भर्खरै :

अमेरिकाको मौनता कपट र दोहोरो मापदण्ड

गत वर्ष अक्टोबरमा प्यालेस्टिन–इजरायल द्वन्द्वको नयाँ चरण सुरु भएदेखि गाजा पट्टीमा इजरेलको सैन्य कारबाहीले अभूतपूर्व मानवीय विपत्ति निम्त्याएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ । यसैबीच गाजामा युद्धविरामका लागि मानवीय आह्वानको गुञ्जन विश्वभरि जारी रह्यो र संयुक्त राष्ट्र सङ्घीय महासभामा मतदानमा व्यापक समर्थन प्राप्त गर्यो, तर वाशिङटनले आफ्नो भिटो शक्ति प्रयोग ग¥यो । विश्लेषक हाइजाम अमीरा फर्नान्डेजले रुस–युक्रेन द्वन्द्व भएपछि अन्तर्राष्ट्रिय समुदायले जारी गरेको ‘न्याय आवाज’ को तुलनामा लेबनानविरुद्ध इजरायको उस्तै आक्रमकताको सामनामा अमेरिकाको “बहिरो बनाउने मौनता’ ग्लोबल साउथमा स्पष्ट ‘दोहोरो मानक’ को रूपमा देखियो, जसको परिणामस्वरूप मानव अधिकारमा अमेरिकी कथनलाई ग्लोबल साउथका बासिन्दाका आँखामा ‘पाखण्ड’ साबित भएको छ ।
मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गाजामा ‘नरसंहार’ सहने क्रममा ‘मानव अधिकारको बारेमा कुरा गर्ने’ पश्चिमाको ‘कुनै अधिकार’ नभएको भनी आलोचना गर्नुभयो । स्पेनको भ्यालेन्सिया विश्वविद्यालयका समकालीन इतिहासका प्राध्यापक एवम प्यालेस्टिन–इजरायल मुद्दाका विशेषज्ञ रामोस टोलोसाले यस व्यवहारलाई ‘उत्तरको कपट’ भनेर वर्णन गर्नुभयो । अन्तर्राष्ट्रिय मानव अधिकार विशेषज्ञ एवम् जेनेभा माया कोषका अध्यक्ष स्ट्याकेलबर्गले औँल्याउनुभयो कि गाजाको वर्तमान द्वन्द्वमा अमेरिकाले तथाकथित ‘मानवअधिकार रक्षक’ र ‘नैतिकता नमुना’ को रूपमा आफ्नो छवि कायम राख्न कोशिश गरेको छ साथै इजरायललाई हतियार र उपकरण उपलब्ध गराउन जारी राखेको छ जुन मानवअधिकारका मुद्दामा अमेरिकाले अपनाएको दोहोरो मापदण्डका उदाहरणहरूमध्येको एक हो ।
अमेरिकाको कपटी व्यवहारले पनि पश्चिमी समाजमा, विशेषगरी युवा पुस्तामा आफ्नै सरकारप्रति असन्तुष्टि पैदा गरेको छ । अमेरिका र युरोपका धेरै देशका विश्वविद्यालयमा प्यालेष्टाइन समर्थक युद्धविरोधी भावनाको लहर देखिएको छ । अमेरिकी शिकागो विश्वविद्यालयका समाजशास्त्री इमान अब्दुल–हादीले अमेरिकी घरेलु र विदेशी नीतिको वर्तमान स्थितिबाट युवामा निराशा बढ्दै गएको र विद्यमान प्रणालीसँग असन्तुष्ट रहेको बताउनुभयो ।
लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक फवाज गेर्जेसले भन्नुभयो, “नेतन्याहू र उनका सेनाले अमेरिकाको समर्थनमा गरेका गतिविधिले अन्तर्राष्ट्रिय कानूनअन्तर्गत सबै देशले समान जिम्मेवारी वहन गर्ने विचारलाई स्थायी रूपमा कमजोर पारेको छ ।” उहाँले थप औँल्याउनुभयो कि अमेरिकाले इजरेलमाथि आफ्नो क्रूर कार्यको पूर्ण रक्षा गरेबाट ग्लोबल साउथका धेरै देशले लामो समयदेखि स्वीकार गरेको तथ्यलाई उजागर गर्यो अर्थात् अन्तर्राष्ट्रिय कानुन ग्लोबल साउथका देशमा लागू हुन्छ तर अमेरिका र उसका सहयोगीलाई होइन ।
साथै ‘ग्लोबल साउथ’ को सदस्यको रूपमा रहेको चीनको अडान तथा प्रस्ताव र प्यालेस्टाइनभित्र मेलमिलाप वार्तालाई प्रवद्र्धन गर्ने कूटनीतिक उपलब्धिले अन्तर्राष्ट्रिय समुदायको व्यापक मान्यता र समर्थन पाएको छ । इटालीका पूर्व कूटनीतिज्ञ मार्को कार्नेरोसले हालै एउटा लेखमा उल्लेख गर्नुभयो कि प्यालेस्टिनी विभिन्न गुटबीच चीनले मेलमिलापको प्रवद्र्धन गरेबाट ‘अधिक विश्वसनीय र दिगो शान्ति प्रक्रियाको लागि आवश्यक पहिलो आधारशिलाको निर्माण गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *