भर्खरै :

देश र जनताले थाहा पाउँदै जाने छन्

देश र जनताले थाहा पाउँदै जाने छन्

काठमाडौँ, २३ असोज । नेपालको वर्तमान राजनीतिलाई गम्भीरतापूर्वक नियाल्दा शासकहरूले प्रयोग गर्ने शब्द केलाउँदा हाँस्न मन लाग्दैन बरू दुःख लाग्छ । अवसरवादको ठाउँमा चतुर र व्यवहारवादी, सिद्धान्तच्युतको ठाउँमा स्वप्नद्रष्टा र दूरदर्शी आदि कल्गी लगाएर यथार्थलाई तिलाञ्जली दिएर समाजमा भ्रम सृजना गरेर परिस्थितिलाई पतनशीलतातर्फ अझै गहिरो खाडलमा धकेल्ने काम कति सकारात्मक होला ? विचारणीय विषय हो ।
कपर्निकस, ग्यालिलियो र ब्रुनोजस्ता वैज्ञानिक र युगद्रष्टाहरूलाई हरेक भाषा र साहित्यमार्फत पुरानो समाजमा प्रकाश थपेर उज्यालो देखाउनुपर्ने ठाउँमा कल्पनाशील र परिष्कृत साहित्यलाई इतिहासको झिलिमिली बनाएर जनतामा थप अन्धविश्वासको वातावरण तयार गर्नु स्वयं परिवर्तनशील मानव समाजको विकास र प्रगतिलाई खण्डन गर्नु र गतिरोध गर्नु हो ।
यस्ता विषयमा कलम चलाउँदा साहित्यमा लुक्ने ठाउँ हुन्छ, कवितामा छन्द र मात्रा मिलाउन शब्दमा खेलेर, तर राजनीतिमा आदर्श र यथार्थसँग खेल्दा त्याज्य वस्तुलाई बोकेर वा उत्साहित गर्दा समाजमा थप धमिलो पर्दाले सिङ्गार्ने काम हुन्छ ।
आजको यथार्थ राजनीति प्रजातन्त्र र गणतन्त्रको विरोधमा प्रजातान्त्रिक समाजवादी र साम्यवादी लुगामा विकृत पुँजीवादलाई थप सुन्दर रङ्ग थपेर समाजलाई झन् अँध्यारोमा धकेल्नु हो । माथिल्ला पदहरूमा कर्मचारी भर्ना गर्दा व्यक्तिबारे गुप्तचर विभागको रिपोर्ट, अन्य मन्त्रालयहरूको सल्लाह र रायसमेत लिनुपर्नेमा परराष्ट्र मन्त्रालयका नयाँ मन्त्रीकै एकल प्रस्तावलाई मन्त्रीपरिषद्को बैठकले कसरी निर्णय ग¥यो ? स्वयं संशयको विषय बन्यो, राजधानीको बौद्धिक जगतमा ¤
विश्वको पुँजीवादी र समाजवादी सरकारमा मनोनयनमा यस्तो एकहति र ठेकेदारी प्रवृत्ति कसैले सुनेको होइन होला । राणा शासनमा यस्ता घटनाहरू भएका होलान् र सुन्नमा आउँथे । तर, नेपालको प्रजातान्त्रिक र गणतान्त्रिक आन्दोलनको उद्देश्यसँग यो प्रवृत्ति मेल खाँदैन । हो, संसारमा सत्तामा नगएसम्म जनमुखी हुने र सत्तामा पुगिसकेपछि प्रतिगामी, प्रतिक्रियावादी र तानाशाही प्रवृत्ति देखाउने र देखाएकाहरू अनेक देशमा र अनेक क्रान्ति र प्रतिक्रान्तिका घटनाहरू विश्व इतिहासमा यत्रतत्र पाइन्छन् ।
त्यसमा शासकका छोराछोरी वा परिवारको कारण जनआक्रोशबाट सत्तासीनहरू सत्ताच्युत भए, कति राज्यहरूमा शासकहरू आफ्नै परिवार र गुटको बन्दी बनेर लागुपदार्थ, अफिम र रक्सीको लतले देश परदेशको पिछलग्गू बन्यो, कति देशको इतिहासमा शासकहरूले टुँडिखेलमा सारा जनताको सामुने ज्यान सजाय पाए – अदालतकै निर्णयले । कति शासकहरू गिलोटिनमा काटिए र कति लडाइँको मैदानमा समाटिए र काटिए । साँच्चै भनौँ भने इतिहासको बाटो विभिन्न देशको ठुलठुला नदी र बाढीले फरक ढङ्गले विध्वंस मच्चाएर देशलाई मौन र त्रासमय बनाउँछ ।
यस्तो बेला वा परिस्थितिमा कुनै मन्त्री त जिम्मेवार ठहरिएला तर प्रधानमन्त्री वा राजा नै बढी जिम्मेवार बताइन्छ । बेलायती पुँजीवादी क्रान्तिमा राजालाई जनताको विरोधमा भड्काइयो, धर्मधिकारी र जिम्मेवार राजनीतिज्ञले पनि संसदीय अदालतबाट ज्यान सजाय पाए । यसकारण, प्रधानमन्त्री वा राजा आफ्नै घरेलु र विदेशी सल्लाहकारहरूको बन्दी बनेमा मुख्य अपराधी तर्कको कठघराबाट उम्कन पाउनै छैनन्, चाहे अफिम खाएर बेसका हुन् वा रक्सीले लठिएर बसेका होऊन् । सम्भवत ः विदेशी सल्लाहकारहरू उम्केर भाग्न सक्छन् – दरबार हत्या काण्डमा जस्तै ।
अन्योल त देशमा तब तरङ्गित हुन्छ – जव देशको विद्युत् बङ्गलादेशलाई बेच्ने सम्झौतामा हस्ताक्षर गर्दा एक भारतीय मन्त्रीसमेत बिचमा उपस्थित हुन्छ ¤ देशको सम्प्रभुता कहाँ पु¥यायो वर्तमान प्रजातन्त्र र गणतन्त्र वा त्यसका शासकहरूले ? जनताले थाहा पाउँदै जाने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *