भर्खरै :

प्रजग कोरियाको ७६ औँ स्थापना दिवसमा महान् नेताहरूप्रति पुष्पार्पण

प्रजग कोरियाको ७६ औँ स्थापना दिवसमा महान् नेताहरूप्रति पुष्पार्पण

प्योङयाङ, १० सेप्टेम्बर (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको ७६ औँ स्थापना दिवसमा मङ्गलबार देशभर महान् नेता किम इल सङ र किम जोङ इलप्रति राज्यका अधिकारीहरू, श्रमजीवी जनता, जनसेनाका सेवा कर्मचारीहरू र विद्यालयका युवा तथा बालबालिकाहरूले पुष्पमाला, पुष्पगुच्छा र फूलहरू अर्पण गरेका छन् ।
प्योङयाङस्थित मान्सु हिलमा रहेका महान् नेताहरूको काँस्य सालिक अगाडि पार्टी, सरकार तथा सशस्त्र बलका अधिकारी तथा सदस्यहरू, सार्वजनिक सङ्घसंस्था, मन्त्रालय, राष्ट्रिय निकाय, कोरियाली जनसेना र सार्वजनिक सुरक्षा बलका एकाइ र संस्थाको नाममा पुष्पगुच्छा अर्पण गरिएकोे थियो । प्योङयाङमा सबै तहमा औद्योगिक प्रतिष्ठान र विश्वविद्यालय, विद्यालयहरूको तर्फबाट पनि प्राध्यापक, शिक्षक, विद्यार्थीहरूले पुष्पार्पण गरी महान् नेताहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
किम इल सङ विश्वविद्यालय, राष्ट्रिय रक्षा मन्त्रालय, कोरियाली जनसेना र सार्वजनिक सुरक्षाबलका विभिन्न तहका कार्यालयहरू र मनसुदे आर्ट स्टुडियोलगायत राजधानीका विभिन्न संस्था, उद्यम र एकाइहरूको नाममा राजधानीका विभिन्न स्थानमा रहेका महान् नेताहरूको सालिक अगाडि पुष्प टोकरी, गुच्छा र फूलहरू राखिएका थिए ।
देशका विभिन्न भागमा रहेका पदाधिकारी, श्रमजीवी, सेवाग्राही, विद्यालयका युवा तथा बालबालिकाले आ–आफ्नो इलाकामा रहेका महान् नेताहरूको स्मारक र सालिकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कोरियाली मजदुर पार्टीका महासचिव तथा प्रजग कोरियाको राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनले सेप्टेम्बर ९ को राष्ट्रिय दिवसको दिन पार्टी र सरकारका प्रमुख कार्यकर्ताहरूलाई भेटेर बधाई ज्ञापन गर्नुभयो र राज्यद्वारा गरिने देशको भविष्य कार्यको अभिमुखीकरण गर्दै महत्वपूर्ण भाषण दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *