२९ देशद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर
- श्रावण १, २०८३
भक्तपुर, १२ असोज । बाराही बचत तथा ऋण सहकारी संस्थाको २५ औँ साधारणसभा संस्थाका वयोवृद्ध सदस्य नं १४४० का आशबहादुर सुवालको आतिथ्यमा शनिबार सम्पन्न भएको छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साधारणसभा भनेको सदस्य र सञ्चालकहरूबिच भलाकुसारी गर्ने थलोको रूपमा लिनुपर्दछ भन्नुभयो । सीपमूलक जनशक्ति निर्माण गर्नुपर्ने, समुदायमा आधारित सहकारी संस्थाले व्यवहारिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले साधारणसभाको सफलताको कामना गर्नुभयो । सरकारबाट जनतालाई निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेफ्स्कुनका सञ्चालक सदस्य खेमराज सुवेदीले सदस्यहरूले संस्थाप्रति थप चासो देखाउनुपर्ने, सहकारी समस्यालाई न्यूनीकरणमा विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का उपाध्यक्ष हरि बल्लले वित्तीय सङ्कुचनमा पनि तरलता व्यवस्थापन गर्न सकेको संस्थाको रूपमा चिनाउँदै सदस्यको विश्वास दिलाउन सकेको विचार व्यक्त गर्नुभएको थियो ।
सभामा संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद सुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा पनि लाभांश कोषको रकमबाट मात्र ८.२५ प्रतिशत लाभांश वितरण गरेको जानकारी गराउनुभयो ।
संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा नेपाल लेखामानअनुसार ल्ँच्क् प्रणालीमा लेखा परीक्षण गर्दा असार मसान्तसम्म ९९ करोड ७ लाख २२ हजार ९ सय ४५ रूपैयाँको वासलात विवरण, नाफा नोक्सान हिसाबमा २ करोड ७ लाख ८९ हजार ५ सय ४० रूपैयाँ कुल नाफा आर्जन गर्न सफल भएको उहाँले बताउनुभयो ।
वार्षिक प्रतिवेदन पेस गर्दै सचिव राधेश्याम सुवालले २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन विनियम संशोधन प्रस्ताव, आन्तरिक नीति नियम संशाोधन प्रस्ताव पारित तथा अनुमोदनका साथै चालु आर्थिक वर्ष २०८१/०८२ मा सहकारी ऐन नियमबमोजिम रही पल्स मापदण्डको आधारमा सदस्य वृद्धि गर्ने, शेयर पुँजी वृद्धिलाई निरन्तरता दिने, बचत वृद्धि गर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बाराही बचत तथा ऋण सहकारी संस्था लि.का वयोवृद्ध सदस्यहरूलाई सम्मान गरिएको थियो । त्यस्तै एसईई सम्मान कार्यक्रम, उत्कृष्ट ऋणी सम्मान, शेयर पुँजी वृद्धि सदस्य सम्मान र सदस्यता वृद्धि सम्मानलगायतका कार्यक्रहरू गर्दै आएको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष विश्वराम त्वायनाले दिगो सहकारीलाई आत्मसात गर्दै सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रविधिबारे जानकारीमूलक कार्यक्रमलाई विशेष जोड दिँदै आइरहेको बताउनुभयो ।
सभाले आगामी ४ वर्षे कार्यकालको लागि राधेश्याम सुवालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
सभाले संस्थाको उपाध्यक्षमा बलराम प्रजापति, सचिवमा विष्णुप्रसाद सुवाल र कोषाध्यक्षमा रत्नकेशरी सुखुपायो सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सञ्चालक समिति सदस्यहरूमा विश्वराम त्वायना, पुनेन्द्रप्रसाद कुसी, सर्मिला मानन्धर, कृष्ण प्रजापति, पूर्णप्रसाद दुवाल, सृजन ग्वाछा, चञ्चल कर्माचार्य चयन हुनुभएको छ ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा बालकृष्ण नागा, सदस्यहरूमा लक्ष्मी जाकिबन्जार र शिवराम मानन्धर सर्वसम्मत चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
Leave a Reply