भर्खरै :

ख्वप साकोसमा Ai Tools तालिम सम्पन्न

ख्वप साकोसमा Ai Tools तालिम सम्पन्न

भक्तपुर, २ जेठ । ख्वप बचत तथा ऋण सहकारी सस्था लि. शिक्षा उपसमितिको आयोजनामा शनिबार ब्यासीमा Ai tools को व्यवहारिक ज्ञान तथा सीप विकाससम्बन्धी शैक्षिक तालिम सम्पन्न भयो ।
तालिममा Ai Tools को प्रयोगात्मक अभ्यास content लेखन image video लेखनमा Ai को प्रयोग, Social media management अभ्याससम्बन्धी तालिम प्रशिक्षक श्रीराम कासिछवाले दिनुभएको थियो ।
परिचयात्मक कार्यक्रममा अतिथि गणेशप्रसाद सुवालले नयाँ पुस्ताले विश्व इतिहास र राजनैतिक इतिहासबारे जानकारी राख्न आवश्यक छ भन्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले सरकारले सबै सहकारीलाई एकै दृष्टिकोणले हेर्नु गलत छ, समुदायमा आधारित सहकारीले शेयर सदस्यहरूको आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक स्तर उकास्ने कार्य गरिरहेको बताउनुभयो ।
ख्वप साकोस शिक्षा उपसमितिका संयोजक राजाराम सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सदस्यहरू केजी आचार्य र सीता याकामीले पनि तालिमको महत्वमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा तालिममा सहभागीहरूलाई ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले प्रमाणपत्र वितरण गर्नुभयो । तालिममा प्रशिक्षक श्रीराम कासिछ्वालाई संस्थाका अध्यक्ष राजकुमार लघुले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *