पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
भक्तपुर, २८ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने अभिप्रायले २०४५ सालमा राज्यस्तरबाट भएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना कार्यक्रम नेमकिपा ७ वडा समितिको आयोजनामा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले २०४५ भदौ ९ गतेको भक्तपुर काण्ड नेमकिपाविरुद्ध प्रतिक्रियावादीहरूको षड्यन्त्र भएको र यस्तै षड्यन्त्र सन् १९२३ मा जर्मनीमा हिटलरको शासनले त्यहाँको संसद् भवनमा आगो लगाएर त्यसको आरोप कम्युनिस्टहरूमाथि लगाएर दमन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले देश र जनताको हितमा मोहियानी हकको आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, नेपालको भूमि सुस्तामा भारतीय हस्तक्षेपविरोधी आन्दोलन गरेको थियो भने भारतीय हस्तक्षेपमा पाकिस्तानबाट पूर्वी पाकिस्तान टुक्रा गरी बङ्गलादेश बनाएको र सिक्किम भारतमा गाभेको विरोधमा सङ्घर्ष गरेको थियो ।”
“भारतको नक्सलवादी आन्दोलन र नेपालको झापा आन्दोलनमा भएको व्यक्तिहत्याको विरोध गर्दै नेमकिपाले व्यापक जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्दै थियो । नेपालमा बैङ्क लुट्ने र भारतबाट हतियार खरिद गरी अराजकतावादी गतिविधि गर्ने कामको विरोध गर्दै आएको हो”, उहाँले थप्नुभयो ।
नेमकिपामा घुसेका प्रतिक्रियावादीहरूले भारत प्रवासमा पार्टी नेतृत्वविरुद्ध गोली प्रहार गरेको र ती तत्वहरूले घटनाको यथार्थ विवरणलाई ढाकछोप गर्न झूटा तर्क राखेको अहिले पनि खुलिरहेको चर्चा गर्दै सचिव सुवालले पार्टीभित्र गलत तत्व घुस्नेबारे सबै कार्यकर्ता र शुभेच्छुकहरू सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सच्चा कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैनन् । २०४६ सालको परिवर्तनलगतै नेमकिपाले आफूलाई कम्युनिस्ट दाबी गर्नेहरूलाई पुँजीवादी सरकारमा नजान सचेत गराएको हो । तर, तिनीहरू मानेनन् । परिणामतः नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो ।”
२००७ सालदेखि सरकार गठन र विघटनमा भारतीय एकाधिकार पुँजीको प्रत्यक्ष र परोक्ष हस्तक्षेप भएको पुष्टि भएको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “भारतीय विस्तारवादले सिक्किम खाएपछि नेपाललाई निल्ने तयारी गरेको थियो । नेपालको असली छिमेकी देश चीन भएको हुँदा भारतीय विस्तारवादको नेपाल निल्ने दुस्साहस पूरा नभएको हो ।”
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले हालै सर्वोच्च अदालतले गुठी जग्गामा मोहियानी हक नलाग्ने किसानविरोधी निर्णय गरेको बताउँदै त्यसबाट देशका शासकहरू किसानविरोधी हुन् भन्ने बुझ्न सजिलो भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मठाधीशहरू प्रायः राजतन्त्रका पक्षपातीहरू हुन्, कतिपय पुँजीवादी पक्षधरहरू नै हुन् । सामन्तवादी र पुँजीवादीहरूको पक्षमा निर्णय दिने सरकार कसरी समाजवादउन्मुख हुन्छ ? मजदुर, किसान र कम्युनिस्टहरू रहेसम्म समाजवादको झन्डा उदाइरहने छ ।”
आयोजक समितिका अध्यक्ष कृष्णगोविन्द खाइजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुरुषोत्तम ग्वाछा, बलराम गोसाई, लक्ष्मीभक्त कवां र श्रीकृष्ण किसीले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
औपचारिक सभाभन्दा अगाडि भक्तपुर काण्डसँग सम्बन्धित आस्था सांस्कृतिक परिवारबाट तयार गरिएको ‘रात कालो छ, दिन झन कालो छ’ नाटक देखाइएको थियो ।
Leave a Reply