भर्खरै :

बौद्ध विद्वानहरूको सङ्क्षिप्त जीवनी आठौँ भाग अध्ययन गर्दा

बौद्ध विद्वानहरूको सङ्क्षिप्त जीवनी आठौँ भाग अध्ययन गर्दा

बौद्ध लेखक एवं जीवनीकार रत्नसुन्दर शाक्यले ‘बौद्ध जगत्का स्मरणीय व्यक्तित्वहरू’ आठौँ भाग प्रकाशित गरेर बौद्ध विद्वान्हरूको जानकारी दिए । पुस्तकमा लेखक, दार्शनिक र पालि साहित्यका विद्वान्हरूको चर्चा छ । समुदायमा अविस्मरणीय योगदान पु¥याएका उदाहरणीय व्यक्तित्वहरूको जीवन चरित्रको अध्ययनले नयाँ पुस्तालाई थप जागरूक बनाउने छ । लेखक शाक्यले यो आठौँ भागमा १६ जना बौद्ध जगत्का व्यक्तित्वहरूको चर्चा गरेका छन् । शान्तिका प्रतीक बुद्धको शिक्षाबाट प्रेरित भएर अन्तर्राष्ट्रिय समुदायमा बौद्ध विद्वान्हरूले शिक्षालाई महत्व दिएको देखिन्छ । नेपाल, भारतलगायत एसिया, युरोप र अमेरिकासम्म बुद्ध धर्मको प्रचारप्रसार गरेर बौद्ध दर्शनको विकास र विस्तारमा आ–आफ्नो स्थानबाट प्रवचन गरेर, कृति प्रकाशन गरेर बौद्ध विद्वान्हरूले जनताको घर आँगनमा पु¥याउने काम गरेको देखिन्छ ।
पुस्तकमा भारतको मगधस्थित विक्रम शिला महाविहारमा कार्यरत शाक्य श्री भद्रले सानो उमेरमै व्याकरण र यजुर्वेदको शिक्षा हासिल गरेका थिए । उनी १२ औँ शताब्दीको अन्तिम दशकमा भारतीय बौद्ध संस्कृतिको अभ्युदयमा विशिष्ट स्थान रहेका ख्रो फु लोचवाले आचार्य शाक्य श्री भद्रसमेतलाई साथमा लिई आसाम बर्मा सीमाको बदरपुर हुँदै ग्याँचीमा पुगेका थिए । उनले तिब्बतमा शिष्य तयार गर्ने र विहारको पुनः निर्माण गर्ने काममा सघाएका थिए ।
पाटनको ओकुबहालका निपुण कलाकार महान् शिल्पी पण्डित अभयराज शाक्यले महाबुद्ध चैत्य कीर्ति बनाए । यो त्यसबेलाको सर्वोच्च र अद्भूत कलात्मक सम्पदा थियो । २०७२ सालको भूकम्पले क्षति पु¥याएको उक्त चैत्यको उनकै वंशजबाट मर्मतसम्भार गरिएको थियो ।
लर्ड चाल्मर्सले पालि भाषा रोमन लिपिमा अध्ययन गरेका थिए । पेरिसमा भएको प्राच्य विद्हरूको सम्मेलनमा सहभागी उनले तथागतको व्याख्या गरेका थिए ।
श्रीलङ्कामा बुद्ध धर्म प्रचार प्रसारमा सहयोग पु¥याउने सरडोन बारोन जयतिलक पाली संस्कृत आदि शिक्षाका ज्ञाता हुन् । सरडोन सिंहलको व्यवस्थापिका सभाको सभासद् र पछि सभापतिमा नियुक्त भएका थिए । उनी विदेशमन्त्री पनि भए ।
इङ्गल्यान्डका भिक्षु जे.एफ.एम. केखनी निर्वाणसम्बन्धी लेख पढेर बुद्ध धर्मतर्फ लागेका थिए । उनी पालि साहित्यको अध्ययन गर्न बर्मा पुगे । दार्जिलिङ, सिक्किम र कालिम्पोङको यात्रा गरेका उनले सिक्किम राजाको अनुरोधमा गान्टोकको विभिन्न ठाउँमा बुद्धसम्बन्धी प्रवचन दिएका थिए ।
डा. कार्ल साइडेनस्टुकर जर्मनीका नागरिक थिए । प्राकृतिक विज्ञान, औषध विज्ञान र विभिन्न भाषा विज्ञानसम्बन्धी अध्ययन गरेका उनले सन् १९०३ मै जर्मनीमा पहिलो बौद्ध सङ्गठन स्थापना गरेका थिए । उनले ‘म्भच द्यगममजष्कत’ नामका बौद्ध मासिक पत्रिका निकालेका थिए । यो पच्छिममा प्रकाशित पहिलो बौद्ध पत्रिका हो । उनले हामवर्ग म्युजियम इथ्नोलोजी विभागमा काम गरेर पुरातात्विक सामग्री र दस्ताबेजसम्बन्धी अध्ययन गरेका थिए ।
डा. विलियम फ्रेडरिक स्टेड जर्मनका पालि साहित्यका अर्का जानकार व्यक्ति हुन् । संस्कार पालि र भाषा विज्ञानका ज्ञाता स्टेड सन् १९१४ मा प्रथम विश्व युद्ध सुरु हुनासाथ जर्मनी छोडी इङ्गल्यान्ड गएका थिए । उनले पालि साहित्यसम्बन्धी असङ्ख्य लेख रचना एवं समालोचनात्मक निबन्ध लेखेका थिए । उनी निष्कपट, बहुभाषिक र बौद्ध धर्म दर्शनका विद्वान् थिए ।
रत्नबहादुर वज्राचार्य पाटनका बौद्धिक व्यक्तित्व हुन् । उनले कुटीमा नेपालको मौलिक महायानी बौद्ध ग्रन्थ आर्यगुणकारण्ड व्युह सूत्रको व्याख्या गरेका थिए । बौद्ध जातिलाई उत्थान गर्ने ध्येयले ‘धर्मोदय’ पाठशाला खोली उनी प्रधानाध्यापक भएका थिए । उनी वीर पुस्तकमा नेपालभाषा र तिब्बती भाषाको प्रबन्धक भएका थिए ।
इटालीका भिक्षु ऊ. लोकनाथ जीव विज्ञान र औषध विज्ञानको अनुसन्धानमा लागेका व्यक्ति हुन् । उनले भारतलाई समुन्नत बनाउन बुद्ध धर्म अत्युत्तम भएको, जातिभेदकै कारण भारत गुलाम भएको जस्ता पत्र पुस्तकालय खोल्ने भीमराव अम्बेकडरलाई पठाएका थिए ।
चीनको हुनान प्रान्तस्थित चालिङ नगरमा जन्मेका अर्का बौद्ध विद्वान् हुन् प्रो. तान युन शान । चीनका नेता माओ त्सेतुङको राजनीतिक गतिविधिमा सरिक भएका उनी पछि देश छोडी मलेसिया र सिङ्गापुर पुगेका थिए । कविवर रवीन्द्रनाथ टैगोरबाट बुद्धदेवको प्रशंसा गरेबाट बुद्धप्रति थप निष्ठावान भएका उनले विश्व भारतीमा चिनियाँ भाषाको पाठ्यक्रमसमेत तयार गरेका थिए । उनी राहुल साङ्कृत्यायनलाई ग्रन्थ लेखनमा सहयोग गर्ने एक व्यक्ति हुन् ।
बर्माका भिक्षु ऊ. कित्तिमा सम्पूर्ण जीवन बुद्ध धर्मकै प्रचारमा जीवन बिताउने बौद्ध विद्वान् हुन् । संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषाका ज्ञाता उनी बौद्ध गृहस्थहरूलाई मैत्री र करुणाको उपदेश दिने उनी छुवाछूतविरोधी थिए ।
इङल्यान्डको लविशाम सहरमा जन्मेका डा. इडवार्ड कोन्जे माक्र्सवादी जगतका सुविख्यात व्यक्ति थिए । उनको परिवार वैज्ञानिक समाजवादका प्रवर्तक कार्लमाक्र्सका मित्र फ्रेडरिक एङ्गेल्ससित सम्बन्धित थिए । बोन र हेमवर्ग विश्वविद्यालयबाट पाश्चात्य एवं भारतीय दर्शनको तुलनात्मक अध्ययन गरेका उनले पीएचडी गरेका थिए । जर्मनीमा कम्युनिस्ट पार्टीको स्थापना र सञ्चालनमा योगदान गरेका उनी माक्र्सवादीका सक्रिय कार्यकर्ता थिए । इङङ्गल्यान्डमा मजदुर दलमा सामेल भई उनले विभिन्न कृति लेखेपछि उनी राजनीतिबाट धर्म नीतितिर लागे । उनी बुद्ध धर्मको तीन यान थेरवाद, महायान र बज्रयानका विशेष ज्ञाता थिए ।
भिक्षु विमलानद महास्थविर पनि अर्का बौद्ध विद्वान् हुन् । श्रीलङ्कामा रहेर उनले श्रीलङ्काकै नागरिकता लिए । उनले तानसेनमा महाबोधि विहारको निर्माण गरे । उनको योगदानको कदरस्वरूप श्रीलङ्काको अमरपुर निकायबाट ‘महानायक’ पद र सरकारको तर्फबाट प्रवल गोर्खा दक्षिणबाहुबाट उनी सम्मानित भएका थिए ।
हर्षमुनि शाक्य लगनटोल निवासी हुन् । युवा बौद्ध समूह काठमाडौँका अध्यक्ष हर्षमुनिको आफ्नो अनुभव यात्रा संस्मरण, नेपाली जनजाति, देश देशावर (विदेश) मा रहेका शाक्यहरूको गतिविधि सम्मिलित बुद्ध धर्मको विकासमा शाक्यहरूको देन कृति प्रकाशित भएको थियो ।
पाटनका एक कर्मठ समाजसेवी बुद्धिजीवी वाद्यवादकका गुरु मोतीलाल शिल्पकार पाटनका निवासी हुन् । एक उद्योगी, व्यापारी र समाजसेवीको रूपमा परिचित शिल्पकारले नेपाल बौद्ध परियति शिक्षाको पाठ्यक्रमअनुरूप धेरै पुस्तक लेखे ।
पाटनको नागबहाल वाकुननी निवासी अनगारिका उप्पलवण्णाले देश विदेशका बौद्ध व्यक्तित्वहरूको जीवनी लेखे । उनले युरोपका बौद्ध विद्वान्हरूसँग भेटघाट गरी बौद्धिक ज्ञानलाई फराकिलो पार्ने काम गरे ।
लेखक शाक्यले बौद्ध जगत्मा बौद्ध ज्ञान छर्ने काम गरेर आफ्नो कर्तव्य निर्वाह गरे । लेखक रत्नसुन्दर शाक्यप्रति साधुवाद छ । प्रकाशक युवा बौद्ध पुचःका प्रकाशनको निरन्तरताको कामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *