हिमाल–पहाड–तराई बुझ्ने सरकारमा पुगेकै छैन
- चैत्र ६, २०८१
भक्तपुर, २३ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा ‘चाँगुनारायण प्रगतिशील समाज’ को आयोजनामा बुधबार शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले भन्नुभयो, “अन्धविश्वासविरूद्ध विज्ञानसम्मत पाइला चाल्नु प्रगतिशील हो । मानव सभ्यताको विकासको सिलसिला संस्कृति हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ४० वर्ष अगाडि नै ‘जनताको साहित्य र साहित्यकार’ रचना प्रकाशित गरेर प्रगतिशील र माक्र्सवादी साहित्यबारे बताउनुभएको हो । नयाँ पुस्ता युवा र विद्यार्थीले उक्त पुस्तक अध्ययन गर्नु जरूरी छ ।”
मानव जातिको ‘स्वर्ग’ दुःख नहुने समाज अर्थात उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने, सम्पत्तिको सीमाङ्कन हुने, विदेशमा सम्पत्ति राख्न नपाउने समाजवादी समाज भएको उहाँले प्रस्ट्याउनुभयो ।
दाफा, भजन, गुठी सबै क्षेत्रमा मानव जातिको ‘स्वर्ग’ समाजवादबारे चेतना दिनु जरूरी भएको उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “मूर्ति पूजा गरेर मानव जातिको ‘स्वर्ग’ समाजवाद प्राप्त हुनेछैन ।”
उहाँले थप्नुभयो, “शत्रुले देशमा आक्रमण गरे जप तप गरेर बच्न सकिँदैन, प्रतिकार गर्नु आवश्यक छ । प्यालेस्टिनी जनता इजरायली फासीवादको विरोधमा एकसय वर्षदेखि सङ्घर्ष गर्दै छन् । प्यालेस्टिनीहरू लाखौँको हत्या, दसौँ लाख विस्थापन, हजारौँ बेपत्ता र लाखौँ घाइते भए तर, प्रतिकार चालु छ† देशभक्तिको भावना भनेको यही हो ।”
दास मालिकहरूले दासहरूबिच साँढे जुधाएजस्तै जुधाएर मर्न लगाउने गरेको र दासहरूले यो सबै बुझेपछि मालिकविरूद्ध प्रहार गरेको इतिहासबारे उहाँले प्रस्ट्याउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “तीन–चार वर्ष पहिले संरा अमेरिकाको मिनिसोटामा गोरा प्रहरीले काला जातिका जर्ज फ्लोयडलाई घुँडाले घाँटी थिचेर हत्या ग¥यो । संसारका न्यायप्रेमी जनताले यसको विरोध गरे ।”
“पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गर्दा मान्छे काट्दै इनारमा फालेको बताइन्छ । त्यतिबेला उनलाई भारतीय शासकहरूले साथ दिएका थिए । पृथ्वीनारायण शाह युवराज छँदै रिसाहा र जिद्दी स्वभावको भएको र दरबारका दुई जना कर्मचारीलाई मारेको पनि सार्वजनिक भयो”, उहाँले भन्नुभयो ।
रामायण र महाभारत पनि राजनीतिक कथा भएको र पुरातत्वविद्हरूबाट ती कथामा भएका कुनै घटनाको अवशेष नभेटिएको सार्वजनिक गरेको सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा संसद्वादीहरूको सिद्धान्तहीन सत्ता गठबन्धन चालु छ । वाइडबडी, स्टिकर छपाइ, ललिता निवास, सुन तस्करी, नक्कली भुटानी शरणार्थी, बालमन्दिर, बाँसबारी, तारागाउँ विकास समितिलगायत भ्रष्टाचारका काण्डहरू बाहिरिएका छन् । यी सबै पुँजीवादका उदाहरण हुन् । माक्र्सवादीहरू भौतिकवादी हुने र सत्यको समर्थक हुन्छन् । यसकारण, सिद्धान्तहीन सत्ता र निर्वाचन गठबन्धनको विरोध गर्नु जरूरी छ ।”
“गोर्कीको ‘आमा’ उपन्यासमा क्रान्तिकारी पात्रहरूले प्रतिक्रियावादी अदालतमा न्याय नपाउने हुँदा बयान दिन मान्दैनन्† न्यायको लागि लड्नैपर्ने इतिहासले देखाउँछ । बेलायती उपनिवेशवादविरूद्ध अमेरिकी स्वतन्त्रता आन्दोलन र भारतीय स्वतन्त्रता आन्दोलन यसैका उदाहरण हुन्”, उहाँले भन्नुभयो ।
भारतीय एकाधिकार पुँजीले नेपालको खुला सीमामा अतिक्रमण गर्नुका साथै जल, जङ्गल, खनिज अतिक्रमण गरिरहेकोले नेपाली जनताले यसको विरोध गर्नुपर्ने जरूरी भएको सांसद सुवालले बताउनुभयो ।
रामकृष्ण लिगलको सभापतित्वमा भएको उक्त कार्यक्रममा न्हुछेभक्त फोजु र साहित्यकारद्वय दीनानाथ पोखरेल तथा कविराज घिमिरेले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू पनि देखाएको थियो ।
Leave a Reply