भर्खरै :

फिफाले कसरी गाजामा इजरायलको नरसंहारलाई स्पोर्ट्सवाश गरेर फूटबलको आत्माको हत्या ग¥यो

फिफाले कसरी गाजामा इजरायलको नरसंहारलाई स्पोर्ट्सवाश गरेर फूटबलको आत्माको हत्या ग¥यो

गाजामा इजरायलको संरा अमेरिकासमर्थित नरसंहारको युद्ध चलिरहेको बेला, मृत्यु हुने प्यालेस्टिनी फूटबलरहरूको सङ्ख्या ३२० नाघेको छ तापनि फूटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय – फेडरेसन अफ इन्टरनेसनल फूटबल एसोसियसन (फिफा) खेलकुद धुनमा मग्न भइरहेको छ ।
फेब्रुअरी २४ २०२२ मा फिफा, यूईएफए (UEFA) र आईओसी (IOC) ले युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही सुरु गरेको केही घण्टापछि नै रूसको निन्दा गर्दै छुट्टाछुट्टै बयान जारी गरेका थिए । चार दिनपछि, फिफा काउन्सिल र यूईएफए कार्यकारी समितिले सबै रूसी टोलीहरूलाई अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताहरूमा भाग लिन प्रतिबन्ध लगाए । आइओसीको कार्यकारी बोर्डले सोही दिन यस्तै सिफारिस गरेको थियो ।
त्यसको दुई वर्षपछि जुलाई १०, २०२४ का दिन जब अमेरिकी मेडिकल जर्नल द ल्यान्सेटले “गाजामा हालको द्वन्द्व (युद्ध) को कारणले मृत्यु हुनेको सङ्ख्या १,८६,००० सम्म वा अझ बढी मृत्यु हुनसक्छ” भनेर अनुमान गरेको रिपोर्ट प्रकाशित ग¥यो । मृत्यु हुनेमध्ये ४७ प्रतिशत १८ वर्ष मुनिका छन् ।
गाजामा प्यालेस्टिनीहरूविरुद्ध इजरायली नरसंहार युद्धबाट आधिकारिकरूपमा घोषित मृत्युको सङ्ख्या अहिले लगभग ४२,४०० पुगेको छ, जसमा १७,००० भन्दा बढी बालबालिकाहरू थिए । त्यतिमात्र नभइ अझै हजारौँ मानिस भग्नावशेषमुनि फसेका छन् र बेपत्ता छन् ।
ल्यान्सेटले आफ्नो प्रतिवेदन जारी गर्नुभन्दा छ महिनाअघि, जनवरी २६ का दिन, अन्तर्राष्ट्रिय अदालतले गाजामा नरसंहार गरेकोमा इजरायलको विरुद्धमा ‘मान्य’ मुद्दा रहेको घोषणा गर्दै दक्षिण अफ्रिकाले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गरेको थियो ।
यो अक्टोबर ७, २०२३ देखि सामाजिक सञ्जालमा दैनिकरूपमा प्रसारित हुने विध्वंस र मारिएका प्यालेस्टिनी पुरुष, महिला र बालबालिकाको विभत्स तस्बिरहरू उल्लेख नगरी पनि सत्य हो । यसमा गियानी इन्फान्टिनो (Gianni Infantino) को नेतृत्वमा रहेको फिफाको प्रतिक्रिया के छ ? इन्फान्टिनोले, कतारमा २०२२ को विश्वकपको समयमा, विश्वव्यापी पहिचानको एक विस्तृत दायरा व्यक्त गरेका थिए । विश्व फूटबलको प्रशासक निकाय – फिफा आज मानव इतिहासमा राजनीतिक ग्यासलाइटिङ र स्पोर्टसवासिङ (खेलद्वारा अपराध पखाल्ने) को सबैभन्दा ठुलो र सबैभन्दा अश्लील कार्यमा संलग्न भएको छ ।
