भर्खरै :

भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु आत्मालोचना र आत्मसंयमको भावना विकास गर्नुपर्ने

भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु आत्मालोचना र आत्मसंयमको भावना विकास गर्नुपर्ने

भक्तपुर, १२ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले रोटरी क्लब अफ भक्तपुरको आयोजनामा कार्तिक १२ देखि १४ गतेसम्म विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा हुने पुस्तक प्रदर्शनी बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देश विदेशी प्रभावबाट गम्भीर रूपमा पीडित भइरहेको चर्चा गर्दै विदेशी प्रभावबाट मुक्त हुनु जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा विमोचित पुस्तकबारे उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाली लेखिकाले लेख्नुभएको पुस्तकमा उल्लेखित विषयका चित्रहरू नेपालको परिवेश र कला–संस्कृतिसँग मिल्दोजुल्दो भएको भए सुनमा सुगन्ध हुने थियो ।”
भक्तपुरको नवदुर्गाको मकुन्दो नाचमा भक्ति सन्देशमात्र नभई उक्त नाच मातृसत्तात्मक समाजको चित्रण भएको र त्यस नाचमा परिवारका सदस्यहरूको जिम्मेवारीबारे पनि चित्रण गरिएको धारणा अध्यक्ष बिजुक्छेँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “देशका निम्ति निःस्वार्थपूर्वक काम गर्नु जरुरी छ । आत्मालोचना र आत्मसंयमको भावना विकास गर्नु पनि उत्तिकै जरुरी छ ।”
रोटरी क्लब अफ भक्तपुरका पूर्वअध्यक्ष नीलकृष्ण ताम्राकारले पुस्तक प्रदर्शनी आयोजना गरेर आयोजकले इतिहास रच्ने काम गरेको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम हुने अपेक्षा व्यक्त गर्नुभयो ।
पुस्तक पढ्ने बानी बसाल्नु ज्ञान आर्जन गर्ने महत्वपूर्ण माध्यम भएको उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष दशरथ प्रजापतिको संयोजकत्वमा भएको कार्यक्रममा शङ्कर प्रधानाङ्ग, प्रभात राई, सुरेन्द्र श्रेष्ठ र रेश्मा राईले पनि बोल्नुभएको थियो ।
पुस्तक प्रदर्शनीसँगै विभिन्न विषयमा प्यानल छलफल तथा कविता वाचन कार्यक्रम पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *