नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
गाजा, २३ असोज (क्यूएनए) । उत्तरी गाजापट्टीमा कम्तिमा चार लाख मानिस फसेको निकट पूर्वमा प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले बुधबार बताउनुभएको छ ।
पछिल्लो समय इजरायली अधिकारीहरूले जारी गरेको निकासी आदेशले मानिसहरूलाई विशेष गरी जबलिया क्याम्पबाट बारम्बार भाग्न बाध्य पारेको उहाँले उल्लेख गर्नुभएको छ ।
गाजाको कुनै पनि ठाउँ आफूहरुका लागि सुरक्षित छैन भन्ने थाहा पाएका प्रभावितहरूले आदेश अस्वीकार गरिरहेको लाजारिनीले प्रेस विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
उहाँका अनुसार कुनै आधारभूत आपूर्ति उपलब्ध नभएको कारण भोकमरी तथा रोगको सङ्क्रमण फैलिरहेको छ ।
युएनआरडब्लुए आयुक्तले युएनआरडब्लुए आश्रय र सेवाहरू बन्द गर्न बाध्य भइरहेको खुलासा गर्दै युद्ध सुरु भएपछि पहिलोपटक यस्तो अवस्था आएको उल्लेख गर्नुभएको छ ।
निरन्तरको इजरायली हमलाले गाजामा पोलियो खोप अभियानको दोस्रो चरणको कार्यान्वयनलाई समेत खतरामा पारेको लाजारिनीले जनाउनुभएको छ ।
Leave a Reply