो अमेरिकी अवैध प्रतिबन्धले उइगुर जनताको मानव अधिकारलाई असर गरिरहेको छ । जब ती सही जानकारी वासिङ्गटनले सिर्जेका कथामा फिट हुँदैन, त्यसलाई पश्चिमी मिडियाहरूले पूर्णरूपमा बहिष्कार गरिदिन्छन् ।
अपमान
अमेरिकीहरूले प्रत्येक चार वर्षमा राष्ट्रपतिको लागि मतदान गर्नु लोकतन्त्रको रूपमा बुझ्छन् र त्यसैलाई यस विश्वका सबैले अनुकरण गर्नुपर्छ भन्ने ठान्छन् । प्रत्येक वर्ष पेइचिङमा हुने दुईवटा सदनका सत्रहरूमा जमिनमा आधारित प्रजातन्त्र अपनाउने चीनको दृष्टिकोण एकदमै फरक छ । पश्चिमा मिडियाहरूले प्रत्येक वर्ष चीनको सबैभन्दा महत्वपूर्ण सदनका बैठकहरूलाई ‘रबर स्ट्याम्प संसद्’ को रूपमा वर्णन गर्छन् । उनीहरू चीनका राष्ट्रिय जनकाङ्ग्रेससित दाँत छैन, काम गर्न असमर्थ छ र यसलाई गम्भीरतापूर्वक लिनु हुँदैन भनी प्रचार गर्छन् । उनीहरूले चीनमा जनप्रतिनिधिहरू कसरी पदहरूमा निर्वाचित हुन्छन्, तिनीहरूले कसरी काम गर्छन् र निर्णय गर्नुअगाडि छलफल, बहस, चुनौती, संशोधन र त्यसपछि मतदानको लागि प्रस्तुत गरिन्छन् भनी उल्लेख गर्नसम्म पनि सकेका छैनन् ।
त्यहाँ पक्कै पनि चीनलाई बदनाम गर्ने अन्य विधिहरू छन्, उदाहरणको लागि गलत व्याख्या गरेर शीर्षकको रूपमा प्रश्नहरू प्रयोग गरेर संरा अमेरिकाले धेरै धूर्ततापूर्ण चालहरू प्रयोग गर्दछ र दुर्भाग्यपूर्ण तवरमा बहुमत जनतालाई मूर्ख बनाउँछ ।
(लेखक एक बेलायती–अष्ट्रेलियाली स्वतन्त्र लेखक हुनुहुन्छ । उहाँले चीनमा क्रस कल्चरल चेन्ज म्यानेजमेन्टको अध्ययन गर्नुभएको छ र लगभग दुई दशक लामो समय यात्रा गर्दै विभिन्न देशमा बसोबास गर्नुभएको छ ।)
– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply