अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
(नेपालको एकजना कानुन व्यवसायीसँग एक सञ्चारमाध्यमका पत्रकारको केही वर्षअघि कुराकानी भएको थियो । कुराकानी घुसको विषयमा केन्द्रित थियो ।)
पत्रकार : तपाईँले कानुन व्यवसायीको चितवन सम्मेलनमा आफ्नो प्रस्ताव प्रस्तुत गर्दा अदालतमा भ्रष्टाचार छ भन्ने मुद्दा उठाउनु भा’थ्यो क्यारे ! कति छ, कुन तहको छ भ्रष्टाचार ?
कानुन व्यवसायी : देशभरि नै भ्रष्टाचारको डरलाग्दो स्थिति छ । अन्तको के कुरा, न्यायपालिकामै भ्रष्टाचार छ ।
पत्रकार : न्यायाधीशहरू घुुस खान्छन् र ?
कानुन व्यवसायी : न्यायाधीश घुुस खान्छन्, वकिल घुस खुवाउँछन्, हामी घुस खुवाउँछौँ, झगडिया घुस खुवाउँछन् ।
पत्रकार : कति घुस खान्छन् न्यायाधीशहरूले ?
कानुन व्यवसायी : न्यायाधीशहरूले कति खान्छन् भन्ने मापन त छैन । तर, दलालहरूसँग विभिन्न किसिमका घुस खाने गर्छन् ।
पत्रकार : भन्दिनुस् न कुन कुन न्यायाधीशले कति घुस खान्छन् ?
कानुन व्यवसायी : मैले टीभीबाट भनेँ भने यो टीभी पनि हिँड्छ, तपाईँ पनि हिँड्नुहुन्छ !
पत्रकार : त्यस्तो डरलाग्दो हुन्छ ?
कानुन व्यवसायी : डरलाग्दो भइहाल्छ नि ! हामी वकिलहरू खुवाउँछौँ । यो यति भयावह छ । पेसा गर्दा, राज्यका अरु निकायहरूले गरेका ती आदेशहरू हेर्दाखेरि यस्तो लाग्छ, हामी नीच तहमा ओर्लेको जस्तो लाग्छ । न्यायालय र मिडियामा यति नीच तहमा छ । त्योभित्र म पर्छु पर्दिन छोडौँ । हामीले राज्य यसरी घिस्रने सर्कलभित्र चलाएका छौँ, मान्छे देश निकाला होऊ भन्नमात्रै बाँकीजस्तो पार्छ यहाँ । यस्तो स्थितिमा छ देश ।
Leave a Reply