भर्खरै :

सत्तरी वर्षमा तिब्बतको यातायातको विकास

सत्तरी वर्षमा तिब्बतको यातायातको विकास

सत्तरी वर्षअघि ४,३६० किलोमिटर लामो स छ्वान–तिब्बत र छिङहाइ–तिब्बत राजमार्गले इतिहास र भविष्य पार गरेर एकै समयमा ल्हासासम्म सञ्चालित भएको छ । १ लाख १० हजार तिब्बती र हान जातीय निर्माणकर्ताले समुद्री सतहबाट सरदर ४ हजार मिटरको उचाइमा रहेको ‘संसारको छाना’ मा विश्व राजमार्ग निर्माणको इतिहासको अमर चमत्कारको सिर्जना गरेका थिए ।
तिब्बत प्राचीन कालदेखि चीनको अविच्छिन्न भाग हो । इतिहासमा तिब्बत र चीनका अरू विभागबिचको आर्थिक, राजनीतिक र सांस्कृतिक आदानप्रदानमा यातायात जहिले पनि महत्वपूर्ण पूर्व–आवश्यकता हो ।
‘तिब्बत स्वायत्त प्रदेशको इतिहासअन्तर्गत राजमार्गलगायत यातायात रेकर्ड’ खोलेर यसरी लेखिएको छ ।
थाङ राजवंशमा राजकुमारी वनछङ र राजकुमारी चिनछङ तिब्बतमा विवाह गरेका थिए । जसले प्राचीन तिब्बतसम्म मार्गको निर्माण गर्न आवश्यक पूर्वसर्त तयार गरेको थियो ।
युआन राजवंशमा तत्कालीन केन्द्रीय सरकारले प्रशासन विभागको स्थापना गरेर औपचारिकरूपमा तिब्बतलाई केन्द्रीय प्रशासनिक क्षेत्राधिकारअन्तर्गत ल्याएको थियो । तिब्बतमा प्रवेश गर्ने तीन मुख्य मार्गले ल्हासा र मुख्य भूमिको आदानप्रदान जोडेका थिए ।
छिङ राजवंशमा तिब्बतमा तैनाथ अधिकारीले खाङतिङबाट च्याङच हुँदा यातुङसम्म मार्गको निर्माण गर्ने योजना बनाएका थिए । त्यसपछि उनले ल्हासाबाट छङतुसम्म मार्गको योजना पनि प्रस्तुत गरेका थिए । उक्त योजनामा मार्गको चौडाइ दुईवटा गोरू गाडा चल्न सक्ने ठोस विषय उल्लेख गरिएको थियो ।
सन् १९३५ नवौँ पञ्चेन लामाले तिब्बतको यातायातको निर्माण प्रस्तुत गरेका थिए । तत्कालीन कोमिङताङ सरकारले ‘तिब्बतको निर्माणसम्बन्धी प्रारम्भिक योजना’ बनाएको थियो । उक्त योजनाले तिब्बतको निर्माण गर्न सर्वप्रथम यातायात र शिक्षाको विकास गर्नुपर्ने विचार प्रकट गरेको थियो ।
यद्यपि, प्राचीनकाल धेरैजनाले मार्गको निमाण प्रस्तुत गरे तापनि विविध सीमित कारणले भित्री भूमि र तिब्बत जोड्ने सडक अझै जादुई र कठिन प्राचीन चिया घोडा मार्ग थियो । अस्तव्यस्त सडकले तिब्बत र भित्री भूमिको सम्पर्कलाई कठिन बनाउनुका साथै तिब्बतको विकासलाई पनि सीमित गरेको थियो । शान्तिपूर्ण मुक्तिअघि दीर्घकालमा तिब्बतको अर्थतन्त्र स्थिर, सबै उद्योग कमजोर र मानिसको जीवनस्तर ज्यादै गम्भीर रहेको थियो ।


जन गणतन्त्र चीनको स्थापनापछि देशको एकता, जातीय एकता र दक्षिण–पश्चिमी भागको निर्माण गर्नका लागि केन्द्रीय सरकारले तिब्बतको मुक्त गर्ने आदेश गरेको छ ।
नयाँ चीनको स्थापनापछि, विशेषगरी तिब्बतको मुक्तपछि तिब्बतको यातायातमा कुनै परिवर्तन छ कि ? यी परिवर्तन कसरी व्यवहारमा उतारिएको थियो ?
तर, तिब्बत जाने मार्गको निर्माण गर्न आकाशमा आरोहण गरेजस्तै निकै गाह्रो छ । नयाँ चीनको स्थापनाअघि सछ्वान प्रान्तीय याआन क्षेत्र वा हिङहाइ प्रान्तीय सीनिङ क्षेत्रबाट तिब्बतसम्म आवतजावत गर्न एक वर्ष लाग्ने गथ्र्याे ।
यद्यपि, विविध कठिनाइ भए तापनि राष्ट्रिय मुक्ति र पुनउत्थान गर्ने यात्रामा चिनियाँ कम्युनिस्टहरूले हिमाली पठारभूमिमा बस्ने तिब्बतीहरूलाई कहिल्यै बिर्सेका थिएनन् । सन् १९५० को अप्रिलमा खाङ–चाङ राजमार्गको निर्माण याआन क्षेत्रमा सुरु भयो । यो राजमार्ग सन् १९५५ देखि छ्वान–चाङ अर्थात् सछ्वान–तिब्बत राजमार्ग पुनः नामकरण गरिएको थियो । सन् १९५४ को मे महिनामा छिङहाइ–तिब्बत राजमार्गको निर्माण सुरू भएको थियो । निर्माणकर्ताहरूले सरदर उचाइ ४००० मिटर भएको पठारभूमिमा कडा जाडो, हाइपोक्सिया, उचाइ बिमारी आदि कठिनाइको सामना गरी हथौडा, पिकेक्स, बेल्चालगायत अल्पविकसित उपकरणमार्फत निर्माणको यात्रा सुरु गरेका थिए ।
सन् १९५४ को डिसेम्बर २५ का दिन सछ्वान–तिब्बत राजमार्ग र छिङहाइ–तिब्बत राजमार्ग सञ्चालनमा आयो । यी दुइटा राजमार्गले मातृभूमिका दुइटा हातजस्तै तिब्बतलाई अङ्कमाल गरेका छन् । पोताला दरबारअगाडि विभिन्न जातिका हजार–हजारौँ देशबन्धुहरूले नाचगान गर्दै सेतो खादाले सडक निर्माणकर्ताहरूलाई स्वागत गर्न प्रतिस्पर्धा गरेका थिए ।
चिल पर्वतमाथि उडेको र घोडाले खाडल पारेजस्तै यी दुइटा राजमार्गले तिब्बती बसोबास क्षेत्रका सर्वसाधारणलाई सुखमय जीवनतिर ढोका खुलेका छन् । प्रत्येक वर्ष भित्री भूमिले ठूलो मात्राका अन्न, बीउ, रासायनिक मल, कृषि उपकरण, औद्योगिक उपकरण, दैनिक आवश्यकता, चिकित्सा उपकरण, पुस्तक, कागज, सांस्कृतिक सामग्रीहरू तिब्बतमा ओसारपसार गर्दछ ।
हालसम्म यी दुइटा राजमार्ग तिब्बतमा प्रवेश गर्ने वा बाहिर जाने ९० प्रतिशतभन्दा बढी मालवाहक कार्य गरिरहेका छन् । तिब्बतका लागि मुख्य परियोजना र सहायता निर्माण परियोजना, भूकम्पको विरोध तथा उद्धार, छिङहाइ–तिब्बत रेलवेको निर्माण आदिमा आवश्यक सबै ठुला उपकरणहरू राजमार्गबाट तिब्बतमा पठाइएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *