यस्ता हुनुहुन्थ्यो – कार्ल माक्र्स
- बैशाख २३, २०८३
आत्महत्याबारे सचेतना, संवाद, पैरवी, कार्यक्रम र नीति निर्माणको लागि सन् २००३ देखि सेप्टेम्बर १० लाई आत्महत्या रोकथाम दिवसको रुपमा मनाउँदै आएको छ । सन् २००३ देखि नै मानसिक स्वास्थ्य क्षेत्रमा लागेको हुनाले यसमा सुरुदेखि नै हरेक वर्ष केही न केही आफूले सकेको गर्दै आएको छु । सन् २००६ मा यसबारे लेख लेखेको थिएँ । यसबारे अनलाइन र प्रत्यक्ष कार्यक्रम, प्रवचन, रेडियो, टिभी, पत्रपत्रिकामा जानकारीमूलक अन्तर्वार्ता, विविध तहका विद्यार्थीलाई यस विषयमा कक्षा, अनि हरेक दिन आकस्मिक सेवा, अन्तरङ्ग र बहिरङ्ग सेवामा निरन्तर आत्महत्यासँग सम्बन्धित जानकारी प्रवाह र सेवामा संलग्न हुँदै आएको छु । यस विषयमा हाम्रो स्थानीय तथ्याङ्क र जानकारीको लागि विविध अनुसन्धानमा संलग्न भइयो, थेसिस पनि गराइयो, जर्नल आर्टिकल पनि प्रकाशित गरियो । ’आत्महत्या र मनोरोगः हाम्रो दायित्व’ पुस्तक लेखी वि.सं. २०६४ मा प्रकाशित गरियो । हरेक वर्ष सेप्टेम्बर १० मा आफैलाई प्रश्न गर्छु– के पो गर्दा हुन्छ ? अब के गर्नुपर्छ ? हरेक वर्ष यस विषयमा केही न केही अन्तरकुरा सेप्टेम्बर १० मा आउँछ । त्यसमा घोतलिन्छु, हो त नि भनेर आफैले गरेका काम र देखे पाएका फाइन्डिङहरूको समीक्षा पनि गर्छु, विभिन्न मञ्च र फोरमहरूमा सामग्रीहरू पस्किन्छु ।
बोल्छु, लेख्छु र कतिपय सृजना पनि गर्छु । यद्यपि हरेक दिन मानसिक स्वास्थ्य सेवामा आएका आत्महत्याका केसहरूले आफैंलाई गिज्याएजस्तो लाग्छ । आत्महत्यातिर धकेल्ने शत्रुहरू खित्खिताएर अट्टहास गरेजस्तो लाग्छ । यसबाट बच्ने बचाउने तङ्खव, संयन्त्रहरू कमजोर रहेको महसूस गर्छु । हाम्रा कोसिस, प्रयास र कदमहरू फिटलो रहेको देख्छु । तपाईं–हामी सबैको हातेमालोबिना हरप्रयास र कोसिसले मूर्त रुप लिने छैनन् । यस वर्ष सन् २०२४ को पनि यो सेप्टेम्बर १० को दिन अगाडि ठिङ्ग उभिन आइपुगेको छ । केही दिन पहिले केन्द्रबाट नै यसबारे काम गर्न बन्ने समितिमा बसिदिन आग्रह भएकोले आमन्त्रण गरेको फोनकल पनि आयो । आज आत्महत्या रोकथाम दिवसमा यस विषयमा केही कुरा पस्कँदैछु ! जसको सरोकारको विषय हो तिनले समस्याको अपनत्व लिएर जागरुक भइ त्यस विषयमा केही गर्दा नै समाधानको सम्भावना हुन्छ र यही मर्ममा हामीले आत्महत्या रोकथामको पवित्र अभियानलाई अगाडि लैजानु परेको छ ।
हामीकहाँ मनोरोगको खतरा ज्यादा देख्छु । यसबाट बचाउने बचावटका तङ्खवहरू भने कम देखा पर्छन् । रोग लागि हालेमा उपचार व्यवस्थापनको पूर्वाधार, जनशक्ति, सेवा सुविधा, जन–जागरुकता, सरकारको कार्यनीतिमा प्राथमिकता सबै सबै नाम मात्रका देखिन्छन् । यस्तो अवस्थामा आत्महत्याको समस्या विकराल हुनु स्वाभाविक हो । किनकि मानसिक रोग नै आत्महत्याको प्रमुख र प्रत्यक्ष कारक तङ्खव हो । मानसिक रोगको समयमै पहिचान, निदान र उपयुक्त उपचार गर्नु नै आत्महत्या रोकथामको एक महङ्खवपूर्ण उपाय हो । मनोसामाजिक प्रतिकूलता पनि सँगै गाँजिएर आत्महत्यासँग सम्बन्धित हुन्छन्, तिनको पनि यथोचित सम्बोधन आत्महत्या रोकथामको लागि आवश्यक हुन्छ ।