यस वर्षको अक्टोबर ३ का दिन, फिफाले घोषणा गरेको थियो कि यसको अनुशासन समितिले “प्यालेस्टिन फूटबल सङ्घले उठाएको भेदभावको कथित अपराधको छानबिन सुरु गर्नेछ ।”
यसले अगाडि भन्यो कि फिफा शासन, लेखा परीक्षण र अनुशासन पालन समितिलाई “प्यालेस्टिनको क्षेत्रमा कथितरूपमा आधारित इजरायली फूटबल टोलीहरूको इजरायली प्रतियोगिताहरूमा भाग लिन, छानबिन गर्ने र पछि फिफा काउन्सिललाई सल्लाह दिने मिशनको जिम्मा दिइनेछ ।”
इजरायलविरुद्ध कारबाही गर्ने निर्णय कम्तिमा तीनपटक स्थगित भएपछि यो हास्यास्पद भाषा आएको हो ।
इन्फान्टिनोले भने, “त्यस क्षेत्रमा चलिरहेको हिंसाले सबै विचारहरूभन्दा माथि र ७४ औँ फिफा काङ्ग्रेसमा भनेजस्तै, हामीलाई शान्ति चाहिन्छ भनेर पुष्टि गर्दछ ।”
“के भइरहेको छ भनेर हामी अत्यन्तै स्तब्ध छौँ, हाम्रो सहानुभूति पीडितहरूसँग छ । हामी सबै पक्षहरूलाई यस क्षेत्रमा तुरुन्तै शान्ति स्थापना गर्न आग्रह गर्दछौँ ।”
यो स्पष्ट छ कि एकपटक प्रसिद्धरूपमा ‘अफ्रिकी, कतारी, अपाङ्ग, महिला’ आदि महसुस गर्ने दाबी गर्ने इन्फान्टिनोले प्यालेस्टिनीहरूप्रति यो भावना विस्तार गर्दैनन् ।
डाउन सिन्ड्रोम र अटिजम भएका २४ वर्षीय प्यालेस्टिनी व्यक्ति मोहम्मद भरको घटनालाई मनन गरौँ, भरलाई इजरायली सैनिकहरूले सैन्य कुकुरले टोकाइ टोकाइ मारेका थिए ।
कुकुरले आक्रमण गर्दा, मोहम्मदले आफूमाथि कुकुरको आक्रामकता रोक्न कुकुरलाई शान्त पार्ने प्रयास गरेका थिए ।
मार्क ट्वेनले प्रख्यातरूपमा उद्धृत गरिएको छ, “तीन प्रकारका झूटहरू छन् : झूट, शापित झूट र तथ्याङ्क ।”
गत वर्ष, गाजा र अहिले लेबनानमा पश्चिम–समर्थित इजरायली आक्रामकताको बिचमा, हामीले तीन तहको कपट देखेका छौँ : कपट, शापित कपट, र फिफा कपट ।
यसो गरेर, फिफाले युरोपेली फूटबल क्लबहरूलाई गाजा र लेबनानमा इजरायलको नरसंहारलाई स्पोर्टवाशिङ गर्न मार्गप्रशस्त गरेको छ जबकि प्रत्येक क्षण निर्दोषहरू मारिरहेका छन् ।
यसको ज्वलन्त उदाहरण जर्मन फूटबल क्लब बोरुसिया डर्टमण्ड हो ।
जर्मन हतियार निर्माता राइनमेटल यसको मुख्य शर्ट प्रायोजक हुने घोषणा गर्दा बुन्डेसलिगा क्लबले आफ्नै फ्यानहरूको कडा प्रतिक्रियाको सामना गरेको थियो ।
तिनीहरूको वेबसाइटमा, तिनीहरूले इजरायलप्रतिको आफ्नो ‘ऐतिहासिक जिम्मेवारी’ व्यक्त गरे र अझ अगाडि भने कि तिनीहरू सियोनिस्ट (यहुदीवादी) रङ्गभेदी शासनको ‘अस्तित्वको अधिकार’ प्रति ‘पूर्णरूपमा प्रतिबद्ध’ छन् ।
अक्टोबर ७, २०२४ मा, अपरेसन अल–अक्सा फ्लडको पहिलो वार्षिकोत्सव मनाउँदै, बोरुसिया डर्टमुन्ड र अन्य धेरै बुन्डेसलिगा क्लबहरूले यस्तै बयानहरू जारी गरे ।
तिनीहरूले प्यालेस्टिनी प्रतिरोधको निन्दा गरे । तर, गत एक वर्षमा मारिएका लगभग ४३,००० प्यालेस्टिनीहरू (आधिकारिक टोल) बारे मौन रहे, जसमध्ये अधिकांश महिला र बालबालिका थिए । धेरै पीडितहरूमा डर्टमन्डका फ्यानहरूसहित युवा फूटबल खेलाडीहरू थिए ।
एक दिनअघि गाजामा आधारित फूटबल पत्रकार र प्रेस टिभी संवाददाता अबुबकर अबेद, स्पेनी–मोरक्कन पत्रकार लेला हामेदसँग मिलेर उत्तरी गाजापट्टीको सहर देइर एल–बालाहबाट एउटा भिडियो सार्वजनिक गरे ।
यो भिडियो इजरायली युद्धक विमानहरूले अन्धाधुन्ध बमबारी अभियानबाट बच्न शरण खोजिरहेका मानिसहरूले भरिएको मस्जिदमा बमबारी गरेको भोलिपल्ट रेकर्ड गरिएको थियो ।
भग्नावशेषको मुनि मार्को रेउसको नाम र नम्बर लेखिएको बोरुसिया डर्टमन्डको च्याटिएको जर्सी फेला परेको थियो । तर, न बोरुसिया डर्टमुन्ड न मार्को रेउसले आफ्ना समर्पित प्यालेस्टिनी फ्यानहरूलाई सम्बोधन गर्दै, चाहे मरेका वा जिउँदो कसैका लागि कुनै बयान जारी गरे ।
२०२२ मा भएको फिफा विश्वकपमा जर्मन राष्ट्रिय टोलीका खेलाडीहरूले आफ्नो मुख छोप्ने इशारा कम विरोध र के भयो, अहिले के भइरहेको छ र के हुन बाँकी छ भन्ने कुरामा उनीहरूको संलग्नताको स्वीकारोक्ति थियो ।
यसले हामीलाई यूइएफए (UEFA) नेसन्स लिगको अराजक खेललाई लिऔँ । इटालीले उडिनमा इजरायली फूटबल टोलीलाई सत्कार गरेको थियो । भाइरल सोसल मिडिया पोस्टहरूले खेलअघि, समयमा र खेलपछि सम्पूर्ण सुरक्षाको साथै स्टेडियमको छतमा स्नाइपरहरूको उपस्थिति व्यवस्था गरेको थियो ।
यो सबै भइरहेको छ किनभने फिफा, यूइएफए र आईओसीले पश्चिमी दबाबको कारण रूस र बेलारुसलाई दण्ड दिँदा यस्तो हतारका साथ इजरायलको हकमा आफ्नै नियम र सिद्धान्तहरू लागू गर्न अस्वीकार गरेका छन् ।
यो कसैलाई पनि खबर छैन । अझ अत्यावश्यक प्रश्न यो छ : अब जब हामीले फिफामा रहेको अल्फाबेट ‘आई’ इजरायलको लागि खडा छ भनेर स्थापित भइसकेका छ, सामान्यरूपमा खेलकुद र विशेषगरी फूटबलको सन्दर्भमा सभ्य संसारले के गर्नुपर्छ ?
आफ्नो रगतले भिजेको कपट र इजरायलको अपराधको स्पोर्टवाशिङमार्फत, फिफाले यो सुन्दर खेलको आत्मालाई कम्तिमा छोटो अवधिका लागि सम्झौता गरेको छ ।
१९ वर्षीय शाबान अल–दलोको छविले सभ्य संसारको अन्तस्करणलाई सताइरहँदा, अप्रत्याशित परिणामको रूपमा फिफाले अन्तर्राष्ट्रिय खेल सङ्गठनको रूपमा स्थायीरूपमा प्रतिष्ठा गुमाएको छ ।
(निमा तवल्लले रुदसरी स्वीडेनका फूटबल पत्रकार र पोडकास्ट होस्ट हुनुहुन्छ ।)

– प्रेस टिभीबाट
अनुवाद : आरोही

Leave a Reply

Your email address will not be published. Required fields are marked *