भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
मौसमविदहरूका अनुसार बङ्गालको खाडीको उत्तरपट्टि न्यूनचापीय प्रणाली विकास भएर उत्तरतिर हानिएको हुँदा नेपालमा अत्यधिक जलवाष्पको कारण भारी वर्षा भयो । यसपालिको मनसुन बाहिरिने क्रम पाकिस्तान, अफगानिस्तानको तल्लो भागदेखि भारतको राजस्थानबाट पन्जाबसम्म पुगिसकेको छ । दुई÷चार दिनपछि सुदूरपश्चिमबाट पनि मनसुन बाहिरिने सङ्केत देखिन सुरु हुने आकलन मौसमविद्हरूको छ । हावापानी तथा विपद्सम्बन्धी अनुसन्धानकर्मीहरूका अनुसार मनसुन सुरु हुनुभन्दा अघिको समयलाई विपद् पूर्वतयारीको समयको रूपमा लिनुपर्दछ । तर, नेपाल सरकारले त्यसअनुसार पूर्वतयारी नगर्दा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।
असोज ११ र १२ गते आएको अविरल वर्षाले काठमाडौँ उपत्यकालगायत देशभर धनजनको ठुलो क्षति भयो । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर ३ जिल्लामा मात्रै ३७ जनाको मृत्यु, १५ जना घाइते र २१ जना बेपत्ता भए । यो दुई दिनको वर्षाले उपत्यकामा २२ सय ५७ घर डुबानमा प¥यो । उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, धोबीखोला, बल्खु र नख्खु खोलामा बाढी आउँदा किनारमा रहेका बस्ती प्रभावित हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति पुग्यो । असोज १३ गतेसम्मको तथ्याङ्कअनुसार बाढीपहिरो र डुबानले देशभर १०४ जनाको मृत्यु, ६७ जना बेपत्ता र ७३ जना घाइते भए । काठमाडौँ उपत्यका वरिपरि जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढ्यो । टीकाभैरव क्षेत्रको डाँडा काटेर ढुङ्गा–गिट्टी निकालिएको कारण नख्खु खोलामा अप्रत्याशित बाढी आएको विज्ञहरू बताउँछन् ।
सरकारले जल तथा मौसम विज्ञान विभागमार्फत सन् १९७० देखि नेपालमा वर्षाको अभिलेख राख्न थालेको हो । यसपटक ललितपुरको चापागाउँमा २४ घण्टाभित्र ३२३ मिलिमिटर वर्षा हुनुका साथै काठमाडौँ उपत्यकाका १७ वटै स्टेसनका रेकर्डहरू तोडिए । सन् २००२ जुलाई २३ मा ललितपुरको लेलेमा २८० मिलिमिटर र चापागाउँमा २००.५ मिमि वर्षा रेकर्ड भएको थियो । यसपटक काठमाडौँको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएर २२५.२ मिलिमिटर वर्षा भयो । यसभन्दा अघि सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रत्येक वर्ष दशैँमा दैनिक करिब १ लाखभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छाड्ने गरेको पाइन्छ । तर, यसपटक यात्रुहरूलाई सुरक्षित तवरले आफ्नो गन्तव्य स्थल पुग्न हम्मेहम्मे पर्ने देखिएको छ । देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुनुका साथै यातायातका साधनसमेत पहिरोले पुरेको समाचार छ । पहिरोले काठमाडौँ उपत्यका प्रवेश गर्ने मार्गसमेत अवरुद्ध भयो । सरकारले मुख्य चाडपर्व अगाडि सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम सम्पन्न हुने आश्वासन दिएको थियो । तर, यातायात व्यवसायीहरू भने देशभरिका सडक असुरक्षित रहेको भन्दै अग्रीम टिकट बुकिङ गर्नसमेत हिच्किचाइरहेको समाचार छ ।
अविरल वर्षाले देशैभरि विभिन्न स्थानका सडक अवरुद्ध बनायो । सरकारले समयमै पहिरो रोकथाम र अवरुद्ध सडक मर्मत गर्न सकेन । सडक विभागका अनुसार यस वर्ष वैशाखयता देशभरि ६ सय १८ भन्दा बढी स्थानका सडकमा पहिरो र खाल्डाखुल्डीका समस्या छन् । अहिले पनि देशैभरि ३ सय २९ स्थानमा सडक एकतर्फी चल्ने गरेको विभागको अध्यावधिक विवरणमा उल्लेख छ । २३ राजमार्गका करिब ७० स्थानमा गएको बाढीपहिरोले हजारौँ यात्रु अलपत्र परे । दर्जनौँ सवारीसाधनमा क्षति पुग्यो । काठमाडौँ उपत्यकाबाट बाहिरिने सबैजसो नाका अस्तव्यस्त हुनुका साथै चर्को जाममा सवारीसाधन फस्ने गरेका छन् ।
मौसम विभागले गत सोमबार नै विशेष बुलेटिन जारी गरेर पाँच दिन वर्षा हुने र कुन–कुन जिल्ला उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिममा रहेको हो, वर्गीकरण गरेर पूर्वसूचना दिएको दाबी गर्छ । तर, सरकारले यसतर्फ ध्यान पु¥याउन सकेन । गृहमन्त्री रमेश लेखकले विपत् जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिको बैठक बोलाउनसमेत आवश्यक नठानेको गुनासो छ । शुक्रबार नै वाग्मती नदीमा बहाव सतर्कता तहभन्दा माथि पुगिसकेपछि कम्तीमा सरकारले जोखिम आकलन भएका बस्तीका बासिन्दालाई अन्यत्र सार्न सक्थ्यो । बाढी पूर्वानुमान महाशाखाले बाढी आउन सक्ने प्रबल सम्भावना रहेका नदीको सूची नै सार्वजनिक गर्दा पनि गृहमन्त्रालय कानमा तेल हालेर बस्यो । जब वाग्मतीसहितका नदीमा बाढीले मान्छे बगाउन थालेपछि मात्र गृहमन्त्री लेखकले शुक्रबार बिहान १० बजे मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्डको बैठक डाके । सरकारको यो चरम लापरबाहीप्रति मौसमविद्हरूले समेत कटाक्ष गरेका छन् ।
ग्लोबल वार्मिङको कारण हिमक्षेत्र पग्लिएर समुद्री सतह बढ्दै छ । जसले तटीय क्षेत्रमा बाढी र पहिरोको समस्या निम्त्याइरहेको छ । जलवायु परिवर्तनले वर्षाको ढाँचामा बाधा पु¥याउनुका साथै सहरी क्षेत्रमा अप्रत्याशित वर्षा भई बाढी र डुबानको समस्या निम्त्याएको छ । विज्ञहरूका अनुसार विश्वव्यापी तापमान वृद्धिका कारण छोटो समयमा धेरै पानी पर्ने र लामो समय खडेरी हुने घटना बढिरहेको छ । गत सोमबार मात्र काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो भने जनकपुरमा ४० डिग्री सेल्सियस नाघेको थियो । यस्तै बेला देशभर अधिक वर्षा भयो । सरकारले पूर्वसतर्कता अपनाउन सकेन ।
सरकारले देशको सन्तुलित विकास गर्नुको सट्टा काठमाडौँ उपत्यकामा देशभरिको मान्छे थुपार्दै छ । शासक दलहरूले नदी किनारसमेत अतिक्रमण गरेर मानव बस्ती बसाल्दै छन् । नदीको मार्ग खुम्चिएपछि बाढी बस्तीमा पस्नु स्वाभाविकै हो । शासक दलका सहरी योजनाकारहरूले काठमाडौँ उपत्यकालाई व्यवस्थित बसोबासको सहर बनाउन सकेनन् । जसको परिणाम धनजनको क्षति हुँदै छ ।
भारी वर्षाको कारण सप्तकोसी ब्यारेजमा पानीको बहाब धेरै देखियो । सप्तकोसीको बहाब ६ लाख क्युसेक प्रतिसेकेन्ड पार ग¥यो । यससँगै नदीले पश्चिमी तटबन्धतर्फ कटान सुरु गरेको छ । कोसी व्यारेज नियन्त्रण कक्षका अनुसार शनिबार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाब मापन गरियो । व्यारेजमा पानीको चाप बढेपछि ताल्चा–साँचो बोकेका भारतीय नियन्त्रकहरू व्यारेजको ५६ वटै ढोका खोल्न बाध्य भए । पानीको उच्च बहाबले व्यारेज नै भत्काउन सक्ने सम्भावना देखेपछि मात्र भारतीय नियन्त्रकहरूले कोशीको सबै ढोका खोलेका हुन् । नत्र नेपाली भुमि डुबानमा पारेर भारतको विहार जोगाउन ब्यारेजको ८–१० वटा मात्रै ढोका खोल्ने गरेको सप्तरी हनुमाननगर वरिपरिका स्थानीय जनताको गुनासो छ । यसकारण, नेपाली भूमि डुबानमा पार्ने कोसी ब्यारेज नियन्त्रणको जिम्मा नेपाल सरकारले लिनु जरुरी छ ।
२०८१ असोज १३
Leave a Reply