युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
के रे, के रे ?
भ्रष्टाचारी नेता रे ?
वर्षाैँ वर्ष जेलनेल भोग्दै
बल्ल सरकारमा पुगेका हाम्रा नेतालाई
नाना थरीको लाञ्छना दिन्छ बा’
वाहियात !
त्यसरी हाम्रो नेतालाई गाली गर्दा
हाम्रो चित्त दुख्दैन ?
हामी कार्यकर्ता हौँ बुझिस् ?
हाम्रै आडमा नेता उभिएको हुन्छ ।
लोकतान्त्रिक देशमा
विरोध गर्ने अधिकार छ रे ?
क्या फसाद !
आरोप पनि विरोध हुन्छ त ?
मूर्ख !
जनतालाई झुक्यायो रे ?
बाफ रे बाफ !
हाम्रो पार्टी र नेताले
कसैलाई झुक्याएको छैन
फटाहा !
चुनावको बेला हामीले दिएको
नोटको बित्ता बिस्र्याैँ ?
तिमीहरूको मत सित्तै लिएको होइन ।
मन्त्री बनेर कमिसन खायो रे ?
कलियुगमा कोही मान्छे फकिर बन्न
राजनीति गर्छ त ?
चुनावको बेला खर्च भएको
असुल गर्नुपर्दैन ?
दानवीर त होइन नि हाम्रो पार्टी र नेता,
नेताको पनि परिवार होला,
छोराछोरी, नातिनातिनाहरू होलान्,
त्यसको लागि कमाउनुपर्दैन र लाटा ?
धन कमाउन व्यापार गरे त हुन्छ नि ?
कस्तो कुरो नबुझेको !
पढ्नुसढ्नु छैन जथाभावी बोल्छ !
राजनीति पनि व्यापार हो नि,
खोइ कुरो बुझेको ?
वर्तमान राजनीति चानक्यको
पालाको होइन बुझ्यौ, बाबु !
किन हँसिया हठौडाअङ्कित
झन्डा बोकेको रे ?
अँ’ त्यो त हाम्रो ट्रेडमार्क
हो नि’ !
Leave a Reply