नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
भक्तपुर, २६ भदौ । भक्तपुर जिल्लास्थित चाँगुनारायण नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा चाँगुनारायण नगरपालिकामा बुधबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ ।
नगरपालिकाका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरूको नयाँ दर्ता तथा नवीकरणका लागि गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरूको टोलीले पहिलो दिन दुवाकोटमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको हो । दुवाकोट क्षेत्रका व्यवसायी, व्यापारीहरूले प्रयोग गरेका नापतौलका सामग्रीहरूको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिएको थियो ।
सङ्घका अनुसार चाँगुनारायण नगरपालिकामा नापतौल डोर कार्यक्रमअन्तर्गत २७ गते बिहीबार झौखेल ३ नं. वडा कार्यालय परिसर, २८ गते शुक्रबार सुडाल प्रहरी चौकी परिसर र ३० गते आइतबार नगरकोट ६ नं. वडा कार्यालय परिसरमा डोर कार्यालय राखेर टोलीले सेवा दिने भएको छ । यसैगरी, ३१ गते सोमबार कृषि सेवा केन्द्र, गोठालेचौर ताथलीमा डोर कार्यालय रहने छ ।
यसअघि भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरबाट खटिएको टोलीले भक्तपुर नगरपालिकाका विभिन्न ६ स्थानमा कार्यालय राखेर नापतौल डोर कार्यक्रम सञ्चालन गरेको थियो ।
Leave a Reply