उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, २५ भदौ । भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट २१४ जना व्यवसायीहरूले सेवा प्राप्त गरेका छन् ।
सङ्घका अध्यक्ष रोशनीमैयाँ धौबन्जाले डोर कार्यक्रमबाट भक्तपुर नगरपालिकाका व्यापारी, व्यवसायीहरू आफ्नै घरआँगनमा नापतौलका सामग्रीहरूको दर्ता तथा नवीकरण गराई लाभान्वित भएको बताउनुभयो । उहाँले गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट जिल्लामै डोर टोली खटाउँदा उद्योगी, व्यवसायी तथा व्यापारीहरू काठमाडौँ पुगेर नापतौलका सामग्री दर्ता तथा नवीकरण गराउनुपर्ने झन्झटबाट मुक्त भएको बताउनुभयो ।
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरूको टोलीले जिल्लास्थित भक्तपुर नगरपालिकाका ६ स्थानमा कार्यालय राखेर गत मङ्गलबारदेखि नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । वंशगोपालस्थित ३ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर पहिलो दिन सञ्चालन गरिएको डोर कार्यक्रममा २१ जना व्यापारी तथा व्यवसायीहरूले आआफ्ना नापतौलका सामग्रीहरू दर्ता तथा नवीकरण गरेको सङ्घका कोषाध्यक्ष एवं सङ्घअन्तर्गत बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालले बताउनुभयो ।
उहाँका अनुसार बुधबार सुकुलढोकामा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा २५, बिहीबार लिबालीबाट ४१, आइतबार कमलविनायकबाट ५९ जना व्यवसायी तथा व्यापारीले सेवा लिनुभएको थियो । यसैगरी, सोमबार सूर्यविनायक बाराहीस्थानमा कार्यालय राखेर सञ्चालन गरिएको नापतौल डोर कार्यक्रममा २७ र मङ्गलबार च्वङा गणेश मन्दिर नजिकको ढुङ्गेधारा पाटीबाट ४१ जना व्यवसायी तथा व्यापारीले नापतौलका सामग्रीहरूको दर्ता तथा नवीकरण गराएको उहाँले जानकारी दिनुभयो ।
यसैबिच, चाँगुनारायण नगरपालिका र सङ्घको सहकार्यमा बुधबारदेखि चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रम सञ्चालन हुने भएको छ । पहिलो दिन बुधबार दुवाकोट बैङ्क्वेटमा, बिहीबार झौखेलस्थित ३ नं. वडा कार्यालय परिसरमा, शुक्रबार सुडाल प्रहरी चौकी परिसरमा र आइतबार नगरकोटस्थित ६ नं. वडा कार्यालय परिसरमा कार्यालय राखेर डोर कार्यक्रम सञ्चालन हुने सङ्घले जनाएको छ ।
Leave a Reply