भर्खरै :

सबैका लागि समृद्धि

सबैका लागि समृद्धि

जनताको खाद्यान्न र आश्रयका आधारभूत आवश्यकताहरू पूरा गर्दै, निरपेक्ष गरिबीको उन्मूलन र मध्यम समृद्धि हासिल गरी चीनले आफ्नो अर्को लक्ष्यतर्फ काम गरिरहेको छ । साझा समृद्धि भनिन्छ, यसले जैतूनको आकारको समाजको परिकल्पना गर्दछ जहाँ मध्यम आय कमाउनेहरू चीनको जनसङ्ख्याको सबैभन्दा ठुलो अनुपात रहेको छ र २१ औँ शताब्दीको मध्यमा साकार पार्न योजना गरिएको छ ।
पेइचिङ रिभ्युसँगको भर्खरैको अन्तर्वार्तामा पेइचिङ सामान्य विश्वविद्यालयका सामाजिक नीति र विकासका प्राध्यापक रोबर्ट वाकरले यस लक्ष्यको ऐतिहासिक, वर्तमान र भविष्यको महत्वमा आफ्ना अवलोकनहरू साझा गर्नुभएको छ । वाकर अक्सफोर्ड विश्वविद्यालयको ग्रीन टेम्पलटन कलेजका प्रोफेसर एमेरिटस पनि हुनुहुन्छ । आफ्नो कर्मयात्रामा उहाँले गरिबी निवारण र सामाजिक सुरक्षामा २० भन्दा बढी पुस्तकहरू लेख्नुभएको छ । प्रस्तुत छ, उहाँसितको अन्तर्वार्ताको सम्पादित अंश ः

पेइचिङ रिभ्यु : चीनको साझा समृद्धिको अवधारणाबारे तपाईँ के सोच्नुहुन्छ ?
रोबर्ट वाकर : यो एउटा सपना हो, एउटा आकाङ्क्षा हो, जुन वास्तविकतामा परिणत हुनुपर्छ । यसले सबैको लागि राम्रो जीवन, उत्तम सम्भव जीवनको प्रतिनिधित्व गर्दछ । यसले सरकारलाई लक्ष्य दिन्छ । यसले चिनियाँ क्रान्ति र सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनालाई औचित्य पुष्टि गर्छ ।
मलाई लाग्छ कि यो शब्द पहिलोपटक १९५३ मा पिपुल्स डेलीमा प्रयोग भएको थियो र यो साँच्चै सपना थियो । त्यतिबेला चीनमा ८७ प्रतिशत जनता गरिब थिए, सामूहिकीकरणको सन्दर्भमा साझा समृद्धिको कुरा गर्दै यो कुरा अगाडि ल्याइएको थियो । तपाईँ कन्फ्युसियसको महान् एकताको विचार र सद्भावको आकाङ्क्षाविरुद्ध काम गर्ने समाजको लागि ठुलो असमानता एक समस्या हो भन्ने अनुभूतिमा धेरै समय फर्कन सक्नुहुन्छ ।
चिनियाँ नेता देङ सियाओपिङले साझा समृद्धि समाजवादको लक्ष्य भएको देख्नुभयो । उहाँको विचार थियो कि केही मानिसहरू पहिले धनी हुन सक्षम हुन सक्छन्, तर यो अन्य मानिसहरूले पछ्याउने सन्दर्भमा थियो । त्यसैले, साझा समृद्धिलाई ठ्याक्कै परिभाषित गरिएको छैन । यो व्याख्याको निम्ति खुला छ ।
साझा समृद्धि शब्दलाई सरकारका सबै तहमा व्याख्या र पुनः व्याख्या गरिएको छ तर सम्भवतः सबैभन्दा राम्रो विचार राष्ट्रपति सी चिनफिङले दिनुभएको छ । उहाँले सुझाउनुभएको छ कि हामीले जैतुनको आकारको समाजमा रूपान्तरण गर्न आवश्यक छ । त्यसको अर्थ यहाँ थोरै धनी र धेरै थोरै गरिब हुनेछन् र अरू सबै बिचमा कतै हुनेछन्, साझा समृद्धिको साझा जीवनको आनन्द लिनेछन् ।

पेइचिङ रिभ्यु : तपाईँको विचारमा साझा समृद्धि हासिल गर्न चीन अहिले कहाँ छ ? यसले के हासिल गरेको छ र अझै के लक्ष्यहरू पछ्याउँदै छ ?
रोबर्ट वाकर : साझा समृद्धि हासिल गर्न चीन अझै धेरै टाढा छ । सरकारले सन् २०३५ सम्ममा उल्लेख्य प्रगति देख्ने अपेक्षा राखेको छ, जहाँसम्म चीनका सबैले आधारभूत सार्वजनिक सेवामा पहुँच पाउनेछन् र सन् २०५० सम्ममा साझा समृद्धि मान्यता प्राप्त हुने आशा छ । तर, त्यो अन्त्य भने हुनेछैन । साझा समृद्धि भनेको सोच्ने तरिका हो, जीवन जिउने तरिका हो । यसको अर्थ आफ्नो लागि राम्रो गर्नु हो तर अरूको लागि बढी प्राथमिकता दिनु हो ।
तर, यहाँ (चीनमा) धेरै प्रगति भएको छ, धेरै नै । १९५० को दशकको बारेमा सोच्दा त्यतिबेला ग्रामीण चीनमा बसोबास गर्ने अधिकांश मानिसहरू गरिब थिए । २०२० मा निकै राम्रो पक्ष भनेको चीनमा गरिबी उन्मूलन गर्न सफल भयो । चीनमा आम्दानीको बाँडफाँड अझै पनि पिरामिडको आकार जस्तो देखिन सक्छ, तर विश्व बैङ्कले हामीलाई पछिल्लो आठ वर्षमा साझा समृद्धि भन्ने दिशामा उल्लेख्य प्रगति भएको बताउँछ । अति विकसित देशहरूमध्ये सबैभन्दा असमान राष्ट्र संरा अमेरिका पछाडि परिरहेको छ ।

पेइचिङ रिभ्यु : साझा समृद्धि हासिल गर्न सहज हुने मुख्य प्रणाली, कार्यक्रम, नीति र संस्थाहरू के के हुन् ?
रोबर्ट वाकर : सबै चिनियाँ नागरिकले जस्तै साझा समृद्धि हासिल गर्न सबै नीतिको भूमिका हुन्छ । राष्ट्रपति सीले चीनले अपनाउनुपर्ने नीतिका धेरै पक्ष पहिचान गर्नुभएको छ । सबैभन्दा पहिले, ग्रामीण क्षेत्रको पुनरुत्थानलाई प्रवद्र्धन गर्न र द्रुत कार्बन पोस्ट–कार्बन अर्थतन्त्रतर्फ अघि बढ्न रणनीतिक लगानीको भूमिका छ, जहाँ यसले कृत्रिम बुद्धिमत्ताको उपयोग गर्न सक्छ र भविष्यका लागि समाधानमा लगानी गर्न सक्छ । चीनले उच्च प्रविधिलाई अँगाल्नका लागि श्रमशक्तिलाई बढावा दिन र मानिसहरूले कम ज्याला पाउने ठुलो अनौपचारिक श्रम बजार क्षेत्रबाट टाढा जान सक्ने गरी मानव पुँजीको विकासमा लगानी गर्नेबारे पनि उहाँ कुरा गर्नुहुन्छ । यो लक्ष्य हासिल गर्न चीनले बजार आम्दानी बढाउन सक्षम हुनुपर्छ, जसले यसलाई थप रणनीतिक लगानीको सुविधाका लागि कर बढाउन सक्षम बनाउनेछ ताकि यसले सामाजिक सुरक्षा र सामाजिक सुरक्षामा सुधार गर्न सकोस् । विशेषगरी ग्रामीण क्षेत्रहरूमा प्रवासी कामदारहरूको लागि सामाजिक बीमा बढाउनुपर्छ र थप प्रभावकारी स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरू प्रदान गर्नुपर्छ ।
झेचियाङ प्रान्तमा साझा समृद्धिको नमुना परियोजना छ, एक प्रदर्शन क्षेत्र र त्यहाँ तिनीहरू फेरि तीनवटा अगाडिको बाटा, भविष्यका तीन बाटोहरूबारे सोच्छन् । उदाहरणको लागि पहिलो भनेको बहुसङ्ख्यक जनसङ्ख्याको व्यक्तिगत आम्दानी, राम्रो न्यूनतम पारिश्रमिक र बिदाको तलब वृद्धि गर्न खोजिरहेको छ । दोस्रो भनेको थप बलियो सुरक्षा सञ्जाल विकास गर्न सरकारी राजस्वको उत्तम उपयोग गर्नु हो । तेस्रो बाटो भनेको उच्च आय भएका समूह र उद्यमीहरूलाई समाजलाई सामाजिक उत्तरदायित्व चुक्ता गर्न, बढ्दो सम्पत्ति बाँड्न प्रोत्साहित गर्नु हो । तर, त्यो सामाजिक उत्तरदायित्व, मेरो विचारमा, अति धनीहरूको लागि मात्र होइन । यदि हामीले कम पारिश्रमिकयुक्त सस्तो श्रमबाट छुटकारा पाउने हो भने हामीले धेरै सामाजिक उत्तरदायित्वको मूल्य तिर्नुपर्ने हुन्छ । उदाहरणका लागि हामीले पेइचिङ र अन्य चिनियाँ सहरहरूलाई बस्नको लागि उत्कृष्ट ठाउँहरू बनाउने अद्भूत पार्क र बगैँचाहरूको आनन्द लिनको लागि थप पैसा तिर्नुपर्ने हुन्छ ।

पेइचिङ रिभ्यु : साझा समृद्धिको खोज चिनियाँ आधुनिकीकरण र बेल्ट एन्ड रोड इनिसिएटिभजस्ता अन्य चिनियाँ पहलहरूसँग कसरी मेल खान्छ ?
रोबर्ट वाकर : २०२३ मा एक भाषणमा राष्ट्रपति सीले साझा समृद्धि चिनियाँ आधुनिकीकरणको अद्वितीय घटक हो भनी सुझाव दिनुभयो । अर्को शब्दमा भन्नुपर्दा आधुनिकीकरण गर्न तपाईँले पश्चिमीकरण गर्नुपर्दैन ।
अर्को तर्क सीधा र स्पष्ट छ । एक विशेष देशमा अवस्थित गरिबीबारे सोचौँ । यो प्राथमिक आयको अनुचित वितरणको कारण विद्यमान छ । अर्को शब्दमा भन्नुपर्दा, कतिपय कामको ज्याला धेरै उच्च छन् र अरू धेरै काममा कम छन्, तर दोस्रो कारक यो हो कि करमार्फत त्यो आयको पुनर्वितरण पनि विश्वव्यापीरूपमा अनुचित छ ।
गरिबी निवारण वा देशको विकासको कमी विश्वव्यापीरूपमा बजार आयको अनुचित वितरणको परिणाम हो र तथ्य यो हो कि अन्य संयन्त्रहरूद्वारा अनुचित वितरणबाट समायोजन हुँदैन । बेल्ट एन्ड रोड इनिसिएटिभ भनेको अर्थतन्त्रको विकास, ज्याला र आम्दानी बढ्न सक्ने गरी पूर्वाधारमा ठुलो लगानी गरेर प्राथमिक वितरणलाई अझ सहज बनाउन प्रयास गर्ने एउटा उदाहरण हो ।
विश्वव्यापी आयको पुनर्वितरणको सन्दर्भमा हामीलाई शासनको नयाँ रूप चाहिन्छ । फेरि राष्ट्रपति सी त्यसका लागि के हुनुपर्छ भन्ने सोच्नका लागि तत्पर हुनुहुन्छ, सबै मानवजातिको साझा भविष्यको बारेमा कुरा गर्दै त्यसलाई सम्भव बनाउने समुदाय निर्माण गर्न लागिरहनुभएको छ । तर, त्यसो गर्नको लागि हामीले अन्तर्राष्ट्रिय शासनको नयाँ मोडेल, लोकतान्त्रिक मोडेल बनाउनुपर्छ जसमा अन्तर्राष्ट्रिय नियमहरू सबैले लेखेका हुन्छन्, विश्वव्यापी मामिलाहरू सबैले शासित हुन्छन् र त्यस विकासको फल सबैले साझा गर्छन् । त्यसैले यो विश्वव्यापीरूपमा साझा समृद्धिको रूप हो ।

पेइचिङ रिभ्यु : साझा समृद्धिको खोजीलाई चीनले विश्वभरका अन्य सामाजिक नीति कार्यक्रमहरूसँग कसरी तुलना गर्छ ?
रोबर्ट वाकर : चीनको साझा समृद्धिको खोजमा अन्यत्रको सामाजिक नीतिभन्दा बृहत्, राम्रो र सफल हुने सम्भावना छ । उदाहरणका लागि संयुक्त राज्य अमेरिका वा संयुक्त अधिराज्य (बेलायत) मा भएकाहरूलाई लिऔँ, तिनीहरू गरिबीको उन्मूलनमा केन्द्रित छन्, तर तिनीहरू अन्ततः विभाजनकारी छन् । गरिबीको अनुभव गर्नेहरूलाई अल्छी भनिन्छ, तर तिनीहरू सामान्यतया अल्छी हुँदैनन् । योमात्र हो कि जो धनी छन् तिनीहरूले पर्याप्त वास्ता गर्दैनन् । महाद्विपीय युरोपका देशहरूले सरकार, व्यवसाय र कामदारबिचको साझेदारीलाई जोड दिन्छन् । त्यो धेरै राम्रो छ, तर यो संयुक्त राज्य अमेरिका र बेलायतमा सरकारको लागि एक सानो भूमिकासँग प्रावधानहरूको दिशामा तीव्ररूपमा सरिरहेको छ । स्क्यान्डिनेभियाका देशहरू धनी छन् र त्यहाँको सरकारले रोजगारी सिर्जना गर्नमा ठुलो भूमिका खेलेको छ र उनीहरू यति धनी हुनुको एउटा कारण यही हो ।
चीनमा सरकारको ठुलो भूमिका छ तर चीनले समाजका सबै अङ्गलाई परिचालन गर्न सक्षम रहेको पनि देखाएको छ । गरिबीविरुद्धको लडाइँको बारेमा सोचौँ, ग्रामीण गरिबीको उन्मूलन जहाँ चीनको पूर्वमा धनी सहरहरूले गरिब प्रान्त र पश्चिमका काउन्टीहरूलाई सहयोग र समर्थन गरेका छन् र कसरी ठुला व्यवसायहरूले साना, गरिब, कम विकसित ठाउँहरूमा स्टार्टअप उद्योगहरूमा लगानी गरेका छन् । त्यो परिचालन केन्द्रमा छ र साझा समृद्धिको लक्ष्य हासिल गर्न त्यो परिचालन आवश्यक छ । साझा समृद्धि भनेको व्यक्तिगत उन्नति मात्र होइन, व्यक्तिहरू धनी हुँदै जानु हो । यो सबैजना सँगै धनी हुनु र सबैको लागि उत्तम सम्भव जीवन सिर्जना गर्न बुद्धिमानीपूर्वक त्यो पैसा खर्च गर्नेबारे हो ।

– पेइचिङ रिभ्युबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *