भर्खरै :

युक्रेन–रसिया युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह

युक्रेन–रसिया युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह

पेइचिङ, २८ भदौ (सिन्हवा÷एएफपी) । चीनले युक्रेन–रसिया युद्ध र गाजामाथिको आक्रमण अन्त्यको लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
चीनका रक्षामन्त्री तोङ जुनले शुक्रबार पेइचिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलामा सम्बोधन गर्दै गाजा र युक्रेनमा जारी युद्धजस्ता द्वन्द्वको समाधान ‘वार्ता’ नै एकमात्र समाधान भएको बताउनुभएको छ ।
सियाङशान फोरमका लागि पेइचिङमा रूस, म्यान्मा, पाकिस्तान, सिङ्गापुर, इरान र जर्मनीका उच्च सैन्य प्रतिनिधिसहित ५०० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।
मध्यपूर्वमा दूत पठाउने, उत्तरी म्यान्मामा अस्थायी युद्धविरामको मध्यस्थता गर्ने र गत वर्ष साउदी अरब र इरानबिच ऐतिहासिक मेलमिलाप गराउनेलगायत विश्वव्यापी द्वन्द्वमा मध्यस्थकर्ताका रुपमा पेइचिङले आफूलाई प्रस्तुत गरिरहेको बेला तीनदिने फोरम हुन लागेको हो । युक्रेन र इजरायल–प्यालेस्टाइनका विषयमा चीनले आफूलाई अमेरिकाभन्दा बढी तटस्थरूपमा प्रस्तुत गरेको छ ।
“युक्रेनको सङ्कट र इजरायल–प्यालेस्टिन द्वन्द्वजस्ता महत्वपूर्ण मुद्दाहरू समाधान गर्न शान्ति र वार्तालाई बढावा दिनु नै एक मात्र उपाय हो,” दोङले उद्घाटन समारोहमा भन्नुभयो ।
“युद्ध र द्वन्द्वमा कोही पनि विजेता हुँदैन र मुठभेडले कहीँ पनि पुगिँदैन,” तोङले भन्नुभयो ।
उहाँले भन्नुभयो, “द्वन्द्व जति चर्कियो, त्यति नै हामीले वार्ता र परामर्श त्याग्न सक्दैनौँ । कुनै पनि द्वन्द्वको अन्त्य मेलमिलाप नै हो ।” उहाँले अगाडि भन्नुभयो, “सबै देशलाई शान्तिपूर्ण विकास र समावेशी शासनलाई बढावा दिन आह्वान गर्दछु ।”
फोरममा अमेरिका–चीन सम्बन्ध, युरोप र एसियाको सुरक्षा र बहुध्रुवीय विश्वमा प्रतिरक्षाका चुनौतीबारे छलफल हुनेछ । ‘“राष्ट्रिय सुरक्षा अवधारणाहरूको प्रसारविरुद्ध नयाँ प्रविधिले सम्पूर्ण मानवजातिलाई अझ राम्रो फाइदा पु¥याउन सक्छ” भन्ने सुनिश्चित गर्न तोङले आग्रह गर्नुभयो ।
“उच्च विश्वव्यापी सुरक्षा जोखिम र बढ्दो अस्थिरता र अनिश्चितताको समयमा, सबै देशहरूको रक्षा र सुरक्षा क्षमता निर्माण गर्ने जिम्मेवारी ठुलो छ,” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “पेइचिङ रणनीतिक गठबन्धनलाई मजबुत बनाउन, रक्षा परामर्शलाई गहन बनाउन, रक्षा सहयोगसम्बन्धी द्विपक्षीय र बहुपक्षीय सम्झौतामा हस्ताक्षर गर्न सबै पक्षसँग काम गर्न इच्छुक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *