अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
अछाम,२ कार्तिक । नेपाल मजदुर किसान पार्टी कमलबजार नगरपालिका ६ नं वडा समितिको आयोजनामा शुभकामना तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन भयो ।
उक्त कार्यक्रममा केमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीले लेनिनले क्रान्ति गर्नको लागि क्रान्तिकारी सङ्गठन, क्रान्तिकारी विचार र क्रान्तिकारी व्यवहार आवश्यक हुने बताउनुभएको उल्लेख गर्नुभयो ।
नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा रहेको स्पष्ट पार्दै उहाँले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका वीरेन्द्रबहादुर शाहीले शिक्षा निः शुल्क र अनिवार्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अम्बला शाही, सुभास शाही र विनोदबहादुर शाहीले समाजवादी आन्दोलनको लागि नेमकिपाले गाउँ र बस्ती बस्तीमा जनचेतनामूलक कार्यक्रम, समाजवाद र पुँजीवादको भेद तथा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याइरहेको बताउनुभयो ।
Leave a Reply