पेइचिङ भेटमा इरान–चीन संवाद
- बैशाख २३, २०८३
दार्चुला, २३ वैशाख । सैले शिखर नगरपालिकाको वडा. ७ को पाथ्रायणी, वडा. ९ तातोपानी र लेक्म गा.पा. वडा न. ६ तेलि गाउँमा मतदाताहरूलाई धन्यवाद र १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रमेशकुमार रावलले मादल चिह्नमा छाप लगाउने मतदाताहरूलाई धन्यवाद दिनुभयो । जबसम्म बहुमत कामदारवर्गका जनताको राज्य व्यवस्था आउँदैन तबसम्म सर्वहारावर्गका जनताले सुख नपाउने कुरा उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी राज्य व्यवस्थामा गाँस, बास, कपास र रोजगारीको ग्यारेन्टी हुन्छ । यसको निम्ति जनता राजनीतिक रूपमा सचेत र सङ्गठित भई अगाडि बढ्नुपर्छ ।”
उहाँले अहिलेको सरकार पनि पुराना सरकारजस्तै भएकोले जनताले धेरै आशा राख्न नहुने बताउनुभयो । उहाँले वास्तविक सुकुमवासीको पहिचान गरी लगत सङ्कलन गरेर मात्र सुकुमवासी समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरकारले हचुवाको भरमा सुकुमवासी बस्तीमा डोजर चलाएको छ । बिनासुझबुझ र तयारीसाथ सुकुमवासी बस्तीमा डोजर चलाएर हजारौँ परिवारलाई खुला आकाशमुनि राख्नु हँुदैन ।”
कार्यक्रममा नेमकिपा कैलालीका सदस्य सीताराम पण्डितले अब हरेक नेपाली जनता राजनीतिक रूपमा सचेत र सङ्गठित नभए अझै धेरै पीडा भोग्नुपर्ने उल्लेख गर्दै यो सरकारले पुँजीवादीहरूको मात्रै सेवा गर्ने प्रस्ट पार्नुभयो ।
Leave a Reply