यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सन् २०२४ सेप्टेम्बर २७ को दिन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो वक्तव्य राख्दै भने, “इजरायल शान्ति चाहन्छ, शान्तिको लागि काम गर्छ र शान्ति बनाउनेछ । अहिले हामी हाम्रो विनाश खोज्ने क्रुर शत्रुहरूको सामना गर्दै छौँ । हामीले उनीहरूबाट आफ्नो रक्षा गर्नुपर्दछ ।”
नेतान्याहुले इजरायलले इरानको निरन्तर आक्रमणको श्राप वा अरब र यहुदीबिचको ऐतिहासिक मेलमिलापको आशीर्वादमध्ये रोज्नुपर्दा आफूले मेलमिलापको आशीर्वादलाई जोड दिएको बताए । सम्पूर्ण अरबलाई निल्ने प्रयास गरेको यहुदी फासीवादले अरब र यहुदीबिचको मेलमिलापको जालो फ्याँकेर भ्रम छर्ने प्रयास गर्दै छ ।
नेतान्याहुले अक्टोबर ७ को दिन हमासले ‘नाजी प्रलय’ (Nazi Holocaust) को सम्झना दिलाउने गरी १२०० मानिसको क्रुर हत्या गरेको, महिलाहरूलाई बलात्कार गरेकोे, मान्छेको टाउको काटेको, बच्चा, अभिभावक, वृद्धवृद्धालगायत पुरै परिवारलाई ज्युँदै जलाएको झूटा आरोप महासभा बैठकमा राखे । वास्तवमा उनको भाषण झुटको पुलिन्दा नै बन्यो । यहुदी फासीवादले प्यालेस्टिनमा बमवारी गरी आफै रगतको आहालमा पौडी खेलेको दुनियालाई थाहा छ ।
इजरायली फासीवादले अहिलेसम्म करिब ४२ हजार निहत्था प्यालेस्टिनी जनताको हत्या गरिसक्यो । जसमध्ये १७ हजार त बालबालिकामात्रै छन् भने ९६ हजार प्यालेस्टिनी जनतालाई घाइते बनायो । लाखौँ प्यालेस्टिनीलाई आफ्नो भूमि छाडेर भाग्न बाध्य बनायो । इजरायली फासीवादले विद्यालय, अस्पताल, शरणार्थी शिविर, कूटनैतिक नियोगलगायतका संवेदनशील क्षेत्रमा आक्रमण गरेर युद्धअपराध गर्दै छ । तर, पनि नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको बैठकमा लाजै नमानी भने, “इजरायलमा साँचो युद्ध अपराधी छैनन् । साँचो युद्धअपराधीहरू इरान, गाजा, सिरिया, लेबनान र यमनमा छन् ।” वास्तवमा आफ्नै जाति यहुदीको मात्रै संरक्षण गरेर अन्य जातिलाई सखाप पार्ने नेतान्याहु प्रशासनले फासीवादी चरित्र देखाउँदै छ ।
प्रम नेतान्याहुले हजारौँ वर्ष पहिले मोसाले इजरायलको प्रोमिस ल्याण्ड (प्रतिज्ञा भूमि) मा प्रवेश गर्दा भावी पुस्तालाई ‘आशीर्वाद वा श्राप’ दिने भन्ने कुराको निर्धारण इजरायलीहरूको कामले गर्ने बताएको जिकिर गरे ।” उनले आफ्नो वक्तव्यमा धर्मग्रन्थ बाइबललाई प्रमाणका रूपमा जोड्ने धेरै दुष्प्रयास गरे । बाइबलमा उल्लिखित परमेश्वरको प्रतिज्ञा भूमि प्राप्त नभएसम्म चुप नरहने उनको त्यो सङ्केत हो । यहुदी फासीवादीहरूको अन्धविश्वासको कारण मध्यपूर्वमा युद्धको बादल मडारिइरहेको प्रष्ट देखिन्छ ।
बाइबलको ‘वल्ड टेस्टामेन्ट’ (पुरानो करार) उत्पत्ति १५ः१८–२० अनुसार परमेश्वरले अव्राहमलाई दिएको भनिएको भूमि इजिप्टको नाइल नदीदेखि लेबनान (दक्षिणदेखि उत्तर) र भूमध्यसागरदेखि युफ्रेटिस नदी (पश्चिमदेखि पूर्व) सम्मका सबै भूभाग समावेश हुन्छ । यसरी हेर्दा प्यालेस्टिनको सम्पूर्ण भूभाग, इजिप्ट र सिरियाका केही भागहरू, सम्पूर्ण जोर्डन, साउदी अरेबियाका केही भूभाग, इराक, इरान, कुवेतका भूभागहरू पनि पर्दछन् । जसलाई ‘ग्रेटर इजरायल’ भनी दाबी गरिएको छ । यी सम्पूर्ण भूभाग प्राप्त गर्ने लालसामा यहुदी फासीवादले मध्यपूर्वमा ठूलै नरसंहार मच्चाउने बद्नियत राखेको प्रस्ट देखिन्छ । प्यालेस्टिनपछि लेबनान र क्रमशः मध्यपूर्वका सम्पूर्ण भूभागमा उसले निशाना साधेको छ । यस्तोमा अरबी मुलुकहरू यहुदी फासीवादको अत्याचार देखेर पनि मौन बस्नु आत्मघाती सावित हुनेछ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा एउटा नक्सा देखाउँदै नेतान्याहुले भने, “गत वर्ष मैले प्रस्तुत गरेको आशीर्वादको नक्सा हो यो । जसले हिन्दमहासागर र भूमध्यसागरबिच पूलको काम गर्नेछ । जहाँ हामीले रेल लाइन, इन्धनको पाइलाइन, फाइबर अप्टिकका तारहरू बिछ्याउनेछौँ । जसबाट २ विलियन (२ अर्ब) जनतालाई सेवा पुग्नेछ ।” उनले थपे, “हाम्रो अनन्त राज्य जेरुसेलममा ३ हजार वर्षपहिले शासन गरेका राजा सोलोमनले सूर्यमुनि कुनै नयाँ कुरा नभएको बताउनुभयो ।” यी भनाइहरूलाई विश्लेषण गर्दा यहुदी फासीवादीहरूले बाइबलमा उल्लिखित कपोलकल्पित प्रोमिस ल्याण्डमा हजारौँ वर्षदेखि बस्दै आएका अरबीहरूलाई दमन गरेर जबर्जस्त शासन गर्ने दुरासय रहेको प्रस्ट देखिन्छ ।
धार्मिक अन्धविश्वासमा परेका यहुदी फासीवादीहरूले युद्धलाई रोक्ने कुनै छनक देखिँदैन । उनीहरू हाकाहाकी युद्धको हुँकार गर्दै छन् । नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभामा दाबी गरे, “हामी बाँकी बन्धकहरूलाई आफ्नो घर नफर्काएसम्म चुप रहने छैनौँ । हामी हाम्रो पवित्र मिसन पूरा नभएसम्म हाम्रो प्रयासलाई छोड्ने छैनौँ । हामी यो युद्ध जित्नेछौँ किनभने हामीसँग अरू विकल्प छैन । तेहरानका तानाशाहहरूलाई मेरो सन्देश छः तिमीले हामीलाई हान्यौ भने हामी पनि तिमीलाई हान्नेछौँ । इरानको कुनै ठाउँ छैन जहाँ इजरायली सेना पुग्न नसकोस् । यो सम्पूर्ण मध्यपूर्वको सत्य हो ।” यसरी प्रधानमन्त्री नेतान्याहुले इरानलगायत मध्यपूर्वका सम्पूर्ण अरबी मुलुकलाई धम्की दिए । आफ्नो खुराफाती मिसन पूरा नभएसम्म युद्धलाई नरोक्ने सङ्केत गरे । जसरी भए पनि पेलेरै जाने उनको बद्नियत स्पष्ट देखिन्छ ।
केही समयअघि इजरायलले संयुक्त राष्ट्रसङ्घको बडापत्रसमेत उलङ्घन गरेर शान्ति सैनिकको नियन्त्रणमा रहेको इजरायल–लेबनानबिचको ब्लुलाइनमा समेत प्रवेश गरेको भन्दै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलको निन्दा गरेका थिए । त्यसपछि इजरायलले महासचिव एन्टोनियो गुटेर्रेसलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगायो । इजरायली विदेशमन्त्रीले महासचिव गुटेर्रेस इजरायलमा ‘पर्सना नन ग्राटा’ भएको र उनलाई इजरायल प्रवेश गर्न निषेध गरिएको बताए । विदेशमन्त्री काट्जले महासचिव गुटेर्रेसलाई इजरायलविरोधी भएको र आतङकवादी, बलात्कारी र हत्याराहरूको समर्थक रहेको आरोप लगाए ।
नेतान्याहुले आफ्नो वक्तव्यमा संयुक्त राष्ट्र सङ्घले एकमात्र यहुदी राज्य इजरायललाई बाहिर पारेर ‘एउटा नैतिक दाग बोकेको’ आरोप पनि लगाए । उनले एक समयको सम्मानित संस्था संयुक्त राष्ट्र सङ्घलाई सभ्य मानिसहरूको नजरमा तुच्छ बनाएको जिकिर गरे । ‘संयुक्त राष्ट्र सङ्घ प्यालेस्टिनीहरूको निम्ति गृहअदालत बनेको अन्धकारको घरजस्तै रहेको’ पनि लाञ्छना लगाए । उनले संयुक्त राष्ट्र सङ्घको महासभामा इजरायलविरोधी कुनै पनि झुटा आरोपले बहुमत जुटाउन सक्ने उल्लेख गर्दै पछिल्लो दशक सारा विश्व मिलेर इजरायलविरुद्ध धेरै प्रस्ताव पारित गरेको आरोप लगाए । नेतान्याहुले महासभा बैठकमा संयुक्त राष्ट्रसङ्घले सन् २०१४ देखि इजरायललाई १७४ पटक निन्दा गरेको गुनासो पनि पोखे ।
अमेरिका, पश्चिमा मुलुक र इजरायलको निरन्तर दबाबको कारण अन्ततः संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेस पनि झुक्न बाध्य भएको देखियो । मध्यपूर्वको वर्तमान अवस्थाबारे छलफल गर्न २०२४ अक्टोबर २ का दिन बसेको आकस्मिक बैठकमा राष्ट्र सङ्घीय महासचिव गुटेर्रेसले इजरायलमाथि इरानले गरेको मिसाइल आक्रमणको निन्दा गरे । यसलाई गुर्टेर्रेस पश्चिमा दबाबसामु झुकेको विश्लेषण अन्तर्राष्ट्रिय समुदायले गर्दै छ । संयुक्त राष्ट्रसङ्घ आफ्नो अडानमा टिक्न सकेन । अमेरिकी साम्राज्यवाद र यहुदी फासीवादको धम्की र दबाबमा चल्ने संयुक्त राष्ट्रसङ्घप्रति विश्व समुदायले विश्वास गर्न सक्ने अवस्था रहन्न ।
२०८१ असोज १९
Leave a Reply