नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू – ५
- कार्तिक १६, २०८३
भक्तपुर, १५ कार्तिक । नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट सर्वसम्मत निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अनुराधा थापामगरले सम्मानपत्र प्रदान गर्नुभयो ।
उहाँले सहकारीले आर्थिक कारोबारका साथै शेयर सदस्यहरूमा सामाजिक तथा सांस्कृतिक जागरण ल्याउनुपर्ने र राजनीतिक संस्कारको विकास गर्दै सोचको दायरा फराकिलो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सहकारीले समाजलाई वैज्ञानिक ढङ्गले परिवर्तन गर्नसक्ने आधार तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्ता आफ्नै देशको माटोमा सेवा गर्न अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष काजीबहादुर पञ्च, उपाध्यक्ष लक्ष्मीप्रसाद कोजू, कोषाध्यक्ष सूर्यबहादुर माकजूलगायतका पदाधिकारीहरूलाई संस्थाको स्थापनाकालदेखि हालसम्म निरन्तर सेवा पु¥याएकोमा प्रमुख अतिथि थापामगरले कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो ।
निवर्तमान अध्यक्ष काजीबहादुर पञ्चले सहकारीको स्थापनाकालदेखि हालसम्मका आरोह–अवरोह स्मरण गर्दै आगामी दिनमा नयाँ नेतृत्वले सहकारी ऐन, नियम, सिद्धान्त र मर्मअनुसार संस्था सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
निवर्तमान लेखा सुपरिवेक्षण समितिका संयोजक दुर्गानाथ न्हेम्हाफुकी, सदस्यहरू इन्द्रबहादुर कोजू, अनुषा श्यामा खुलिमुली र सूर्यबहादुर पञ्चलगायतले मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष एसबी खुलिमुलीको सभापतित्वमा सम्पन्न भयो ।
Leave a Reply