यस वर्षको नारा ’आत्महत्या बारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ ले फेरि झक्झक्याएर संवादको सुरुवात गरौँ भनेको छ । हरेक वर्ष एक नयाँ इन्साइट सहित नयाँ शिराबाट प्रयास अगाडि बढाउने हो । जीवन जोगाउने यो अभियानमा जनचेतना, जागरुकता, सकारात्मक सोच, वैज्ञानिक पहुँच र जुझारु पाइलाको विकल्प हुनै सक्दैन । आत्महत्या जस्तो संवेदनशील र उच्च महङ्खवको सूचकमा सकारात्मक सुधारको लागि सबै जिम्मेवार हुनुपर्छ ।
व्यक्ति, परिवार, समाज, राज्य संयन्त्र र सेवाप्रदायक सबैले आआफ्नो भूमिका निभाऔँ । यदि कसैमा आत्महत्याका खतरासूचक लक्षणहरू देखिएका छन्, नशासेवन गर्न थालेको वा त्यसमा हालै वृद्धि भएको छ, हालै ठूलै तनाव परी मनोरोगका विभिन्न लक्षणहरू देखा परेका छन्, निरासा र आत्महानीका र हरेस खाएका अभिव्यक्ति र व्यवहारहरू देखिएका छन् भने तिनलाई नजरअन्दाज नगरौँ । आत्महानि र हत्यामा प्रयोग हुनसक्ने माध्यम, सामग्री तथा स्थानप्रति सतर्कता अपनाऔँ । खतरामा रहेका व्यक्तिलाई एक्लै नछाडौँ ।
व्यक्ति र परिवारले मानसिक समस्या र तनावको समयमै पहिचान, निदान र व्यवस्थापन उपचारको लागि सुसूचित होऔँ । आत्महत्याबारे संवादको थालनी गरौँ । आफ्ना पीडा र समस्या शुभचिन्तक र सेवाप्रदायकसँग बाँडौँ । परिवार, साथीभाई, नातागोताले आफूबाट कसैलाई आत्महत्यातिर धकेल्ने बोलीव्यवहार नगरौँ । सके सहयोग गरौँ मानसिक रोगका लक्षणहरू देखिएमा उपचारको लागि सहायता गरौँ । समाज र राज्य संयन्त्रले यसको गाम्भीर्यता बुझेर यसको जनचेतना र आवश्यक सेवा सुविधाको लागि पहल गरौँ । शिक्षक, पत्रकार र प्रबुद्ध वर्गले यसका लागि आवश्यक पैरवी गरौँ । सबैले मिलेर आवाज यसरी उठाउँ कि वर्षैभरी ध्वनित भइरहुन् ।
कसैलाई आत्महत्याको सोच, हुटहुटी, विचार आएमा वा यसको कालो छायामात्र लागेमा पनि सजग भई जीवन रक्षार्थ र स्वास्थ्य पुनः प्राप्तिका लागि उपयुक्त कदम उठाऔँ । हामीकहाँ हामीलाई आत्महत्यातिर धकेल्ने खतराका तङ्खवहरूबारे चिन्तन, मनन र अनुसन्धान गरी तिनको यथोचित सम्बोधन पनि गर्दै जाऔँ । आत्महत्या एक बहुआयामिक समस्या हो । सामाजिक, शैक्षिक, स्वास्थ्य, आर्थिक र अरु धेरै कुराहरूसँग सम्बन्धित हुने भएकोले त्यसैअनुसार विकास, शिक्षा, स्वास्थ्य, आर्थिकजस्ता विविध आयामसहितको व्यापक संयन्त्रयुक्त समाज, देश र युगमा विकास र परिवर्तनको अभियानले नै मात्र यसमा पूर्णता हासिल हुनेछ ।
फेरि पनि भन्छु– आत्महत्याको समस्यालाई यथार्थपरक ढङ्गले बुझौँ । वैज्ञानिक दृष्टिकोणले सम्बोधन गरौँ । आऔँ, आत्महत्या रोकथामबारे संवादको थालनी गरौँ । यो हाम्रै समस्या हो । यसको रोकथाम र व्यवस्थापन सम्भव छ । जागरुक भएर यसको सामना गरौँ । यसको लागि समयमै तनाव व्यवस्थापन तथा मानसिक रोगको निदान र उपचार गरौँ । आहार, विहार, विचार र वातावरणमा अनुकूलता ल्याई समग्र स्वास्थ्यको प्रवद्र्धन गरौँ र आत्महत्या दूर गरौँ । सबैलाई शुभकामना ।
Leave a Reply